• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
लेखविचार

जरा गाडिएको समाजमा पिल्सिएको मुख स्वास्थ्य 

June 26th, 2020 लेखविचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जरा गाडिएको समाजमा पिल्सिएको मुख स्वास्थ्य 

मीनबहादुर देउवा,

नेपालीहरुले प्रत्येक कुरालाइ सहज तथा हलुका रुपमा लिएको पाइन्छ । बिद्यमान परिस्थितिमा पनि आम नागरिकले आफ्नो स्वास्थ्यमा भयङ्कर लापरबाहि गरेको जताततै छर्लङ्ग छ । यसै स्वास्थ्य अन्तर्गतको दाँत तथा मुख स्वास्थ्यको बारेमा भने अहिले पनि धेरै मानिसहरु अचेतन नै रहेको जस्तो देखिन्छ । यसका अलावा दाँतलाइ सामान्य लिने, दाँत तथा मुखलाइ शरीरको अङ्ग नै नमान्ने र जनचेतनाको कमि जस्ता याबत समस्याले गर्दा प्रत्येकको मुख स्वास्थ्य ओझेलमा परेको छ । विश्वमा अहिले कोरोना भाइरस माहामारिको रुपमा भयाभय छ । संसारले ठूलै मानविय क्षति ब्यहोर्नु परिराखेको छ । एक माहामारिले अरु बिपद्लाइ पनि सारथी बनाइराखेकोले यसबाट उत्पन्न समस्याले फेरिपनि मानव जिवनको अस्तित्व संकटमा पर्न सक्ने सम्भावनाको त्रास पनि मान्छेमा रहेको देखिन्छ । यो सबै सङ्कटले अबश्य पनि मानव जातिलाइ सचेत गराएको हुनुपर्छ । यस्तो बिपद्को बेलामा नेपालमा पनि प्रायजसो मानिसहरुले धेरै स्वास्थ्य समस्याहरु झेलिरहेका छन् । मानिसहरु घरभित्रै बन्द हुनु र निश्चित समुदायमा सिमित रहनाले अझ बढी दाँत तथा मुख स्वास्थ्य समस्याले ठुलो रुप लिइराखेको छ ।

के हो दाँत तथा मुख स्वास्थ्य

सामान्य अर्थमा मुखलाइ हाम्रो शरिरको मुख्य ढोकाको रुपमा लिइन्छ जस अन्तर्गत गला, ओठ, ,तालु, दाँत,गिजा, जिब्रो, कण्ठ आदि पर्दछन् । हामि मुखको माध्यमबाट नै नियमित आहार ग्रहण गर्दछौँ तर हामि यसै मुखलाइ भने बेवास्ता गर्छौँ ।मुखभित्र रहेका दाँतले पनि शरिर सन्तुलित राख्न महत्त्वपुर्ण भुमिका खेल्दछन् । संसारका धेरै राष्ट्रहरुले दाँत तथा मुखलाइ ठूलो महत्त्व दिन्छन । मुखभित्र रहेका सबै दाँतको आ( आफ्नै काम र भिन्न भिन्नै आकार प्रकार रहेको हुन्छ । तर प्राय नेपालीहरु हात धुने र दाँत माझ्ने कुरालाइ पटक्कै महत्त्व दिदैनन् । यसकै उपजको रुपमा मानिसले माहामारि र मुख क्यान्सर जस्ता प्राणघातक रोगबाट अकालमै आफ्नो अमुल्य जिवन गुमाउनु परिराखेको छ । यसकारण रोग लागेर मर्नु भन्दा  बेलैमा साबधानि अपनाउनु बेश हुन्छ ।

दाँत तथा मुख स्वास्थ्यका कारणहरु

दाँत तथा मुखमा समस्या ल्याउने भनेकै मान्छेको आनिबानी नै हो । मानिसले दिनहुँ तिन चार पटक बिभिन्न खाद्यपदार्थ दाँत तथा मुखको सहायताले नै खाने गर्छन् तर तिनिहरुले दिनको दुइपटक राम्रो सँग ब्रस भने गर्दैनन् । मानिसले खानामा पनि ध्यान दिनु उत्तिकै जरुरि हुन्छ । नियमित सन्तुलित तथा पौष्टिक आहार सेवन गर्नु हितकारी मानिन्छ । सुर्तिजन्य पदार्थ,पेय पदार्थ, धुम्रपान जस्ता हानिकारक बस्तुले दाँत र मुखमा जटिल समस्या उत्पन्न गर्दछ । यसका साथै बिभिन्न बंशाणुगत रोग र अन्य दिर्घ रोगले पनि दाँत तथा मुखको समस्या निम्त्याउँछ । दाँतमा समस्या भएमा बिभिन्न रोग त निम्याउँछ नै साथसाथै सुन्दरतालाइ पनि कुरुप बनाउँछ ।

