• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिदबारे लेखा समितिले स्वास्थ्यमा थाल्यो छानबिन

April 26th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिदबारे लेखा समितिले स्वास्थ्यमा थाल्यो छानबिन

हेल्थ टुडे,
काठमाडौं, १४ बैसाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको उपचारका लागि विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको अनियमिताका बिषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानविन सुरु गरेको छ । कोरोना भाइरसको उपचारका लागि करिव एक अर्ब २४ करोड बराबरको स्वास्थ्य सामग्री किन्न विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग गत महिना खरिद सम्झौता गरेको थियो । बजार मूल्य भन्दा कयौं गुना बढी महंगोमा समान किन्न खोजेर आर्थिक अनियमितता गरेको सर्वत्र विरोध भएको थियो ।
ओम्नीले पहिलो लट सामान ल्याएपछि चर्को विरोध सामना गर्न नसकेपछि स्वास्थ्य सेवा विभागले उक्त सम्झौता रद्द गरेको घोषणा गरेको थियो । विना प्रतिस्पर्धा महंगो मूल्यमा खरिद गरेको भनेर प्रश्न उठेपछि सरकारले हतारहतार सम्झौता रद्द गरेको थियो । ओम्नीले पहिलो लटमा समेत कमसल सामग्री ल्याएको र विश्व स्वास्थ्य संगठनले मान्यता नदिएका र्यापिट किट्स ल्याएको भन्दै सर्वत्र विरोध भए पछि सरकारले स्वास्थ्य सामग्री किन्ने जिल्ला नेपाली सेनालाई दिएको थियो ।
स्वास्थ्य सेवा विभागले किनेको सामग्रीका बिषयमा छानविन गर्न आवश्यक देखिएको छानविन सुरु गर्ने लेखा समितिको ठहर छ । समितिले यसका लागि खरिद प्रक्रियामा भएको सबै कागजपत्र सात दिनभित्र उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको छ । समितिले सामग्री किन्दा अपनाउनु पर्ने विधि प्रकृयाका बिषय, सम्झौताका विभिन्न दफाहरु, बजार मूल्य लगायत अन्तराष्टिय मान्यताहरुको समेत अध्ययन गरेर दोषी देखिए कारवाहीका लागि सरकारलाई सिफारिस गर्ने छ । अख्यियारले यस बिषयमा छानविन गर्ने भनेको भएपनि अहिलेसम्म कुनै छानविन हुन सकेको छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण
Next article डा. सुरेन्द्र यादवलाई अपहरणशैलीमा काठमाडौं ल्याएकोमा चिकित्सक संघको विरोध, दोषीलाई कडा कारवाहीको माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

77
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

66
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web