हेल्थ टुडे,
काठमाडौं, १४ बैसाख: नेपाल चिकित्सक संघले पुर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद डा. सुरेन्द्र यादवलाई कोभिड–१९ को रोकथामका लागि प्रदेश नंम्बर २ को उच्च स्तरीय स्वास्थ्य सल्लाहकार समितिमा रही काम गरिरहेको अवस्थामा सत्ताको दुरुपयोग गरि अपहरणशैलीमा गृहजिल्ला महात्तरीबाट काठमाडौं ल्याएको घटनाप्रति बिरोध जनाएको छ । अपहरण काण्डका मतियार र संलग्नहरुलाई कडा कारवाही गर्न संघले सरकारसँग माग गरेको छ । नेपाल चिकित्सक संघका आजिवन सदस्य डा. यादवलाई गत बिहीबार नेकपाका सांसदहरु महेश बस्नेत र किशान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनालले उनकै गहृजिल्ला महोत्तरी गएर अपहरणशैलीमा रातारात काठमाडौं ल्याएका थिए । संघले आज विज्ञप्ति प्रकाशित गर्दै महामारीसँग युद्ध मैदानमा होमिएका जिम्मेवार चिकित्सकलाई राज्य संयन्त्रको चरम दुरुपयोग गरेर आधारभूत मानव अधिकारको मान्यता बिपरित मानसिक दबाब सिर्जना गर्दै अस्वाभाविक तवरबाट बन्दाबन्दीको समयमा अपहरणशैलीमा ल्याउनु निन्दनीय घटना भएको जनाएको छ । संघका महासचिव डा. बद्री रिजाल हस्ताक्षरित विज्ञप्तिमा यो घटनामा संलग्नमाथि अबिलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्दै कानून बमोजिम कारवाही गर्न सरकारसंग जोडदार माग गरिएको छ ।
डा. सुरेन्द्र यादवलाई अपहरणशैलीमा काठमाडौं ल्याएकोमा चिकित्सक संघको विरोध, दोषीलाई कडा कारवाहीको माग
![डा. सुरेन्द्र यादवलाई अपहरणशैलीमा काठमाडौं ल्याएकोमा चिकित्सक संघको विरोध, दोषीलाई कडा कारवाहीको माग](http://healthtodaynepal.com/wp-content/uploads/2020/04/NMA_-aaja-General_strike.2e16d0ba.fill-650x500-1.jpg)
Leave a Reply