• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुस्वास्थ्य हस्पिटल नवौं वर्षमा , गुणस्तरीय प्राकृतिक चिकित्सा सेवा दिने प्रतिबद्धता

January 15th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुस्वास्थ्य  हस्पिटल नवौं वर्षमा , गुणस्तरीय प्राकृतिक चिकित्सा सेवा दिने प्रतिबद्धता

हेल्थ टुडे,

काठमाडौं, माघ १ : राजधानीको मीनभवन रहेको प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउदै आइरहेको सुस्वास्थ्य हस्पिटलले सफलताका साथ आठ वर्ष पूरा गरि माघ १ गतेदेखि नवौं वर्षमा प्रवेश गरेको छ । यो हस्पिटलले प्राकृतिक चिकित्सा मार्फत गुणस्तरीय सेवा प्रदान गरेर आफूलाई देशकै अब्बल प्राकृतिक चिकित्सा अस्पतालको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालमै उत्कृष्ठ प्राकृतिक चिकित्सा सेवा प्रदान गर्ने अस्पताल बनाउने लक्ष्यका साथ वरिष्ठ अक्कुपँचरिष्ट सुदर्शन बस्नेतले सात वर्ष पहिले सुस्वास्थ्य हस्पिटल स्थापना गरेका थिए । औषधिविहीन उपचारपद्दतिहरूलाई एकीकृत रुपमा प्रयोग गरी विरामीको उपचार गर्ने र निरोगीलाई रोग लाग्न नदिने अवस्थामा राख्ने उद्देश्यसहित २०७२ साल माघ १ गतेदेखि अस्पतालले सेवा सुरु गरेको थियो । सुस्वास्थ्यले प्राकृतिक चिकित्सा, अक्कुपन्चर, फिजियोथेरापी र आयुर्वेदजस्ता उपचार विधिहरू मार्फत बिरामीको उपचार गर्ने गरेको छ । विशेषगरी नसर्ने रोगको उपचारका लागि यो हस्पिटल प्रख्यात छ । नसा च्यापिएको, प्यारालाइसिस, माइग्रेन, विभिन्न दुखाइलगायतका रोगको उपचारका लागि यो हस्पिटलले छुट्टै पहिचान बनाएको छ । हस्पिटलमा दक्ष जनशक्तिले सेवा प्रदान गर्ने गरेका छन् । प्राकृतिक चिकित्सक, अक्कुपन्चरिस्ट, फिजियोथेरापिस्ट र आयुर्वेद चिकित्सकहरुले शरीर, दिमाग र आत्मालाई सन्तुलनमा राखेर पारिवारिक वातावरणमा उपचार सेवा प्रदान गर्छन । यहाँ घरेलु र प्राकृतिक वातावरणमा मानवीय स्पर्शका माध्यमबाट उपचार सेवा प्रदान गरिन्छ । कम शुल्कमा गुणस्तरीय र साइड इफेक्टबिनै उपचार गराइने भएकोले धेरैको रोजाइमा यो हस्पिटल पर्ने गरेको छ ।
स्थापना कालदेखि अस्पतालले नसा तथा हाडजोर्नीका रोगीहरूको उपचार तथा व्यवस्थापन गर्दै आएको छ । सुस्वास्थ्यले सात वर्षको अवधिमा १२ हजारभन्दा बढी बिरामीको सफल उपचार गरिसकेको छ । अस्पतालमा नसा च्यापिएको बिना अपरेसन उपचार, हड्डी खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेका छन् । नसा च्यापिएका बिरामीको उपचारमा अस्पतालले ९० प्रतिशत सफलता प्राप्त गरेको छ । सुस्वास्थ्यले उपचारका साथै रोगी तथा निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गरिरहेको छ । त्यस्तै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरिएको छ । अस्पतालले सञ्चारमाध्यम, कलेज, स्कुल, बैँक तथा वित्तीय संस्था र विभिन्न कर्पोरेट कार्यालयका कर्मचारीलाई कम्मर र गर्धनको समस्याबाट बच्ने उपाय सिकाइएको छ । अस्पतालले देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केन्द्रीय अस्पतालहरूमा तत्काल १६ हजार दरबन्दी आवश्यक छ : स्वास्थ्य सचिव पोखरेल
Next article चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको संघर्षमय कथा : मेरो पढाइकालागि बुवाको राजीनामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134346
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web