• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अंग प्रत्यारोपण अनुमती पाएका अस्पतालबिच समुन्वय अभावले ‘ब्रेन डेथ’ प्रत्यारोपण सुस्त

March 14th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अंग प्रत्यारोपण अनुमती पाएका अस्पतालबिच समुन्वय अभावले ‘ब्रेन डेथ’ प्रत्यारोपण सुस्त

हेल्थ टुडे,
काठमाडौं, १ चैत : नेपालमा अंग प्रत्यारोपण गर्न अनुमती पाएका ७ वटा अस्पतालहरुबिच आपसी समुन्वयको अभावमा ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग अन्य व्यक्तिमा प्रत्यारोपण गर्ने कामले गति लिन नसकेको सरोकारवालाले बताएका छन् । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको शनिबार राजधानीमा ‘ब्रेन डेथ’ र अंग प्रत्यारोपण सम्बन्धी अन्तरक्रियामा विज्ञहरुले मानव अंग प्रत्यारोपणका क्षेत्रमा ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट प्राप्त अंग अरु व्यक्तिमा प्रत्यारोपण गर्ने काम महत्वपूर्ण भए पनि अंग प्रत्यारोपण अनुमती पाएका अस्पतालबिच समुन्वय अभावले ‘ब्रेन डेथ’ प्रत्यारोपणले गति लिन नसकेको औल्याएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानून साखा प्रमुख पुस्कर नेपालले सरकारबाट अंग प्रत्यारोपण अनुमती पाएका ७ वटा अस्पतालहरुबिच समुन्वय अभावले ‘ब्रेन डेथ’ भएका व्यक्तिको दान गरेको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने कामले गति लिन नसकेको अवस्था रहेको बताए । सरकारले ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्नका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरलाई समुन्वय केन्द्र तोकेको प्रष्ठ पार्दै अन्य अस्पतालहरुले केन्द्रसंग समुन्वय गर्न आलटाल गरेकाले ‘ब्रेन डेथ’ प्रत्यारोपणले गति लिन नसकेको दावी गरे । उनले भने, ‘सरकारले ‘ब्रेन डेथ’ प्रत्यारोपण सम्बन्धी कानून बनेको छ । समुन्वय केन्द्र पनि तोकिदिएको छ । तर जान्ने बुझ्ने अस्पतालहरुकै कारण यो कार्यक्रम अगाडि बढ्न नसकेको जस्तो लाग्छ । ७ वटा अस्पतालबिच समुन्वय भएपछि यसले गति लिन्छ। ’
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. जगदीश अग्रवालले प्रत्यारोपण अनुमती पाएका ७ वटै अस्पतालले ‘ब्रेन डेथ’ प्रत्यारोपण कार्यक्रम अगाडि बढाउन सरकारले नै अग्रसरता लिनु पर्नेमा जोड दिए । उनले भने, ‘ प्रत्यारोपण अनमती पाएका अस्पतालले देश र जनताको स्वास्थ्यका लागि सरकारले बनाएको कानून मान्नु पर्छ । कानून कार्यन्वयन गराउन सरकारले बाध्यात्मक व्यवस्था गर्नु पर्छ । ’ वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तले हरेक नागरिकको अंग सरकारले जिम्मा लिनु पर्ने र ब्रेन डेथ भएपछि आवश्यकता अनुसार अनुमती प्राप्त अस्पतालले सहजै प्राप्त गर्न सक्ने व्यवस्था भए अहिलेको समस्या हल हुने विचार व्यक्ति गरे । बे्रन डेथ भएका व्यक्तिको अंगदान गर्न परिवारका सदस्यहरुले हिच्किचाउने परिपाटी हटाउन यस बिषयमा व्यापक जनचेतना आवश्यक रहेकोमा डा. पन्तले जोड दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम बिष्टले सरकारले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरलाई ब्रेन डेथ सम्बन्धी प्रत्यारोपणका लागि समुन्वय केन्द्र तोकेकाले त्यही अनुसार अन्य अस्पतालहरुले पनि समुन्वय गर्नु पर्ने बताए । वीर अस्पतालकी वरिष्ठ मिर्गौला रोग विज्ञ डा. रजनी हाडाले प्रत्यारोपण अनुमती पाएका अस्पतालहरुबिच आपसी सहकार्य र समुन्वय हुन सके ब्रेन डेथको कार्यक्रम सहजताका साथ अगाडि बढ्ने भएकाले यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूमिका खेल्नु पर्नेमा जोड दिइन । उनले भनिन, ‘ हामी सबै एक ठाउँमा बसेर समस्या पहिचान गरि अगाडि बढ्न सके ब्रेन डेथ प्रत्यारोपण चुस्त ढंगले अगाडि बढ्छ । ’
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट प्राप्त अंग अरु व्यक्तिमा प्रत्यारोपण गर्ने काममा सबैभन्दा महत्वपूर्ण भूमिका अस्पतालका आईसियू इन्चार्जहरुको हुने भएकाले सरकारले उनीहरुलाई च्याम्पियन घोषणा गरेर सेवा सुविधा थप गरि प्रोत्साहन गर्न सके कार्यक्रमले गति लिने बताए । डा. श्रेष्ठले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले अंगदान सम्बन्धी जनचेतना जगाउने, अंग प्रत्यारोपण गर्ने देखि ‘ब्रेन डेथ’ सम्बन्धी सरकारको समुन्वय केन्द्रका रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको र सबैले यो अभियानमा हातेमालो गर्नुे पर्नेमा जोड दिए । केन्द्रले सात वर्षको अवधिमा ६९३ व्यक्तिको मिर्गौला र ५ जनाको कलेजो प्रत्यारोपण गरेको उनले जानकारी दिए । केन्द्रले ब्रेन डेथ भएका व्यक्तिले दान गरेको मिर्गौला चार जनामा प्रत्यारोपण गरेको छ ।
सरकारले वीर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, निदान अस्पताल, सूमेरु अस्पताल, ग्राण्डी अस्पताल र भरतपुर मेडिकल कलेज गरि ७ वटा अस्पताललाई मानव अंग प्रत्यारोपण गर्न अनुमती दिएको छ । यी मध्ये शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र त्रिवि शिक्षण अस्पतालले मिर्गौला र कलेजो प्रत्यारोपण पनि गर्ने गरेका छन भने अन्यले मिर्गौला प्रत्यारोपण मात्र गर्ने गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्भिक हस्पिटलका अध्यक्ष बसन्त चौधरीले गरे कोरोना कोषलाई १ करोड दिने घोषणा
Next article औषधिको अभाव हुन नदिने औषधि उत्पादक संघको दाबी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web