• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कसरी नाप्ने रक्तचाप ?

March 1st, 2020 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसरी नाप्ने रक्तचाप ?

डा.ओममूर्ति अनिल,
आजकल हरेक परिवारका कुनै न कुनै सदस्यलाई रक्तचापको समस्या देखिनु सामान्य नै बनेको छ । यस्तो अवस्थामा नियमित रूपमा रक्तचाप नाप्नु अत्यावश्यक हुन्छ । त्यसका साथै स्वास्थ्य अवस्था सामान्य रहेका मानिसले समेत आफ्नो रक्तचापबारे नियमित जानकारी लिनुपर्छ । रक्तचाप नाप्न हरेकपटक स्वास्थ्य निकाय वा प्रशिक्षित स्वास्थ्यकर्मी नजिक जानु समय बर्बादीका साथै आर्थिक बोझसमेत बढ्छ । यसैले परिवारका केही सदस्यले रक्तचाप नाप्ने प्रक्रियाबारे वैज्ञानिक रूपले सिके परिवार मात्र नभई छरछिमेकका लागि समेत सहयोगी हुन्छ । बिरामीले स्वयम् आफ्नो रक्तचापसमेत नाप्न सक्छन् भने मामुलीजस्तै देखिने प्रक्रियाले कसैको ज्यानसमेत जोगाउन सक्छन् ।
उच्च सामान्य रक्तचाप कसलाई भन्ने त ? १२०र८० भन्दा कम रक्तचाप हुनु राम्रो मानिन्छ । यस्ते प्रि–हाइपरटेन्सन भने १२०–१३९ एमएम मर्करी सिस्टोलिक र ८०–८९ एमएम मर्करी डायस्टोलिकभन्दा कमलाई मानिन्छ ।उच्च रक्तचाप अर्थात् हाइपरटेन्सनको पहिलो चरण १४०–१५९ एमएम मर्करी सिस्टोलिक र ९०–९९ एमएम मर्करी डायस्टोलिकलाई मानिन्छ । यस्तै हाइपरटेन्सनको दोस्रो चरण १६० एमएम मर्करी सिस्टोलिक र १०० एमएम मर्करी डायस्टोलिकभन्दा बढीलाई भनिन्छ ।यी त भए रक्तचापको सामान्य वर्गीकरण । तर रक्तचाप घरमै आफैंले नाप्ने कसरी भन्ने पनि अब समस्या रहेन । रक्तचाप नाप्न आजकल बजारमा गुणस्तरीय स्वचालित मेसिनसमेत पाइन्छन् । तर तपाईंले चिकित्सकसँग परामर्श गरेर मात्र यस्तो मेसिन किन्नुपर्छ ।अझ तपाईंको रक्तचाप नाप्ने मेसिनलाई चिकित्सकको रक्तचाप नाप्ने मेसिनसँग तुलनासमेत गरेको हुनुपर्छ ।घरमा नापेको रक्तचापको पहिलो नाप प्रायः बढी देखाउने भएकोले ५–५ मिनेटको फरकमा तीन पटक रक्तचाप नापेर औसत निकाल्नुपर्छ ।रक्तचापका बिरामीहरूले हरेकपटक मुटु रोग विशेषज्ञसँग भेट्न जाँदा आफूले नियमित रूपमा नाप्दै गरेको रक्तचापको रेकर्डसमेत देखाउनुपर्छ । नियमित रूपमा रक्तचाप नाप्दा बिहान वा साँझ रक्तचापको औषधि खानुभन्दाअगाडि नाप्नुपर्छ ।
रक्तचाप कति–कति दिनको फरकमा नाप्ने आदिबारे चिकित्सकसँग परामर्श गर्नुपर्छ । उसो त रक्तचाप नियन्त्रणमा आएपछि दुई–तीन सातामा एकपटक नाप्नु उपयुक्त हुन्छ । तर अझैसम्म कुन बिरामीले कति दिनको फरकमा रक्तचाप नाप्नेबारे कुनै पनि अनुसन्धानले स्पष्ट गरेको छैन ।
