• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्वारेन्टाइनमै जन्मिए जम्ल्याहा

May 9th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्वारेन्टाइनमै जन्मिए जम्ल्याहा

हेल्थ टुडे,

दाङ, २७ बैसाख : कोरोना संक्रमणबाट बच्न तुलसीपुरको क्वारेन्टाइनमा रहेकी एक महिलाले जम्ल्याहा बच्चा जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित फूलबारीकी अनिता यादवले शुक्रबार राति जम्ल्याहा जन्माएकी हुन । उनले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जम्ल्याहा छोरी जन्माएकी हुन ।
अनिता बिहीबारदेखि क्वारेन्टाइनमा बसेकी थिइन । उनी गर्भवती थिइन । चार महिनादेखि भारतको रुपैडिहा बिलौनीस्थित माइती घरमा रहेकी उनी पैदलबाटै दुई दिनमा घर आइपुगेकी थिइन । भारतबाट आएको थाहा पाएपछि स्थानिय प्रशासनले उनलाई तुलसीपुर उपमहानगरपालिकाले रक्षाचौरस्थित क्वारेन्टाइनमा राखेको थियो । तुलसीपुरका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले उनको र्यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको बताए । यादवलाई शुक्रबार दिउँसो १२ बजेतिर सुत्केरी व्यथा लागेपछि प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीका अनुसार एउटा बच्चा १ किलो ८ सय ग्राम र अर्को बच्चा १ किलो ५ सय ग्राम तौल रहेको छ । दुबै बच्चाको अवस्था समान्य रहेको डा. पुरीले जानकारी दिइन । अस्पतालमा उनका आफन्त कोही नभएपछि अनिताको स्वास्थ्य उपचार र स्यहारको जिम्मा तुलसीपुर उपमहानगरपालिकाले लिने नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा प्रा.डा.ज्ञवाली
Next article डा. ज्ञवालीलाई मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेकोमा सरकरी चिकित्सकहरुको आपत्ति, निर्णय तत्काल सच्याउन माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132856
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web