• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 11th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालगञ्ज कोरोनाको रेडजोन बन्न सक्ने खतरा, एकै दिन फेला परे ९ संक्रमित

May 3rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालगञ्ज कोरोनाको रेडजोन बन्न सक्ने खतरा, एकै दिन फेला परे ९ संक्रमित

हेल्थ टुडे,
काठमाडौं, २१ बैसाख : उदयपुरपछि सबैभन्दा बढी कोरोना संक्रमित नेपालगन्जमा फेला परेका छन् । नेपालगन्जमा आईतबार एकै दिन थप ९ जना कोरोना संक्रमित फेला परेका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपालगन्जमा ५ जना पुरुष र ४ जना महिला गरि एकै दिन ९ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । यहाँ एक जनामा यो भन्दा पहिले संक्रमण देखिएको थियो । एकैदिन ९ जनामा कोरोना संक्रमण देखिएपछि भारतसंग सिमा जोडिएको नेपालगन्ज कोरोनाको रेड जोन हुनसक्ने भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन । दुई दिन अगाडि नेपालगन्जमा फेला परेका संक्रमितको सम्पर्कमा आएकाहरुमा नै कोरोना पोजेटिभ देखिएको हो । दुई दिन अगाडि कोरोना पोजेटिभ देखिएका व्यक्ति शिक्षक भएकाले लकडाउनका बेला स्कुल बन्द भएपछि उनी घर घरमा गएर बालबालिकालाई पढाउने गरेका थिए । त्यसैले उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरि परिक्षण गर्दा सात वर्षको बालकमा पनि कोरोना पोजटिभ देखिएको छ । उनको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको नमुना परिक्षण भइरहेको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । त्यसैगरि बिरगन्जका एक पुरुषमा पनि आईतबार नै कोरोना पोजेटिभ देखिएको छ । यसरी देशभरि कोरोना पोजेटिभको संख्या ५९ पुगेको छ । ती मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रुपन्देही र बाँकेमा थपिए कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या ५९ पुग्यो
Next article कोरोना संकटमा सघाउन सेभ द चिल्ड्रेनद्वारा सरकारलाई साडे १७ सय पीपीई हस्तान्तरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131666
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web