दाँत तथा मुख स्वास्थ्यमा पर्ने समस्याहरु

दाँतको सडन हुनु ।

गिजा पाक्नु तथा गिजामा घाउखटिरा आउनु ।

ओठमा घाउखटिरा आउनु ।

दाँतमा किरा लाग्ने रोग लाग्नु ।

गिजाको रोग  लाग्नु ।

दाँतमा असह्य दुखाइ हुनु ।

दाँत तथा मुखमा घाउ चोटपटक लाग्नु ।

मुख क्यान्सर आदी ।

धेरै मानिसहरुले गुट्का  र सुर्ति खाएर मुख दुर्गन्धित बनाएका हुन्छन । बिभिन्न सार्बजनिक स्थललाइ समेत यस्ता ब्यक्तिहरुले कुरुप पारिराखेका हुन्छन । तर यस्ता खाले मान्छेहरु आफुलाइ नै महान ठान्दछन । यस्तै बानि भएका व्यक्तिहरुका कारणले नै दाँत र मुखको समस्या बिकराल भइराखेको छ ।

नेपालमा दाँत तथा मुख स्वास्थ्यको बर्तमान अबस्था

विश्वको परिप्रेक्ष्यमा अल्पबिकसित मुलुकमध्यको नेपालमा दाँत तथा मुख स्वास्थ्यको समस्या बिकराल रहेको छ । देशका प्रगतिशील सहरमा स्वास्थ्य समस्या यथावत नै छ भने दुर दराज एबम् ग्रामिण समुदायमा यस्को असर नहुने कुरै भएन । बिभिन्न दुर्घटना र दाँत तथा मुखको रोगका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको पाइन्छ । देशका ग्रामिण समुदायमा डेन्टल क्लिनिक,दन्त स्वास्थ्यकर्मि र दन्त चिकित्सकको न्यूनता एबम् सरकारि अस्पताल,प्राथमिक स्वास्थ्यकेन्द्र र स्वास्थ्यचौकिमा दाँत तथा मुख स्वास्थ्य सेवाको अभाव जस्ता थुप्रै समस्याहरु रहेका छन । नेपालमा प्राइभेट डेन्टल हस्पिटल, प्राइभेट क्लिनिक, र मुख स्वास्थ्यलाइ बढावा दिने सरकारि एबम् गैह्रसरकारि निकायहरुको सकृयता न्यून रहेको छ । बोलीचालीकै भाषामा दाँतलाइ पटक्कै महत्त्व नदिनाले पनि यस देशका गरिबिको रेखामुनि रहेका मानिसहरु दाँत र मुखको समस्याबाट पिल्सिएका छन ।

सरकारि निकायको हेपाहा प्रवृतिले दाँत तथा मुख स्वास्थ्यमा सौतेलो ब्यवहार प्रष्टै देखिन्छ । राज्यले दाँतलाइ पटक्कै चिनेको छैन,कि त राज्यको निति निर्माणमा रहेका मानिसहरुलाइ दाँतले दुःख दिएकै छैन । नेपालमा झण्डै ३८०० सङ्ख्यामा दाँतका डाक्टर र २४०० को संख्यामा दन्त स्वास्थ्यकर्मीहरु आधिकारिकरुपमा दर्ता भएका छन तर यिनिहरुको उपस्थिति भने राज्यको सम्बन्धित निकायमा शुन्य बराबर नै रहेको छ । यी दक्ष जनशक्तिमध्येका केहि बिदेशमा छन भने बाँकि जनशक्ति बिभिन्न प्राइभेट संस्थामा कार्यरत रहेको देखिन्छ । यति थोरै जनशक्तिले देशका करिब ३ करोड जनसंख्यालाइ कसरी सेवा प्रदान गर्लान् रु सोचनिय बिषय छ त्यसमा पनि सरकारले लोकसेवा मार्फत दरबन्दि कायम गरेको देखिदैन्। यदि यस्ता गम्भिर बिषयलाइ राज्यले मतलबै गर्दैन भने यस पेशाप्रतिको गरिमा खस्किदै जान्छ । साथसाथै महङ्गो शुल्क तिरि पढेर यस पेशामा रुमल्लिएका जनशक्तिको पिडाले गर्दा दाँत र मुख स्वास्थ्यमा ठुलो चुनौति थपिएको देखिन्छ । शरिरमा सुन्दरताको खानी भनेकै अनुहार हो । भनिन्छ सुन्दरताले नै मान्छेको ब्यक्तित्त्व झल्काउछ त्यसैले सुन्दरता हुनु भनेकै दाँत तथा मुखसंग सम्बन्धित भागहरु स्वस्थ र निरोगि हुनु हो । हामिले खाएको खाना मुखमा भएको दाँतले राम्रोसित चपाएन भने गलाले निल्न र पेटले सजिलै खानालाइ शक्तिमा रुपान्तरण गर्न सक्दैन ।

