• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 8th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लेखकद्वारा जन्मथलो बैतडीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि २० थान पीपीई सहयोग

July 4th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लेखकद्वारा जन्मथलो बैतडीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि २० थान पीपीई सहयोग

हेल्थ टुडे,

काठमाडौं, २० असार  : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले जन्मथलो बैतडीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि २० थान स्वास्थ्य सुरक्षा सामाग्री (पीपीई ) सहयोग गरेका छन ।

कांग्रेस नेता लेखकले पठाएका स्वास्थ्य सुरक्षा सामाग्री पीपीई नेपाली कांग्रेस बैतडीद्वारा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी मार्फत जिल्ला प्रहरी, ससस्त्र प्रहरी, जनस्वास्थ्य कार्यालय र दशरथ चन्द नगरपालिका प्रत्येकलाई ५ । ५ थान बितरण गरिएको नेपाली कांग्रेस बैतडीका उप सभापति चतुरबहादुर चन्दले जानकारी दिए । सहयोग सामाग्रीहरु जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण अधिकारी , शसस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका गुल्मपती शसस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंह , दशरथ चन्द नगरपालिका निमित्त कार्यकारी प्रमुख बिक्रमबहादुर चन्द र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. वसन्त जोशीलाई प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरिएको उपसभापति चन्दले जानकारी दिए ।

नेता लेखकद्वारा पठाइएको सामाग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले धन्यबाद ज्ञापन गर्दै महामारी रोकथामका लागि नेपाली कांग्रेसका तर्फबाट गरिएको सहयोग प्रसंसनीय रहेको र सहयोगले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई थप हैसला बढाएको बताए । नेता लेखकको कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचन केन्द्रित राजनीति गर्ने गरे पनि उनको जन्मथलो बैतडी भएकाले उनले कर्मथलो कञ्चनपुरका लागि मात्र नभएर जन्मथलोका लागि पनि सक्दो सहयोग गर्दै आइरहेको नेता लेखकको सहयोगी एवं नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य जनक भट्टले बताए । बैतडीमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार बैतडीमा कोरोना संक्रमितको संख्या २७५ पुगेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको जीन अध्ययन थाल्यो
Next article राजधानी नै कोरोना संक्रमणको उच्च जोखिममा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz