• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

माग सम्बोधन गर्ने सरकारको आश्वासनपछि सरकारी चिकित्सक काममा फर्किए

April 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
माग सम्बोधन गर्ने सरकारको आश्वासनपछि सरकारी चिकित्सक काममा फर्किए

हेल्थ टुडे,
काठमाडौ,२ बैशाखः
कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरु काममा फर्किएका छन् । सरकारले चिकित्सकहरुका माग पूरा गर्न १५ दिनको समय मागेपछि आन्दोलनरत चिकित्सकहरु बैशाख १५ गतेसम्मको लागि आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार साँझ सरकार र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरकारले वैशाख १५ गतेसम्मको समय माग गरेको थियो ।

आन्दोलनरत केहि चिकित्सकहरुले सरकारबाट विगतमा जस्तै धोका हुनसक्ने भन्दै उधारो सम्झौता नगर्ने अडान लिए पनि लगातारको बन्दका कारण धेरै बिरामीले उपचार सेवा नपाएको, बिरामीलाई मार्कामा परेकाले केहिदिनको लागि आन्दोलन स्थगित गरी काममा फर्किने निर्णय लिइएको सरकारी चिकित्सकहरुले जनाएका छन् ।

दुईपक्षबीच भएको छलफलमा डाक्टरको माग बमोजिम नै पुल दरबन्दीका विषयलाई कानुनी रुपमा नै सम्बोधन गर्न सरकार सकारात्मक रहेको दुवैपक्षले जनाएका छन् । मन्त्रालयका प्रतिनिधिले कानुनी रूपमा यो विषयलाई टुंग्याउनुपर्ने भएकाले केही दिनको समय माग गरेकोले आफुहरु केहि दिन समय दिन राजी भएको सरकारी चिकित्सक संघ(गोदान) ले जनाएको छ ।

सरकारी चिकित्सकहरुले आफूहरुलाई संघ माताहत राखेर आवश्यकता अनुसार देशका जुनसुकै कुनामा रहेका स्वास्थ्य संस्थामा खटाउन माग गरेका छन्। सरकारी डाक्टरले एक सातादेखि अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका थिए । उनीहरुले अस्पताल परिसर बाहिर टेन्टबाट भने उपचारका लागि आएका बिरामीलाई सेवा दिँदै आएका थिए ।

सरकारसंग भएको सहमतिपछि आइतबार बसेको गोदान केन्द्रीय समितिको बैठकले १५ दिनसम्मका लागि आन्दोलन स्थगित गरी काममा फर्किने निर्णय गरेको थियो । आन्दोलनस्थगितको निर्णयसंगै सम्पूर्ण सरकारी चिकित्सकहरु पूर्ववत् काममा फर्किएका छन् । तर,सरकारी चिकित्सकहरुले १५ दिनभित्र पनि माग पूरा नभए थप कडा आन्दोलनको चेतावनी दिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राष्ट्रपतिद्वारा लाइसेन्समा पटक–पटक फेल भएका चिकित्सक बिभूषित
Next article स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका दुई दर्जन विशिष्ट व्यक्ति बिभूषित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132305
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web