• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लेखकद्वारा जन्मथलो बैतडीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि २० थान पीपीई सहयोग

July 4th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लेखकद्वारा जन्मथलो बैतडीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि २० थान पीपीई सहयोग

हेल्थ टुडे,

काठमाडौं, २० असार  : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले जन्मथलो बैतडीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि २० थान स्वास्थ्य सुरक्षा सामाग्री (पीपीई ) सहयोग गरेका छन ।

कांग्रेस नेता लेखकले पठाएका स्वास्थ्य सुरक्षा सामाग्री पीपीई नेपाली कांग्रेस बैतडीद्वारा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी मार्फत जिल्ला प्रहरी, ससस्त्र प्रहरी, जनस्वास्थ्य कार्यालय र दशरथ चन्द नगरपालिका प्रत्येकलाई ५ । ५ थान बितरण गरिएको नेपाली कांग्रेस बैतडीका उप सभापति चतुरबहादुर चन्दले जानकारी दिए । सहयोग सामाग्रीहरु जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण अधिकारी , शसस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका गुल्मपती शसस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंह , दशरथ चन्द नगरपालिका निमित्त कार्यकारी प्रमुख बिक्रमबहादुर चन्द र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. वसन्त जोशीलाई प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरिएको उपसभापति चन्दले जानकारी दिए ।

नेता लेखकद्वारा पठाइएको सामाग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले धन्यबाद ज्ञापन गर्दै महामारी रोकथामका लागि नेपाली कांग्रेसका तर्फबाट गरिएको सहयोग प्रसंसनीय रहेको र सहयोगले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई थप हैसला बढाएको बताए । नेता लेखकको कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचन केन्द्रित राजनीति गर्ने गरे पनि उनको जन्मथलो बैतडी भएकाले उनले कर्मथलो कञ्चनपुरका लागि मात्र नभएर जन्मथलोका लागि पनि सक्दो सहयोग गर्दै आइरहेको नेता लेखकको सहयोगी एवं नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य जनक भट्टले बताए । बैतडीमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार बैतडीमा कोरोना संक्रमितको संख्या २७५ पुगेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राजधानी नै कोरोना संक्रमणको उच्च जोखिममा
Next article नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको जीन अध्ययन थाल्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134017
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

130
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web