• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काठमाडौं बाहिर पोखरामा पहिलो पटक सरकारी अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण

June 24th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काठमाडौं बाहिर पोखरामा पहिलो पटक सरकारी अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण

पदमराज जोशी,
काठमाडौं १० असार :  काठमाडौं बाहिर पहिलो पटक सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार मिर्गौला प्रत्यारोपण गरिएको हो । भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टीमले काठमाडौं बाहिर सरकारी अस्पतालमा पहिलो पटक सफल मिर्गौला प्रत्यारोपण गरेको हो । यो भन्दा पहिले चितवन र विराटनगरमा निजी क्षेत्रका अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको भए पनि सरकारी अस्पतालमा हुन सकेको थिएन । कास्कीको अन्नपूर्ण गाउपालिका वडा नं. ७ निवासी ५३ वर्षिय पुरुषले आफ्नी ५१ वर्षिय धर्मपत्नीलाई मिर्गौला दान गरेपछि उक्त प्रत्यरोपण सफल भएको हो ।
सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पहिलोपटक गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको र एक वर्ष भित्रै सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने गरि काम भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए । प्रत्यारोपणमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा डुक वहादुर क्षेत्री, डीन प्रा.डा.श्रीकृष्ण श्रेष्ठ तथा निर्देशक प्रा.डा.भरत वहादुर खत्री समेत उपस्थित थिए ।

प्रत्यारोपणमा केन्द्रका शल्यचिकित्सक प्रा.डा. राकेशकुमार वर्मा, डा. दिपेश श्रेष्ठ, डा.रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, डा.सोभित थापा, नेफ्रोलोजिष्ट डा.कल्पना कुमारी श्रेष्ठ र डा. सिंहले सघाएका थिए । रेडियोलोजी विभागका डा.कृष्ण वुढाथोकीले विरामीको प्रत्यारोपित मिर्गौलाको डप्लर स्क्यान गरेको र प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गरेको बताइन ।
प्रत्यारोपण कार्यको संयोजन डा.गौरव पन्त र प्रशासकीय अधिकृत हरीहर पोखरेलले गरेका थिए । प्रत्यारोपण कार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फवाट शल्यचिकित्सक डा.प्रकाश क्षेत्री, डा.अनुप चापागाइँ, डा.सन्तोष श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा.माया लामा र डा.अनिल प्रसाद न्यौपाने, नेफ्रोलोजिष्ट डा.जुजु राज श्रेष्ठ, डा.अमृत के.सी, वरिष्ठ अस्पताल नर्सिङ्ग प्रशासक सरिता कार्की, ट्रान्सप्लान्ट कोर्डिनेटर गितादेवी तिवारी, ओ.टी इन्चार्ज कविता पौडेलको टोली सम्लग्न थियो ।
पोखरामा नियमित रुपमा महिनाको दुई जनाको प्रत्यारोपण गर्ने योजना रहेको डा. श्रेष्ठ बताउछन । त्यसको लागि प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई आत्मनिर्भर वनाउनको लागि केन्द्रले तालिम दिने योजना वनाएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म ८८४ जनाको मिर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्यका साथ प्रत्यारोपण सम्वन्धी फेलोसिप, डि.एम्, एम्.सि.एच्, लगायतका तालिम सञ्चालन गर्ने केन्द्र र प्रतिष्ठानबिच सहमति भएको छ । नेपालमा हरेक वर्ष ३ हजार बढीको मिर्गौला फेल हुने गरेको तथ्यांक छ । काठमाडौं उपत्यका बाहिर मिर्गौला प्रत्यारोपण सेवा विस्तार हुन नसक्दा सयौं मिर्र्गौला पिडितले प्रत्यारोपणका लागि पालो कुर्नु पर्ने र मोटो रकम खर्च हुने गरेको छ । सरकार मिर्गौला प्रत्यारोपण सेवा र डायलासिस निशुल्क गरे पनि लामो समय पालो कुर्नु पर्ने भएकाले विरामी समस्यामा पर्ने गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरोकारवालाको माग
Next article स्वास्थ्य मन्त्रीमा खापुङ र राज्यमन्त्रीमा केसी नियुक्त, सफथ भोली हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132236
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web