• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 28th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला, कलेजो प्रत्यारोपणसँगै मुटु उपचारमा फड्को मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र

March 19th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला, कलेजो प्रत्यारोपणसँगै मुटु उपचारमा फड्को मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र

हेल्थ टुडे,
काठमाडौँ, ६ चैत : मिर्गौला र कलेजो प्रत्यारोपणमा आफुलाई अब्बल सावित गरेको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मुटु रोगको उपचारमा पनि फड्को मार्न थालेको छ । केन्द्रले मुटु रोगको विशेषज्ञ सेवा पनि नियमित सञ्चालन गरेर आफुलाई मुटु रोगको उपचारको केन्द्रका रुपमा पनि आफुलाई अगाडि बढाई रहेको छ । अंग प्रत्यारोपण विज्ञ समेत रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार विगत ४ वर्ष देखि त्यहाँ मुटुरोग सम्बन्धि विशेषज्ञ चिकित्सकीय सेवा नियमित रुपमा सञ्चालनमा छ । मुटुरोग उपचार अन्तर्गत प्रत्येक महिना ७०० जना भन्दा बढीले मुटुरोग सम्बन्धी ओ पि डि विशेषज्ञ सेवा, ३५० जना भन्दा बढीले इ सि जि सेवा तथा २५० जना भन्दा बढीले इकोकार्डियोग्राफी सेवा लिने गरेका छन् । केन्द्रले मुटुरोगको उपचारका लागि आवश्यक उपकरण र दक्ष चिकित्सकको व्यवस्था गरेको समेत निर्देशक डा. श्रेष्ठले बताए ।
केन्द्रका मुटुरोग विशेषज्ञ डा. प्रवेश न्यौपानेले हरेक हप्ताको आइतवार, मंगलवार र बिहिबार क्याथल्याब सम्बन्धि एन्जीओग्राफी, एन्जीओप्लास्टी, पेशमेकर लगायतका सेवा उपलब्ध हुने गरेको र इर्मेजेन्सी एन्जीयोप्लास्टी सेवा भने कार्यालय समय भित्र हुने गरेको बताए ।
क्याथ ल्याबको सहायताले मुटुको नसा बन्दा भए नभएको थाहा पाउने “एन्जीयोग्राफी” का साथै हृदयघात भएका वा मुटुको नशा साँघुरो भएका विरामीको नशा खुलाउन “एन्जीयोप्लास्टी” गरिन्छ ।
अर्का मुुटुरोग विशेषज्ञ डा. किसनकुमार कुशवाहले केन्द्रमा हालसम्म ५०३ जनाको क्याथ ल्याब पद्दतीबाट उपचार भएको छ बताए । उनले केन्द्रबाट हालसम्म १३ हजार ३२ जनाले इको र १६ हजार ९९९ जनाले इसीजी सेवा लिईसकेको जानकारी दिए ।
डा. कुशवाहले प्रत्येक सोमबार, बुधवार र शुक्रवार मुटु रोग सम्बन्धि बहिरंग सेवा हुने गरेको र अन्य दिनमा मुटुरोग सम्बन्धी पद्दतीहरुको सेवा दिने गरेको जानकारी दिए । उनले गत महिना अर्थात फागुनमा मात्रै ६३९ जनाले मुटु उपचार अन्तरगर्त ओ पि डि सेवा लिएको, यस्तै ३४६ इसीजी र २८७ इको भएको बताए ।
केन्द्रमा मुटु रोग लागेका विपन्न नागरिकले उपचार गराउँदा राज्यले उपलब्ध गराउने एक लाख रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध हुनुका साथै जेष्ठ नागरिकको मुटुको एन्जीयोप्लास्टी उपचार शुल्क निःशुल्क हुने गरेको छ ।
निर्देशक डा. श्रेष्ठले मिर्गौला, कलेजो संगै मुटु उपचारका लागि समेत केन्द्रले योजनावद्ध रुपमा क्षमता विस्तार गर्दै गइरहेको भन्दै अस्पतालको स्थान र भौतिक पूर्वाधार भने साँघुरो भएको बताए । ‘अहिलेसम्म केन्द्रको आफ्नै जमिन छैन, भवन छैन त्यसबा बाबजुत हामीले सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गरेका छौँ । यसको आफ्नै जग्गा र कम्तिमा ५०० बेड क्षमताको आफ्नै भवन हुने हो भने थप सेवाका लागि सहज हुने थियो,’ उनले भने ।
केन्द्रले १२ बर्षमा १२ सय जनाको मिर्गौला प्रत्यारोपण र २२ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण यही केन्द्रमा भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अंगदान गर्न स्वास्थ्य मन्त्री यादवको आग्रह
Next article ‘ निक साइमन्स अवार्ड ’ नुवाकोटकी सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132054
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

47
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web