• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चैत २५ गते अन्तर्राष्ट्रिय दातृ निकाय सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

January 19th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चैत २५ गते अन्तर्राष्ट्रिय दातृ निकाय सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

हेल्थ टुडे,
काठमाडौं, ५ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउदो चैत २५ गते राजधानीमा अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्ने प्रस्ताव गरेको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलन आयोजना गर्ने योजना बनाएको हो । स्वास्थ्य तथा जनसंख्य मन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि दातृ निकायको भूमिका अहं रहेकोले स्वास्थ्य क्षेत्रका लागि थप सहयोग जुटाउनका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिए ।
सम्मेलनमा स्वास्थ्यका क्षेत्रमा सहयोग गरिरहेका तथा गर्न सक्ने दातृ निकायलाई आमन्त्रण गरिने र उनीहरुलाई स्वास्थ्य क्षेत्रमा सहयोग सहकार्यका लागि थप अनुरोध गर्ने तयारी मन्त्रालयले गरेको छ । स्वास्थ्य मन्त्री बस्नेतका अनुसार अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गर्न स्वास्थ्य मन्त्रालयले स्विकृति प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेस गरेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा २० प्रतिसत भन्दा बढी बजेट कटौती गरेकाले स्वास्थ्य मन्त्रालयलाई आफ्ना कार्यक्रम सञ्चालन गर्न समेत धौ धौ परिरहेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य क्षेत्रमा कटौती गरिएको बजेट परिपूर्ति गर्न यो सम्मेलनले राहात दिने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउछन् । स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरुमा दातृ निकायहरुको सहयोग रासी समेत घट्दै गइरहेका बेला नेपाल सरकारले आवश्यकता र औचित्यका आधारमा स्वास्थ्य क्षेत्र सुदृढ हुने गरि सम्मेलन आयोजना गर्नलाई सकारात्मक पहल भएको विज्ञहरुले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केन्द्रीय अस्पतालहरूमा तत्काल १६ हजार दरबन्दी आवश्यक छ : स्वास्थ्य सचिव पोखरेल
Next article क्यामरुनले बच्चाहरूको लागि विश्वको पहिलो मलेरिया खोप कार्यक्रम सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131965
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web