• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आन्दोलनरत चिकित्सकलाई कारबाही गर्ने सरकारको तयारी

April 9th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आन्दोलनरत चिकित्सकलाई कारबाही गर्ने सरकारको तयारी

हेल्थ टुडे,
काठमाडौ,२६ चैतः सरकारले कर्मचारी समायोजनको बिरोधमा शुक्रबारदेखि सरकारी अस्पतालका आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका सरकार चिकित्सकलाई कारवाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती निकालेर आन्दोलनरत सरकारी डाक्टरलाई तत्कालै काममा फर्कन अपिल गर्दै अटेर गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले विज्ञप्ती मार्फत तत्काल डाक्टरले आन्दोलन नरोके कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको हो । मन्त्रालयका सहसचिव जनार्दन गुरागाईंद्वारा जारी विज्ञप्तिमा मन्त्रालयको अपिललाई बेवास्ता गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा संचालन ऐन २०१४ र अन्य प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छः‘ स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारलाई नै कुण्ठित गर्ने गरी चिकित्सकहरुबाट भएको आन्दोलन आजकै मितिदेखि फिर्ता लिन सरकारी चिकित्सक संघलाई मन्त्रालय अपिल गर्दछ ।’ ‘आम नागरिकले तिरेको करबाट ठूलो धनराशी खर्च गरी उत्पादन गरिएका चिकित्सकहरुले नेपाली नागरिकले संविधानतः पाउनु पर्ने स्वास्थ्य सेवालाई सुचारु गर्नु परम कर्तव्य भएको स्मरण गराउँदछौं ।’ विज्ञप्तीमा भनिएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले खटाएको ठाउँमा नजाने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन्। डाक्टरहरूले संघमा बस्छु भनेर आन्दोलन गर्नुको खास कारण संघीयता असफल बनाउने षड्यन्त्र रहेको भन्दै मन्त्री यादवले खटाएको ठाउँमा नजानेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। मन्त्री यादवले बिरामीको उपचार नगर्ने व्यक्ति डाक्टर नै नभएको टिप्पणीसमेत गरे।

तर, सरकारी चिकित्सक संघ (गोदान) ले आफूहरूको समस्या सम्बोधन नभएसम्म सेवामा नफर्कने र अनिश्चितकालीन हडताल जारी रहने जनाएको छ । समायोजन नसच्याए सात सय सरकारी चिकित्सकहरू सामूहिक राजीनामा दिने मनस्थितिमा रहेको गोदानले जनाएको छ ।

सरकारी डाक्टरहरुले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। वीर, ट्रमा सेन्टर, कान्ति बाल, प्रसूतिलगायतमा सेवा अवरुद्ध भएपछि त्रिवि शिक्षण, गंगालाल, सिभिललगायत अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ। त्रिवि शिक्षण अस्पतालको अस्पताल भवनबाहिर नै सयौंको संख्यामा बिरामी र तिनीहरूका आफन्त उपचारका लागि पालो कुरेर बसिरहेका थिए।

वीर, ट्रमा, कान्तिलगायत अस्पतालमा चिकित्सकले गरेको सेवा बहिस्कारका कारण शिक्षण अस्पतालमा अचाक्ली भीड भएको थियो। शिक्षण अस्पतालको ओपिडीमा दुई हजारभन्दा बढी बिरामी हेर्न सक्ने क्षमता नभएकाले बिरामीहरू मारमा परेको अस्पताल प्रशासनको जनाएको छ

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खाद्य पदार्थमा मिसाइने बिषादीका बिषयमा पनि अनुसन्धान हुनुपर्छ : यादव
Next article सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न निषेध

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132586
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web