• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

टिचिङका डाक्टरहरुमाथि कुटपिट गर्ने महाराजगञ्ज प्रहरी वृतका डिएसपी लम्साल जिम्मेवारीबाट हटाइए, अन्य प्रहरीलाई पनि कारवाही

April 16th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
टिचिङका डाक्टरहरुमाथि कुटपिट गर्ने महाराजगञ्ज प्रहरी वृतका डिएसपी  लम्साल जिम्मेवारीबाट हटाइए, अन्य प्रहरीलाई पनि कारवाही

हेल्थ टुडे,
काठमाडौं, ४ चैत : लकडाउनका बेला बुधबार साझ ड्युटीबाट फर्किदैं गरेका त्रिवि शिक्षण अस्पतालका तीन जना डाक्टरमाथि कुटपिटमा संलग्न नेपाल प्रहरीको महाराजगञ्ज वृत्तका डिएसपी उमेश लम्साललाई कारवाही गरिएको छ । उनलाई आजैदेखि महाराजगञ्ज वृतको प्रमुखबाट हटाएर रानीपोखरी तानिएको छ । कोभिड–१९ को महामारीमा अंग्रपंक्तिमा खटिने चिकित्सकमाथि लकडाउनका बेला प्रहरीले कुटपिट गरेपछि यो घटनाका बिषयमा चौतर्फी तीब्र विरोध भएको थियो । घटनामा संलग्न प्रहरीलाई कारवाही हुनु पर्ने माग सर्वत्र भएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो । नेपाल चिकित्सक संघ लगायतका पेसागत संगठनहरु, मिडिया, चिकित्सकहरु र समाजिक सञ्जालमा समेत दोषीमाथि तत्काल कारवाही हुनु पर्ने आवाज उठेको थियो ।
चौतर्फी विरोध पछि महानगरीय प्रहरी कार्यलयले उनलाई वृत्तको जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरी कार्यलयमा तानेको महानगरीय प्रहरीका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । उनकाअनुसार उक्त घटनमा संलग्न अन्य प्रहरीलाई पनि महानगरीय कार्यलयमा तानिएको छ । कार्यलयले यसअघि प्रहरी बरिष्ठ उपरिक्षक किरण ब्रजाचार्यको संयोजकत्वमा प्रहरी उपरिक्षक मुकेश सिंह र प्रहरी नायब उपरिक्षक होबिन्द्र बोगटी रहेको छानविन समिति गठन गरेको थियो ।
घटनाको प्रारम्भिक छानविनमा प्रहरी अधिकारी दोषी देखिएपछि कारवाही गरिएको हो । छानविन अझै सकिएको छैन । बुधबार राति ८ बजेतिर शिक्षण अस्पतालमा ड्युटी सकेर खाना खाएर डेरा तर्फ फर्किरहेको अवस्थामा डा.शम्भु खनाल, डा. तेजप्रसाद साह र डा. विकास शाहलाई लकडाउन उल्लंघन गरेको भन्दैं महानगरी प्रहरी वृत्त महाराजगन्जको टोलीले लाठीचार्ज गरेको थियो । यस क्रममा डाक्टरहरुलाई चोट लागेको थियो । सरकारले उपचारमा चिकित्सकहरुको सुरक्षा गर्ने बताइरहदा उपचारमा संलग्न चिकित्सकहरुले नै प्रहरीबाट कुटाइ खाएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ड्युटी सकेर फर्कदै गरेका त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीको कुटपिट
Next article नेपालमा संक्रमितको संख्या ३० पुग्यो, एकै दिन १४ जनामा कोरोना पुष्टि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133132
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

37
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web