• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना संकटमा सघाउन सेभ द चिल्ड्रेनद्वारा सरकारलाई साडे १७ सय पीपीई हस्तान्तरण

May 3rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना संकटमा सघाउन सेभ द चिल्ड्रेनद्वारा सरकारलाई साडे १७ सय पीपीई हस्तान्तरण

हेल्थ टुडे,
काठमाडौँ, २१ बैसाख : कोरोना भाइरसको रोकथाम र उपचारमा सहयोग पुर्याउने उद्देश्यले सेभ द चिल्ड्रेनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा कवच (पीपीई) हस्तान्तरण गरेको छ । यसका साथै सेभ द चिल्ड्रेनलले अन्य स्वास्थ्य सामग्री पनिप्रदान गरेको छ ।
आइतबार मन्त्रालयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले सरकारलाई प्राप्त सामग्रीले स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सहयोग गर्ने बताए । सेभ द चिल्ड्रेनबाट प्राप्त पीपीई आवश्यकता अनुसार स्वास्थ्य सेवा विभाग र प्रदेशहरुमा पठाइने प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
बालबाकालिकासहित जोखिममा रहेका व्यक्तिहरुलाई स्वास्थ्य सेवा सुनिश्चित गराउने र सरकारलाई संकटको बेला सहयोग गर्ने उद्देश्य अनुसार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सेभ द चिल्ड्रेन नेपालका राष्ट्रिय निर्देशक बन्दना रिसालले बताइन । व्यक्तिगत सुरक्षा कवच (पीपीई) सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका रहेको सेभ द चिल्ड्रेनले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नियमित साईकल चलाउनु स्वास्थ्यकालागि फाइदै फाइदा
Next article नेपालगञ्ज कोरोनाको रेडजोन बन्न सक्ने खतरा, एकै दिन फेला परे ९ संक्रमित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133989
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

126
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web