• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
पोषण

‘कोबिड– १९’ प्रतिरोधी आहारपूरक फुडसप्लिमेन्ट

May 18th, 2020 पोषण 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘कोबिड– १९’ प्रतिरोधी आहारपूरक फुडसप्लिमेन्ट

सुरेन्द्र मानन्धर,

गत डिसेम्बर महिनादेखि नै चीनको वूहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले सारा विश्वलाई आतंकित पारेको झंडै ५ महिना भइसकेको छ । संसारका धेरै मुलुकहरु लकडाउनको स्थितिमा छन् अहिले ।अर्थब्यव्स्था तहस नहस भएको छ । करीब ४२ लाख मानिसहरु महामारीको संक्रमणमा फसेका छन् । र झन्डै ५ लाख मनिसहरुको कोबिड १९ कै कारण मृत्यु भई सकेको छ । अझै संक्रमण रोकिएको छैन । कतिको ज्यान जाने हो ? अनुमान लगाउन गाह्रो छ ।
यो घातक महामारी कोबिड– १९ को रोकथाम र यसबाट बांच्ने उपायकालागि सारा विश्व नै लागि परेको छ । वैज्ञानिकहरु कोबिड– १९ को उपचार र यस विरुद्वको खोप तयार गर्नका लागि अहोरात्र अनुसन्धानमा लागेका छन । तर अझै सफलता हात परेको छैन ।
महामारीको इतिहास सम्झदा स्पेनिसफ्लू भन्ने महामारीले विश्वभरमा र हाम्रो छिमेकी मुलुक भारतमा समेत मचाएको कहाँली लाग्दो ताण्डवलाई सर्सर्ती अध्ययन गर्नु जरुरी छ ।
आजभन्दा लगभग १०२ वर्ष पहिले सन् १९१८ मे महिनामा युरोपको स्पेनबाट संसारभर फैलिएको महामारी स्पेनिसफ्लू (जसलाई १९१८ फ्लू पंडामिक नामाकरण गरिएको थियो) ले मात्र २४ हप्ता मा ५ करोड भन्दा बढी मनिसको ज्यान लिएको र ५० करोड भन्दा बढी मनिसहरु महामारीको संक्रमणले ग्रस्त बनाएको थियो ।
भनिन्छ, त्यतिबेला दक्षिण एशियाको झन्डै आधी जनसंख्या सखाप भएको थियो । कोरोना भाइरस जस्तै मानिसको फोक्सोेमा संक्रमण हुने महामारी स्पेनिसफ्लूको संक्रमणले भारतमा मात्रै १ करोड ८० लाख मान्छेको ज्यान गएको थियो । महामारीले भारतीयहरुमा बढी असर गर्नुको कारण थियो, भारतीयहरुसंग रोगसंग लड्ने प्रतिरोधी क्षमताको कमि, जसको कारणले भारतमा स्पेनिसफ्लूभन्ने महामारी जंगलमा लागेको डढेलो जस्तै तिब्र गतिले फैलिएको थियो ।
स्पेनिसफ्लू भन्ने महामारीले भारतमा बिरामी हुनेहरुमा र मर्नेहरुमा महिलाहरुको संख्या धेरै थियो । किनभने त्यसताका भारतीय समाजमा पुरुषको तुलनमा महिलाहरुले कम खाना खान पाउंथे, जसले गर्दा पोषक तत्वको कमी भएर रोगसंग लड्ने प्रतिरोधी क्षमता कम थियो ।
बिगतमा विश्वमा देखिएका जति पनि महमारी छन् ती सब भाईरल महामारी हुन । अहिलेसम्मको अध्ययनले के देखाएको छ भने, चाहे त्यो स्पेनिस्फ्लू होस वा स्वाइन्फ्लू । सार्सफ्लू होस वा हङकङ्फ्लू । इबोला होस वा अहिलेको कोरोना । यी सबमा मृत्युबरण गर्ने ब्यक्ती कि त बुढापाका छन् कि त रोगसंग लड्ने प्रतिरोधी क्षमता कमजोर भएका ब्यक्ती छन् । स्पेन, इटाली, फ्रांस, जर्मनी, बेलायत आदि देशका बुढापाका बढी प्रभावित हुनु र अरुको तुलनामा ज्यान समेत गुमाउनु यसको ज्वलन्त उदाहरण हो ।
कोबिड– १९ को उदगमस्थल वूहानमा आजको दिनमा महामारी नियंन्त्रणमा छ । वूहानमा महामारी नियंन्त्रणमा हुनमा मुख्य भूमिका निर्वाह गर्ने उपायमा लकडाउनका साथै पोषिलो आहार र भिटामिन सि, मल्टी भिटामिन, मल्टी मिनरलको सेवन रहेको छ । वूहानमा चाइनिजहरुले ताततातो चिया वा सूपको रुपमा फ्लेभोनाइडको सेवन धेरै गरेका थिए । जसले गर्दा वूहानबासीमा रोगसंग लड्ने प्रतिरोधी क्षमताको बिकास भएको थियो ।
१०० वर्ष पहिले रोगप्रतिरोधी क्षमता बलियो बनाउन मद्दत गर्ने एमिनोएसिड, भिटामिन सि, मल्टी भिटामिन, मल्टी मिनरल आदिको, आधुनिक आहारपूरक खाद्य पदार्थ वा फुड सप्लिमेन्टको रुपमा, मानिसले सजिलै खान हुने गरी बिकास भएको थिएन । तर आज हामीसंग पोषणयुक्त आहारपूरक फुड्सप्लिमेन्टको बिकास भएको छ । आज हामी १०० वर्ष पहिलाको स्पेनिसफ्लूको महामारीमा झैं आत्तीनुपर्ने अवस्था छैन । हामीले कोबिड– १९ संग आत्तिनुभन्दा पनि यसलाई जित्ने प्रयत्न जारी राख्नु पर्छ । लकडाउनको अवधि भरी आआफ्नो घरमा बस्नु, आआफ्नो सरसफाइमा ध्यान दिनु र समय समयमा फुड सप्लिमेन्टको सेवन गर्नु वा पोषणयुक्त आहारपूरकको सेवन गर्नु नै आफ्नो दिनचर्या बनाउनु कोबिड– १९ संग लडने र कोबिड– १९ लाई परास्त गर्ने अति उत्तम उपाय हो ।
(मानन्धर फैनकैनका केन्द्रिय अध्यक्ष हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना संक्रमित सुत्केरीको मृत्युले उब्जाएको प्रश्न
Next article स्वास्थ्य सचिव कोइरालाको ३ महिना नबित्दै सरुवा, नयाँ स्वास्थ्य सचिवको जिम्मेवारी अर्याललाई

Health Today Nepal

Related Posts

पोषणसम्बन्धी सचेतना अभियान शुरु

पोषणसम्बन्धी सचेतना अभियान शुरु

स्वस्थ जीवनका लागि सन्तुलित आहार

स्वस्थ जीवनका लागि सन्तुलित आहार

काजु खानुका फाइदा यस्ता छन

काजु खानुका फाइदा यस्ता छन

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133154
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web