• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
पोषण

‘कोबिड– १९’ प्रतिरोधी आहारपूरक फुडसप्लिमेन्ट

May 18th, 2020 पोषण 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘कोबिड– १९’ प्रतिरोधी आहारपूरक फुडसप्लिमेन्ट

सुरेन्द्र मानन्धर,

गत डिसेम्बर महिनादेखि नै चीनको वूहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले सारा विश्वलाई आतंकित पारेको झंडै ५ महिना भइसकेको छ । संसारका धेरै मुलुकहरु लकडाउनको स्थितिमा छन् अहिले ।अर्थब्यव्स्था तहस नहस भएको छ । करीब ४२ लाख मानिसहरु महामारीको संक्रमणमा फसेका छन् । र झन्डै ५ लाख मनिसहरुको कोबिड १९ कै कारण मृत्यु भई सकेको छ । अझै संक्रमण रोकिएको छैन । कतिको ज्यान जाने हो ? अनुमान लगाउन गाह्रो छ ।
यो घातक महामारी कोबिड– १९ को रोकथाम र यसबाट बांच्ने उपायकालागि सारा विश्व नै लागि परेको छ । वैज्ञानिकहरु कोबिड– १९ को उपचार र यस विरुद्वको खोप तयार गर्नका लागि अहोरात्र अनुसन्धानमा लागेका छन । तर अझै सफलता हात परेको छैन ।
महामारीको इतिहास सम्झदा स्पेनिसफ्लू भन्ने महामारीले विश्वभरमा र हाम्रो छिमेकी मुलुक भारतमा समेत मचाएको कहाँली लाग्दो ताण्डवलाई सर्सर्ती अध्ययन गर्नु जरुरी छ ।
आजभन्दा लगभग १०२ वर्ष पहिले सन् १९१८ मे महिनामा युरोपको स्पेनबाट संसारभर फैलिएको महामारी स्पेनिसफ्लू (जसलाई १९१८ फ्लू पंडामिक नामाकरण गरिएको थियो) ले मात्र २४ हप्ता मा ५ करोड भन्दा बढी मनिसको ज्यान लिएको र ५० करोड भन्दा बढी मनिसहरु महामारीको संक्रमणले ग्रस्त बनाएको थियो ।
भनिन्छ, त्यतिबेला दक्षिण एशियाको झन्डै आधी जनसंख्या सखाप भएको थियो । कोरोना भाइरस जस्तै मानिसको फोक्सोेमा संक्रमण हुने महामारी स्पेनिसफ्लूको संक्रमणले भारतमा मात्रै १ करोड ८० लाख मान्छेको ज्यान गएको थियो । महामारीले भारतीयहरुमा बढी असर गर्नुको कारण थियो, भारतीयहरुसंग रोगसंग लड्ने प्रतिरोधी क्षमताको कमि, जसको कारणले भारतमा स्पेनिसफ्लूभन्ने महामारी जंगलमा लागेको डढेलो जस्तै तिब्र गतिले फैलिएको थियो ।
स्पेनिसफ्लू भन्ने महामारीले भारतमा बिरामी हुनेहरुमा र मर्नेहरुमा महिलाहरुको संख्या धेरै थियो । किनभने त्यसताका भारतीय समाजमा पुरुषको तुलनमा महिलाहरुले कम खाना खान पाउंथे, जसले गर्दा पोषक तत्वको कमी भएर रोगसंग लड्ने प्रतिरोधी क्षमता कम थियो ।
बिगतमा विश्वमा देखिएका जति पनि महमारी छन् ती सब भाईरल महामारी हुन । अहिलेसम्मको अध्ययनले के देखाएको छ भने, चाहे त्यो स्पेनिस्फ्लू होस वा स्वाइन्फ्लू । सार्सफ्लू होस वा हङकङ्फ्लू । इबोला होस वा अहिलेको कोरोना । यी सबमा मृत्युबरण गर्ने ब्यक्ती कि त बुढापाका छन् कि त रोगसंग लड्ने प्रतिरोधी क्षमता कमजोर भएका ब्यक्ती छन् । स्पेन, इटाली, फ्रांस, जर्मनी, बेलायत आदि देशका बुढापाका बढी प्रभावित हुनु र अरुको तुलनामा ज्यान समेत गुमाउनु यसको ज्वलन्त उदाहरण हो ।
कोबिड– १९ को उदगमस्थल वूहानमा आजको दिनमा महामारी नियंन्त्रणमा छ । वूहानमा महामारी नियंन्त्रणमा हुनमा मुख्य भूमिका निर्वाह गर्ने उपायमा लकडाउनका साथै पोषिलो आहार र भिटामिन सि, मल्टी भिटामिन, मल्टी मिनरलको सेवन रहेको छ । वूहानमा चाइनिजहरुले ताततातो चिया वा सूपको रुपमा फ्लेभोनाइडको सेवन धेरै गरेका थिए । जसले गर्दा वूहानबासीमा रोगसंग लड्ने प्रतिरोधी क्षमताको बिकास भएको थियो ।
१०० वर्ष पहिले रोगप्रतिरोधी क्षमता बलियो बनाउन मद्दत गर्ने एमिनोएसिड, भिटामिन सि, मल्टी भिटामिन, मल्टी मिनरल आदिको, आधुनिक आहारपूरक खाद्य पदार्थ वा फुड सप्लिमेन्टको रुपमा, मानिसले सजिलै खान हुने गरी बिकास भएको थिएन । तर आज हामीसंग पोषणयुक्त आहारपूरक फुड्सप्लिमेन्टको बिकास भएको छ । आज हामी १०० वर्ष पहिलाको स्पेनिसफ्लूको महामारीमा झैं आत्तीनुपर्ने अवस्था छैन । हामीले कोबिड– १९ संग आत्तिनुभन्दा पनि यसलाई जित्ने प्रयत्न जारी राख्नु पर्छ । लकडाउनको अवधि भरी आआफ्नो घरमा बस्नु, आआफ्नो सरसफाइमा ध्यान दिनु र समय समयमा फुड सप्लिमेन्टको सेवन गर्नु वा पोषणयुक्त आहारपूरकको सेवन गर्नु नै आफ्नो दिनचर्या बनाउनु कोबिड– १९ संग लडने र कोबिड– १९ लाई परास्त गर्ने अति उत्तम उपाय हो ।
(मानन्धर फैनकैनका केन्द्रिय अध्यक्ष हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना संक्रमित सुत्केरीको मृत्युले उब्जाएको प्रश्न
Next article डब्लूएचओलाई ट्रम्पको ३० दिने अल्टिमेटम, नसुध्रे सधैँका लागि सहयोग रोक्ने चेतावनी

Health Today Nepal

Related Posts

पोषणको ‘अर्थ’ र प्रश्नहरू

पोषणको ‘अर्थ’ र प्रश्नहरू

पोषणसम्बन्धी सचेतना अभियान शुरु

पोषणसम्बन्धी सचेतना अभियान शुरु

स्वस्थ जीवनका लागि सन्तुलित आहार

स्वस्थ जीवनका लागि सन्तुलित आहार

Leave a Reply Cancel reply

Timeline
Mar 3rd 9:42 AM
समाचार

सभामुख, मन्त्रीहरु र सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप

Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1029
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

9
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web