अध्ययन अनुभवका आधारमा म के भन्न चाहन्छु भने, रक्तचाप धेरै चाँडो–चाँडो नाप्दा अनावश्यक पीर पर्न सक्छ भने धेरै दिनको फरकमा नाप्दा रक्तचाप नियन्त्रणमा रहेको वा नरहेको थाहा नहुन सक्छ । चाँडै आत्तिने व्यक्तिलाई छिटो–छिटो रक्तचाप नाप्दा अनावश्यक चिन्ताका साथै झन् आत्तिनेसमेत हुन सक्छ ।
यही कारणले गर्दा एउटा निश्चित समयमा रक्तचाप नाप्नु आवश्यक हुन्छ । मेरो अनुभवअनुसार जुनसुकै स्वस्थ व्यक्तिले आफ्नै घरमा वर्षमा दुई पटक अर्थात् हरेक ६ महिनामा रक्तचाप नापेर आफ्नो स्थिति थाहा पाउनुपर्छ । तर प्रिहाइपरटेनसन अर्थात् उच्च रक्तचाप हुनुभन्दा पूर्व अवस्था भएकाहरूले हरेक तीन महिनामा आफ्नो रक्तचाप परीक्षण गर्नुपर्छ ।बोर्डरलाई हाइपरटेन्सन हुनेले हरेक महिना र रक्तचाप नियन्त्रणमा भएकोले हरेक १५ दिनमा एकपटक रक्तचाप जाँच्नुपर्छ । तर यदि तपाईंको रक्तचाप नियन्त्रणमा छैन भने हरेक सात दिनमा एकपटक रक्तचाप नाप्नुपर्छ ।तपाईंले यदि उच्च रक्तचाप पहिलो पटक थाहा पाएर चिकित्सकीय सल्लाहअनुसार औषधि खान सुरु गर्नुभएको छ भने हरेक दुईदेखि तीन दिनमा एकपटक रक्तचाप जाँच्न नबिर्सनु। जुनसुकै समयमा जस्तोसुकै अवस्थामा रक्तचाप नाप्दा यसको परिणाम सही नहुन पनि सक्छ । यसैले रक्तचाप नाप्दा ठिक तरिका अपनाउनुपर्छ ।
रक्तचाप नाप्नुभन्दा करिब आधा घण्टा पहिलेदेखि सुर्ती, चिया, खाना आदि खाएको हुनु हुँदैन । रक्तचाप नाप्दा एक खुट्टा अर्को माथि (उपरखुट्टी) राख्नु हुँदैन । लुगा माथिबाट रक्तचाप नाप्नु हुँदैन भने हिँडडुल र व्यायाम गरेलगत्तै रक्तचाप नाप्नु हुँदैन । यस्तै रक्तचाप नाप्ने कोठाको वातावरण शान्त हुनुको साथै तापक्रम आरामदायी हुनुपर्छ ।रक्तचाप नाप्दा मेचमा करिब ५ मिनेट विश्राम गरेपछि नाप्नुपर्छ भने, नाप्ने बेलामा बिरामीसँगै नाप्ने व्यक्तिसमेत बोल्नु हुँदैन । रक्तचाप नाप्ने यन्त्रको फिता मुटुको उचाइमा राख्नुपर्छ । रक्तचाप नाप्ने हातलाई टेबलमा राख्नुपर्छ । यस्ते रक्तचाप नाप्दा हल्लिनु हुँदैन श्वाससमेत स्वाभाविक रूपमा विस्तारैलिनुपर्छ । पहिलो पटक दुवै हातमा र त्यसपछि रक्तचाप बढी भएकोहातमा नाप्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ट्रम्पले लागू गरेको ‘ग्याग रुल’ले विकासोन्मुख देशको प्रजनन स्वास्थ्य सेवा प्रभावित
Next article औषधिको अभाव हुन नदिने औषधि उत्पादक संघको दाबी

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133111
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web