• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

वंशभन्दा वातावरणले नै व्यक्तिगत स्वभावको निर्धारण गर्ने

November 17th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वंशभन्दा वातावरणले नै व्यक्तिगत स्वभावको निर्धारण गर्ने

हेल्थ टुडे,
बीबीसी,मंसिरः हामीमध्ये धेरैलाई ठूलो भीडका सामु बोल्न, कक्षा अगाडि गइ प्रेजेन्टेसन गर्न, पार्टीलगायत सामाजिक भेलामा सहभागी हुन अत्यन्तै असहज लाग्छ । त्यस्तै लजालु स्वभावका एकिन्डल माइकल पनि आफ्नो अधिकतम समय घरभित्रै बसेर बिताउने गर्दथे । तर उनका अभिभावक उनी जस्तो लजालु छैनन् त्यसैले आफ्नो यस्तो विशेषताका लागि उनले आफूलाई हुर्काइएको वातावरणलाई जिम्मेवार ठहर्याउने गरेका छन् ।
यसरी सानैदेखि हामीमा यस किसिमको व्यक्तित्व विकास हुने, जसको आधारमा हामीले आफूले नचिनेको व्यक्तिसँग कुरा गर्न सहज वा असहज महसुस गर्ने गरेको किङ्स कलेज लन्डनकी व्यवहारिक विकास प्रोफेसर थालिया एले बताउँछिन् । यसरी ३० प्रतिशत केसमा मात्र लजालु स्वभाव वंशाणुगत हुने गरेको उनको भनाइ छ र बाँकी ७० प्रतिशत भनेको हाम्रो वातावरणीय प्रतिक्रियाको नतिजा स्वरुप विकास हुने उनले बताइन् ।
यसरी लजालु स्वभावबारे अध्ययन गर्दा एकअर्कासँग हुबहु मेल खाने, एउटै जिन शेयर गर्ने जुडुवाहरुको र आधा जीन मात्र समान भएका भिन्दै देखिने जुडुवासँग तुलना गर्ने गरिएको छ । एले लगायत थुप्रै वैज्ञानिकहरुले पछिल्लो दशक मानिसको व्यक्तित्व र मानसिक स्वास्थ्य वंशसँग सम्बन्धित भए नभएका बारे पत्ता लगाउन यसरी नै डिएनए परीक्षण गरिरहेका छन् ।
जसपछि उनीहरुले वंशभन्दा वातावरणले नै लाज लगायत व्यक्तिगत स्वभावको निर्धारण गर्न महत्वपूर्ण भूमिका निभाउने गरेको निष्कर्ष निकालेका हुन् । जस्तै लजालु स्वभाव पहिलोपटक अपनाउँदा एउटा बालक सबैसँग नखेलेर एक्लै टाढाबाट हेरिरहन्छ । र बिस्तारै एक्लै बस्नुमा नै उसले धेरै सहज महसुस गर्न थाल्छ भने सो अनुभव उमेरसँगै सामान्य बन्दै जान्छ ।
यस्तोमा वंश र वातावरण दुवैले यस पक्षमा प्रभाव पार्ने गरेको एले बताउँछिन् । तर सो बानी मनोविश्लेषक थेरापी र अन्य थुप्रै तरिकामार्फत बदल्न सकिन्छ । क्लिनिकल मनोविश्लेषक क्लोए फोस्टरका अनुसार लजालु स्वभाव आफैँमा हानिकारक होइन तर यो पछि गएर बढी सुर्ताउने बानीमा विकास भएमा चाहिँ समस्या हुन सक्छ ।
उनका अनुसार उनीकहाँ मद्दतका लागि आउने यस प्रवृत्तिका मानिसहरुले आफूले दैनिक जीवनमा गर्नुपर्ने काम नगरिरहेकामा बढी चिन्ता व्यक्त गर्ने गरेका छन् जस्तै– कार्यालयमा सहकर्मीहरुसँग बोल्नमा कठिनाइ हुनु, त्यस्तै आफ्नो मूल्यांकन हुने डरले मान्छेका अगाडि बोल्न नसक्ने । एले भन्छिन् लजालु स्व्भावको विकास हुनु पछाडि थुप्रै वैज्ञानिक कारणहरु छन् र त्यसको समाधानका लागि सबैभन्दा उत्तम उपाय भनेको व्यवहारिक शैली र सोचाइ बदल्ने प्रयासयुक्त थेरापी हुन सक्छन् । यी तरिका वास्तवमै प्रभावकारी साबित भएका छन् जसलाई ‘कग्निटिभ बिहेभरियल थेरापी, सिबीटी’ भनिन्छ ।
सिबीटीले लजालु स्वभावका व्यक्तिमा हुने तीन प्रकारका नकारात्मक सोचको पहिचान गर्न मद्दत गर्छ भने हाम्रा केही बानीहरु राम्रोका लागि नभएर हामीलाई हानि पुर्याइरहेको भन्ने पनि स्पष्ट पार्छ । जस्तै– कसैलाई केही भन्नु अगाडि मनमनै पटकपटक सो वाक्य दोहोर्याएर तयारी गर्ने, बोल्दा खेरि आफ्ना अगाडिको मान्छेको आँखामा नहेर्ने लगायतका व्यवहारले वास्तवमा हामीलाई समाजिक रुपमा झन असक्षम बनाइरहेको हुन्छ । त्यस्तै कुनैपनि सामाजिक समारोहमा सहभागी हुनु अगाडि व्यक्तिले आफ्नो प्रदर्शन प्रति अति उच्च अपेक्षा राख्ने गर्नु पनि अर्को समस्या भएको फोस्टर बताउँछिन् । उदाहरणका लागि तिनीहरुमा आफूले बोल्दै गर्दा बीचमा कदापी अड्कीनु हुँदैन र आफ्नो कुराप्रति सबैको ध्यान केन्द्रित रहिरहनुपर्छ भन्ने सोच हुन्छ ।
