• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

खाद्य पदार्थमा मिसाइने बिषादीका बिषयमा पनि अनुसन्धान हुनुपर्छ : यादव

April 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खाद्य पदार्थमा मिसाइने बिषादीका बिषयमा पनि अनुसन्धान हुनुपर्छ :  यादव

हेल्थ टुडे,

काठमाडौं, २५ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले खाद्य पदार्थमा मिसाइने बिषादीका बिषयमा पनि अनुसन्धान हुनु पर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार राजधानीमा  एक वर्ष भरिमा गरिएका १० वटा स्वास्थ्य अनुसन्धानको सार्वजनिकिकरण कार्यक्रममा मन्त्री यादवले खाद्य पदार्थमा मिसाइने बिषादीका कारण मानव स्वास्थ्य जोखिममा परिरहेको दाबी गर्दै यस बिषयमा पनि अनुसन्धान हुनु पर्नेमा जोड दिएका हुन । फलफूल, तरकारी लगायत खाद्य पदार्थमा मासाइने बिषादीका कारण शरीरमा लागि महंगोमा किनेर खाने गरिएको भए पनि त्यसले शरीरलाई नै बेफाइदा गरिरहेको यसमा दाबी गर्दै यसमा सबैको ध्यान जानु पर्ने बताए । स्वास्थ्य अनुसन्धान परिषद्ले वर्ष भरिमा गरेका १० वटा अनुसन्धान सार्वजनिक गर्दै मन्त्री यादवले स्वास्थ्य अनुसन्धानलाई मन्त्रालयले प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा. डा.अञ्जनीकुमार झाले नेपालमा  वर्षमा करिव एक हजार जनि स्वास्थ्यका क्षेत्रमा अनुसन्धान हुने गरेको बताउदै तिनीहरु मध्ये ७०० परिषद्को सहयोगमा भइरहेको जानकारी दिए । मानसिक स्वास्थ्य, क्यान्सर, सिकलसेल एनिमिया जस्ता रोगका बिषयमा स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक देशको आवश्यकता अनुसार गहन अनुसन्धान गरिरहेको बताउदै सिकलसेलको अन्तिम अनुसन्धान रिपोर्ट तिन महिनाभित्र सार्वजनिक गर्ने बताए । परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा. मेघराज धिमालले एक वर्षको अनधिमा परिषद्ले गरेका १० वटा अनुसन्धानको संक्षिप्त विवरण प्रस्तुत गर्दै सबै अनुसन्धान मानव स्वास्थ्यका लागि उत्तिकै महत्वपूर्ण रहेको बताए । परिषद्ले एक वर्षमा गरेका अनुसन्धानमा नेपालमा तातो हावा (लु) र त्यसले स्वास्थ्यमा पार्ने प्रभाव, नसर्ने रोग, मानसिक स्वास्थ्य, आयुर्वेद, विद्यालयमा स्वास्थ्यकर्मी, स्वास्थ्य अनुसन्धान केन्द्रका नाममा खोलिएका संस्थाहरुको अनुगमन, जनसंख्यामा आधरित क्यान्सर रोगको तथ्यांक, मोरङमा अज्ञात रोगको अध्ययन, इलेक्टिकल मेडिकल रेकर्ड र समाजिक स्वास्थ्य विमा छन् । यी मध्ये केहीको अन्तिम नतिजा निकट भविश्यमा सार्वजनिक गरिने परिषद्ले जनाएको छ ।  कार्यक्रममा स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सचिव चन्द्र घिमिरेले स्वास्थ्य अनुसन्धानका लागि मन्त्रालयले बजेटको कमि नगर्ने बताए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. शुशिलनाथ प्याकुरेलले स्वास्थ्यका क्षेत्रमा गरिएका अनुसन्धानका आधारमा नीति बन्नु पर्नेमा जोड दिदै बजेट अभावमा एउटा अनुसन्धान गर्न तिन आर्थिक वर्षसम्म कुर्ने पर्ने अवस्था अन्त गरेर प्रसस्त बजेटको व्यवस्था हुनु पर्नेमा जोड दिए ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवन मेडिकल कलेजमा पनि टेस्ट ट्युब बेबी सेवा सुरु
Next article आन्दोलनरत चिकित्सकलाई कारबाही गर्ने सरकारको तयारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web