• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 10th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एक दशकमा म्याग्नसको फड्को, ८६ भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै

August 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एक दशकमा म्याग्नसको फड्को, ८६ भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै

हेल्थ टुडे,

काठमाडौं : स्वदेशी औषधि उद्योगमा छुट्टै पहिचान बनाउन सफल म्याग्नस फर्माले एक दशकको यात्रा पार गरेको छ । १० र्औ बार्षिकोत्सवको अवसरमा बुधबार रानधानीमा आयोजित कार्यक्रममा फर्माले हरेक वर्ष उल्लेखनिय प्रगति गर्दै नेपाली औषधि बजारमा आफ्नो छुट्टै अस्तित्व स्थापित गर्न सकेको दाबी गरेको छ । एक दशकको अवधिमा कम्पनीले अत्याधुनिक उपकरणमार्फत ८६ भन्दा बढी प्रकारका औषधि उत्पादन गरिरहेको  जनाएको छ ।

यीमध्ये पाँचथरी औषधि नेपालमै पहिलोपटक उत्पादन गरिएको हो। म्याग्नसले उत्पादन गरेका १० थरी औषधि ब्रान्ड लिडरको रूपमा बजारमा स्थापित भएको कम्पनीको दाबी छ ।  सन २००७ मा कम्पनी स्थापना गरी त्यसको दुई वर्षपछि औषधि उत्पादन शुरु गरेको कम्पनीले आफ्नो उत्पादन क्षमतालाई अन्तर्रा्ष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्नेगरी विकास गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक प्रेम कुमार जाटियाले बताए। उनले विश्व स्वास्थ्य संगठनको निर्देशन बमोजिम कुशल औषधि उत्पादन प्रकृया पूरा गरेको पनि जानकारी दिए। ‘हामीले संख्या भन्दा पनि औषधिको गुणस्तरलाई ध्यानमा राख्दै आएका छौँ’, उनले भने, ‘कम्पनीलाई १० वर्षमा ‘टप टेन’ मा पार्न कर्मचारीको ठूलो हात छ। २३ जनाबाट शुरु गरिएको कम्पनीमा हाल दुई सय ५० कर्मचारी कार्यरत छन्।

कार्यक्रममा औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले औषधि उद्योगमध्ये म्याग्नसले छोटो समयमा नै आफूलाई स्थापित गरेको बताए। ‘उद्योग भनेका राष्ट्रका सम्पत्ति हुन्’, उनले भने, ‘यिनीहरूलाई कसरी संरक्षण गर्ने भन्ने नीति ल्याउन जरुरी छ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुमेरुमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
Next article स्वास्थ्य उपचारको लागि प्रधानमन्त्री ओली सिंगापुर जाँदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132192
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web