अहिले नेपालमा कोरोना भाइरस माहामारिको प्रभाव भयाभय छ । सङ्क्रमितको सँख्या र मृत्युदर दिनानुदिन बढ्दैछ । यस बिषम परिस्थितिमा दाँत र मुखका रोगीलाइ पनि ठुलो समस्या आइपरेको छ । कोरोना सँक्रमणको डरले दाँतका बिरामिहरु दाँतको अस्पताल तथा क्लिनिकहरुमा जानसकेका छैनन् । सहजरुपमा यातायात सुचारु पनि नभएकोले दुरदराजका दाँतका बिरामिहरुले निकै दुःख झेलिरहेका छन्। देशमा मानिसलाइ रोग र भोगले मार्दैछ । यो जटिल अबस्थामा दाँतको बिरामिसंग कुनै बिकल्प रहेको देखिदैन ।सँगसंगै दन्त स्वास्थ्यकर्मि र दाँतका डाक्टरलाइ पनि नियमित सेवा सुचारु गर्न निकै कठिनाइ रहेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन भौतिक दुरि कायम गर्ने र मुखमा मास्क लगाउने जस्ता साबधानिहरु अपनाउनुपर्ने हुन्छ तर दाँतका डाक्टर र दन्त स्वास्थ्यकर्मिले बिरामिसँग नजिकको दुरिमा रहेर अझै भन्ने हो भने टाँसिएर काम गर्नुपर्ने हुन्छ । बिरामिको थुक ‌र खकारसित खेल्नुपर्ने हुन्छ । त्यसैले पनि दाँत र मुखको उपचारमा संलग्न व्यक्तिहरु कोभिड १९ रोगको उच्च जोखिममा रहेका छन । अब यसको समाधानको लागी राज्यले बैकल्पिक उपायहरुलाइ गम्भिरतापुर्बक अगाडि बढाउन अनिवार्य रहेको देखिन्छ।

दाँत तथा मुख स्वास्थ्य समस्या समाधानका उपाय र चुनौतिहरु

दाँत र मुख स्वास्थ्य समस्याको समाधान भनेको राज्य अथवा सरकार हो । नेपालमा भएका दाँत तथा मुख स्वास्थ्य सेवामा संलग्न रहेका दाँतका डाक्टर र दन्त स्वास्थ्यकर्मिको लागि लोकसेवा आयोगबाट बिज्ञापन खोलि दन्त स्वास्थ्य सेवालाइ व्यवस्थापन गर्नुपर्ने हुन्छ । नेपालमा दाँत र मुख स्वास्थ्यमा काम गर्ने ब्यक्ति, संघसंस्था र अन्य निकायलाइ नियमसङ्गत काम गर्ने वातावरण मिलाउनु जरुरि देखिन्छ । प्राइभेट संस्थामा राज्यले बैकल्पिक दन्त स्वास्थ्य सेवा ब्यवस्थापन गर्नुपर्ने देखिन्छ । सरकारि अस्पताल र प्राथमिक स्वास्थ्यकेन्द्रसम्म दाँतका डाक्टर र दन्त स्वास्थ्यकर्मिको दरबन्दि कायम गर्नुपर्ने हुन्छ । देशका दुर्गम ग्रामिण भेकसम्म दन्त स्वास्थ्य सचेतनाका कार्यक्रम लागु गर्नुपर्ने हुन्छ ।

यसमा उल्लेख्य काम गर्नका लागि राज्य र यस सँग कार्य गर्ने सम्बन्धित ब्यक्तिहरुसँग ठुला चुनौतिहरु रहेका हुनसक्छन तथापि सरकार अग्रसर हुने हो भने यस क्षेत्रमा खासै समस्या देखिदैन । तर सरकार बिभिन्न कठिन घडिमा कानमा तेल हालेर सुतेको देखिन्छ । यहिले देशमा ठुलो माहामारि छ । बिभिन्न ब्यक्ति तथा व्यवशायहरु धरासाहि अबस्थामा परेका छन । काम गरेर खाने वातावरणको सृजना हुनसकेको छैन । यो अबस्था अझै धेरै लामो समयसम्म लम्बिने देखिन्छ । काम गर्ने हातहरु शुन्य छन् । भोकले पेटमा लात हानिरहेको छ । यसले अन्य समस्याहरु पनि संगसँगै बोकिराखेको छ । नेपाल राज्यकै अबस्था दयनिय भैसकेको छ । अब सरकारबाट ढिला नगरि यस्ता दाँत तथा मुख स्वास्थ्यको क्षेत्रमा ठोस कदम चालियोस र दाँत तथा मुख स्वास्थ्यको क्षेत्रमा काम गर्ने पेशाकर्मिको भबिष्य सुरक्षित बनोस ।

(देउवा दन्त स्वास्थ्यकर्मी हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यकर्मीलाई नै आफू जोगिन गाह्रो
Next article नेता लेखकको पहलमा कंचनपुरमा ५७ थान पिपिइ सहित स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

Health Today Nepal

Related Posts

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

Leave a Reply Cancel reply

Timeline
Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134346
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web