• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोशी अञ्चल अस्पतालमा अनुगमन,९० प्रतिशत चिकित्सक अनुपस्थित

July 30th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोशी अञ्चल अस्पतालमा अनुगमन,९० प्रतिशत चिकित्सक अनुपस्थित

हेल्थ टुडे,
विराटनगर,१४ साउनः स्वास्थ्य मन्त्रालयको टोलीले कोशी अञ्चल अस्पतालमा आकस्मिक अनुगमन गर्दा अस्पतालको वहिरंग विभागमा ९० प्रतिशत चिकित्सक अनुपस्थित रहेको पाईएको छ । अनुगमनका क्रममा मन्त्रालयका जनस्वास्थ्य अधिकृत कृष्णलाल यादवले अस्पतालको वहिरंग विभागमा ९० प्रतिशत चिकित्सकको उपस्थिती नभएको जानकारी दिए। अधिकृत यादव अनुगमनका क्रममा आफै विरामी बनेर अस्पताल पुगेका थिए ।

पछिल्लो समय सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरु नीजि अस्पताल तथा क्लिनिकमा केन्द्रित हुन थालेको गुनासोसंगै आफू अनुगमनमा पुगेको अधिकृत उनले जानकारी दिए । बिरामीको बहानामा दिउँसो करिब साढे १ बजे कोशी अञ्चल अस्पताल पुगेका यादवले विभिन्न विभाग पूरै खाली भएको बताए । उनले अस्पतालमा देखिएको लापरवाही तथा चिकित्सकको अनुपस्थिति बारेमा प्रतिवेदन बनाएर मन्त्रालयमा बुझाउने जानकारी दिएका छन् ।

तर, अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.रोशन पोखरेलले अस्पतालको केही विभागमा दरबन्दी अनुसार चिकित्सकको पदपूर्ति हुन नसक्दा पनि सेवा प्रवाहमा समस्या हुने गरेको दावी गरे । उनले कार्यालय समयमा चिकित्सकहरु काममा नभेटिनु कमजोरी रहेको स्वीकारे । अस्पतालमा सरकार र अस्पताल विकास समितिबाट नियुक्ती पाएका विशेषज्ञसहित ६० जना चिकित्सक कार्यरत छन् । २५ जनालाई अस्पताल विकास समितिले नियुक्ती दिएको छ । यस्तै, नेपाल सरकारले १४ जना करारमा नियुक्त गरेको छ । करारमा रहेका चिकित्सकको अवधि थप गरिएको छैन ।

अस्पतालमा कार्यरत चिकित्सकले बहिरंग विभागमा दैनिक बिहान ९ देखि दिउँसो २ बजेसम्म काम गर्नु पर्ने हुन्छ। तर ११ बजे आउने चिकित्सक १ नबज्दै निजी क्लिनिक पुगिसक्ने गरेको बिरामी र आफन्तहरुको गुनाशो छ । अस्पतालमा दैनिक १ हजार २ सय जना भन्दा बढी बिरामी उपचार र स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अञ्चल अस्पतालमा उचित स्वास्थ्य सेवा नभएको र चिकित्सकले सरकारी सेवा लिएर निजी स्वास्थ्य संस्थामा बढी समय दिने गरेको उजुरी मन्त्रालयमा परेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पतालमा उपकरण बिग्रिने रोगः स्वास्थ्यमन्त्री भन्छन्‘नियतवश उपकरण बिगार्ने काम भईरहेको छ’
Next article घुस सहित पक्राउ परेका जनस्वास्थ्य अधिकृत गुप्ताको अनुसन्धान जारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132610
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web