• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 10th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राजधानी नै कोरोना संक्रमणको उच्च जोखिममा

July 5th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राजधानी नै कोरोना संक्रमणको उच्च जोखिममा

हेल्थ टुडे,

काठमाडौ, २१ असार : कोरोना भाइरस संक्रमणका हिसापले तुलनात्मक सुरक्षित मानिएको राजधानी काठमाडौं नै पछिल्ला दिनमा असुरक्षित हुन थालेको छ ।  राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा कोरोना भाइरस देखिएपछि विज्ञहरुले राजधानी समेत कोरोनाको उच्च जोखिममा पर्न थालेको भन्दै सतकर्ता अपनाउनु आवश्यक रहेको बताएका छन । जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाले स्थानीय संक्रमण भए नभएको यकिन गर्न शनिबारदेखि नमुना संकलन सुरु गरेको छ ।  ‘ शनिबार तीनकुनेमा १ सय १८ जनाको र नख्खुमा १ सय १० जनाको घाँटीको र्‍यालको नमुना संकलन गरेका छौं,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘दुई–चार दिनभित्रै अन्य १० ठाउँसमेत गरी १ हजार २ सय नमुना संकलन गर्नेछौं ।’ धेरै भिडभाड हुने र संक्रमितहरु घुलमिल हुनसक्ने सम्भावित स्थानमा आवतजावत गर्नेहरुको स्वाब परीक्षण गरिने उनले बताए ।

उनका अनुसार काठमाडौंका तीनकुने, शंखमुल, कपन, टोखा, ललितपुरका खुसिबु, नख्खु र भक्तपुरका केही स्थानमा समुदायमै गएर अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ । उनका अनुसार काठमाडौंमा १ सय ९, भक्तपुरमा २८ र ललितपुरमा १७ जना संक्रमित छन ।

भैंसेपाटीमा साढे दुई वर्षे बालकमा कोरोना पोजिटिभ देखिएको थियो । ती बालक र उनका आफन्तको भ्रमण इतिहास थिएन । ‘कतै नगएकामा कोरोना देखिएपछि हामीले ती व्यक्तिको विस्तृत अध्ययन गर्नैपर्छ’, डा. पाण्डेले भने, ‘आखिर कतै न कतै त उहाँहरू संक्रमित व्यक्तिको सम्पर्कमै आएर यो भाइरस बोक्नुभएको होला ।’ उनले संक्रमणको अवस्था थाहा पाउन कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । ‘हामीले ‘स्थानीय तहमा संक्रमण’ अवस्थाबारे थप जान्न स्क्रिनिङ सुरु गरेका छौं, अहिलेसम्म राजधानीमा मात्र होइन, मुलुकभर नै समुदायमा संक्रमण नगएको अवस्था हो ।’

केही विज्ञले उनको दाबीलाई अस्वीकार गरेका छन । एक अध्ययनअनुसार हाल राजधानीको ढलमा समेत कोरोना भाइरस देखिएको दाबी गर्दै जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘ढलमा कोरोना भाइरस देखिनु भनेको संक्रमण भित्रभित्रै सल्केको अवस्था हो ।’ अमेरिका, युरोपलगायत मुलुकबाट हवाईजहाजमा आएका पहुँचवालाहरू एयरपोर्टबाट सिधै घर गएको औंल्याउँदै उनले भने, ‘उनीहरूले घरमै क्वारेन्टाइनमा बस्छु भने तर घरमा बसेरबसेनन् थाहा छैन । यो सरकारको कमजोरी हो ।’

राजधानीमा हालसम्म करिब १० देखि १५ हजार व्यक्तिको पीसीआर परीक्षण भइसकेको डा. पाण्डेले जानकारी दिए । कतै भ्रमण इतिहास नभएका संक्रमित व्यक्तिलाई कोबाट रोग सर्‍यो भन्ने पहिचान हुन नसक्दा सरकारले स्थानीय व्यक्तिहरूको नमुना संकलन गर्न थालेको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लेखकद्वारा जन्मथलो बैतडीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि २० थान पीपीई सहयोग
Next article स्वास्थ्य अनुसन्धान परिषद्ले गर्यो कोरोना अस्पतालहरुको तयारी र तत्परता सम्बन्धी अध्ययन, २० अस्पतालमा मात्र आईसियू

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131663
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web