त्यसैले यस किसिमको दबाबले पनि मानिसको व्यवहारमा ठूलो प्रभाव पार्ने गरेको बताइएको छ । यस्तोमा कसैले आफूमाथिको दबाब थोरै मात्र कम गर्न सक्यो भने पनि उसले सफलतापूर्वक सबै परिस्थितिको सामना गर्न सक्ने बताइएको छ । यसैगरी सामाजिक समारोहहरुमा नियमित सहभागीता जनाएर आफूलाई चुनौति दिने गर्दा पनि आत्मविश्वासमा सुधार आउन सक्ने बताइएको छ । यसरी आफ्नो कुराले अरु दिक्क हुने वा भन्नका लागि कुरा नरहने जस्ता पक्षमा हामीले कम ध्यान दिँदै जुनसुकै अवस्थालाई पनि विशेष रुपमा नलिएर सामान्य ठानेर अन्र्तक्रिया गर्नुपर्ने सुझाव दिइएको छ ।
लजालु स्वभावका मानिसहरु प्रायः इन्ट्रोभर्ट (बाहिर कम घुलमिल हुने, कम बोल्ने, सामाजिक कार्यमा अत्यन्तै कम भाग लिने, एक्लै बस्न रुचाउने, कम हाँस्ने) हुन्छन् तर कोही कोहीमा सामाजिक गुण हुन पनि सक्छ जुन लजालु स्व्भावका कारण अवरुद्ध भइरहेको हुन्छ । त्यस्तै लाज नमान्ने तर इन्ट्रोभर्ट व्यक्तित्वहरु भने आफैँमा रमाउने र खुसी रहने गर्छन् । तापनि इन्ट्रोभर्टहरुले उत्साह, हर्ष ऊर्जा लगायतका भाव कमै महसुस गर्ने गर्छन् । यसकारण पनि मानिसको व्यक्तित्वलाई खुसीको सबैभन्दा ठूलो संकेतक मानिन्छ ।
यस्तोमा युनिभर्सिटी अफ क्यालिफोर्नियाकी पिएचडी विद्यार्थी जेस्सी सन र उनका सहकर्मीले एउटा अनुसन्धान सञ्चालन गरेका हुन् जसमा अरुसँग अन्र्तक्रिया गर्नमा कठिनाइ हुने इन्ट्रोभर्ट व्यक्तित्वका मानिसलाई एक हप्ताका लागि ‘एक्सट्रोभर्ट’ जस्तो अभिनय गरि धेरै बोल्न, हाँस्न भनिएको थियो । यस्तोमा अभिनय गरिरहेको भएपनि कतिपयले धेरै सकारात्मक भाव महसुस गरेको बताएका हुन् । तर अत्यन्तै लजालु स्वभावका व्यक्तिहरुले भने सो काम थकानपूर्ण र धेरै चिन्ता गराउने किसिमको रहेको भन्दै नकारात्मक भाव व्यक्त गरेका छन् ।
यसरी वातावरणका साथै हामी हुर्किएको संस्कृति र परम्पराले पनि हाम्रो स्वभावमा प्रभाव पार्ने गरेको पाइएको छ । जस्तै अमेरिकामा बाहिर बढी घुलमिल हुनु र धेरै आत्मविश्वास हुनुलाई राम्रो मानिन्छ भने जापान, चीन लगायतका केही देशमा चाहिँ चुपचाप बस्नु स्वभाविक र राम्रो प्रवृत्ति ठानिन्छ । त्यस्तै आँखा जुधाउने कुराको पनि देश र परम्परा अनुसार छुट्टै अर्थ छ । पश्चिममा आँखा मिलाउनुलाई राम्रो संकेत मानिन्छ भने एसियाली र अफ्रिकी परमपरामा चाहिँ यसलाई अपमान र अशिष्ट रुपमा लिइन्छ । अर्थात जति थोरै आँखा जुधायो त्यति नै राम्रो र सम्माननीय व्यवहार मानिन्छ ।
तर जति ठूलो परम्परागत भिन्नता भएपनि बाहिर धेरै घुलमिल हुने र बोलिरहने, हाँसिरहने मानिस लजालु स्वभावको व्यक्ति भन्दा धेरै खुसी हुने गरेको पाइएको छ । तर इन्ट्रोभर्ट भएकामा पनि हामीले नराम्रो महसुस गर्नुपर्ने कारण नभएको बताइएको छ किनकी धेरै बोलिरहने र चुपचाप बसेर धेरै उपाय लगाउनेमा पछिल्लो नै सबैभन्दा उपयोगी हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा....
Next article सुर्तीजन्य पदार्थ सेवनभन्दा घरायसी प्रदूषण स्वास्थ्यका लागि बढी हानिकारक

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133154
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web