• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

हामी किन विरामी हुन्छौ ?

April 7th, 2024 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हामी किन विरामी हुन्छौ ?

हेल्थ टुडे,
काठमाडौं, २५ चैत : हामी सबै बेलाबखत बाहिर जान्छौं र बाहिर खाना खान्छौं । साथी भाइहरूसँग भेटघाट गर्न जान्छौं, भिन्न भनिने ठाउँहरूमा सँगै घुम्न जान्छौं । त्यहाँ पाइने विभिन्न प्रकारका स्वादिष्ट खानेकुराहरूको स्वाद लिन्छौं । यसै क्रममा कसैलाई बाहिर खाना खाएपछि पेट खराब भइहाल्छ भने कसैलाई नयाँ ठाउँमा जाँदा त्यहाँको वातावरण मिल्दैन र बिरामी पर्छ ।
यहाँ प्रश्न यो आउँछ, किन यस्तो हुन्छ? हामी बिरामी हुनलाई दुई वटा आधारले काम गर्दछ । एउटा आफैंभित्र छ र अर्को बाहिरी वातावरणमा आधारित छ । हामीभित्रकै कारण र बाहिरको कारण । यी दुवै कारणलाई गहिरिएर विचार ग¥यौं भने थाहा पाउने छौं, यी दुईबीचको अन्तरसम्बन्ध । हामी किन बिरामी हुन्छौं ? हामी सबै बाहिर जान्छौं र बाहिर कुनै होटेल या रेस्टुरेन्टमा खाना खान्छांै । मलाई त मज्जा लाग्छ, फरकफरक चिजहरू ट्राई गर्नमा । मलाई लाग्छ, पक्कै पनि उनीहरूलाई पनि राम्रो लाग्छ होला । बर्खाको याममा पानीमा रुझ्न पनि राम्रो लाग्छ । हामी सबै पानी परेको बेला कुनै न कुनै रूपमा थोर बहुत भिजेकै हुन्छौं । कोही त निथ्रुक्क पानीले भिजेका पनि हुन्छन्, त्यसमा पनि आफ्नै आनन्द छ ।
यसैगरी जाडोको याममा पनि हिउँ परेको हेर्न र हिउँमा खेल्न जान्छौं, खेल्छौं । राति ढिलोसँग पार्टीमा जाने पनि चलन हुन्छ । बिहे भोजमा जान्छौ, अन्य सामाजिक कार्यक्रमहरूमा पनि सहभागी हुन्छौं । यस प्रकारले हामी भिन्नभिन्न कार्यक्रमहरू पुग्छौं, धेरै मानिसहरूसँग भेटघाट गर्छौं । हामीमध्ये केही यस्ता व्यक्तिहरू पनि छन् । जो अफिसको समयबाहेक पनि अफिसमा काम गरिरहन्छौं । बिहान, दिउँसो र रातिको सिफ्टमा पनि काम गरिरहेका हुन्छौं । हामी सबैको वरिपरि जीव– जन्तुहरूको पनि बास छ । हामी काठमाडौंमा बस्छौं, यहाँको हावा यति स्वच्छ र सफा छ कि जीवजन्तुहरूमा कुनै कम्पिटिसन नै छैन । प्रत्येकले भरपुर स्कोप भेट्छन्, जीव–जन्तुहरूसँग सम्पर्कमा पुग्नको लागि ।
हामी सबै यही वातावरणमा बस्छौं, यही हावामा श्वास लिन्छौं । त्यहीका पानी पिउँछौं । हरेक चिज हामी सबैले प्रयोग गर्छौं । तर त्यसैमध्ये कसैको पेट खराब भइहाल्छ । कसैलाई आँखा पाक्ने रोग लाग्छ । अर्कोलाई अरू नै केही थोकको गडबडी हुन्छ । यसरी नै बर्खामा पानीमा भिजेकाहरू, हिउँमा खेलेकाहरूमध्ये कसैकसैलाई पोस्ट सिजनल बायरल इन्फेक्सन हुन्छ । सबैलाई हुँदैन । यस्तो किन हुन्छ ? हामीमध्ये कसैलाई हुन्छ कसैलाई हुँदैन । यो प्रश्न हाम्रो दिमागमा लगातार घुमिरहन्छ । अरूलाई केही भएन, मेरै पेट किन खराब भयो ? मलाई नै किन भाइरल फिवर आयो ? यी सबै बाहिरका कारण हुन् । बाहिरको कारणले सबैलाई इफेक्ट गरिरहेको छैन । हामीमध्ये केही सीमित व्यक्तिलाई मात्र प्रभावित बनाइरहेको छ ।
यस प्रश्नको उत्तरका लागि हामीले आफंैभित्र हेर्नुपर्ने हुन्छ । के कारणले यो समस्या आइरहेको छ । ममा के कमी कमजोरी छ ? जसले गर्दा मलाई मात्र समस्या भइरहेको छ । बाहिरको अवस्थालाई राम्रो बनाउनको लागि धेरै प्रयास गरिएको छ । अचेल होटेल तथा रेस्टुरेन्टहरू हाइजिनको स्तर बढाइएको छ । पानीपुरी बेच्नेले पनि हातमा ग्लोब लगाएर काम गर्छ । मेडिकल फेसिलिटी पनि राम्रो छ । रोगबाट बच्न भेक्सिनेसन गराउँछौ । भिन्नभिन्न प्रकारका खोपले रोगबाट बचाउन मद्दत गर्दछ । सुविधा सम्पन्न अस्पताल र नर्सिङ होमहरूमा राम्रो उपचार पाइन्छ । यस प्रकार अरू धेरै विकल्पहरू पनि छन् । यति हुँदाहुँदै पनि हामी किन बिरामी हुन्छौं ? हामी कहाँ बिरामीको कमी त छैन । बिरामी आई नै रहेका छन् ।
कुन प्रकारका र कस्ता बिरामीहरू आइरहेका छन् ? अचेल विशिष्ट प्रकारका बिरामीहरू बढिरहेका छन् । जस्तै, कसैलाई पोलन एलर्जी, कसलाई सन एलर्जी, गुलुटोन (गहुँ) को एलर्जी, डस्टएलर्जी, स्किन एलर्जी भइरहेको छ । सबैलाई त हुँदैन । मानौं एलर्जी हुनु अचेल फेसन नै भइसकेको छ । धेरैजसो केटाकेटीहरू या वयस्कहरूमा एलर्जी देखिइरहेको छ । यसको साथै धेरै मानिसमा अटोइमिनो कम्पलेन बढिरहेको छ । अटोइम्युनोको मतलब तपाईँको शरीरले स्वयंमा समस्या उत्पन्न गराउनु हो । जस्तै, मलटिपल न्युरोसिस, रियुमेटाइड, ग्यास्ट्री कम्पलेन, अर्थराइटिस, मेन्सुयल डिसर्डर, थाइरायड, पोलिस्टिकऔंभरी डिजिज, डायबिटिज, मेन्टल डिसअर्डर आदि ।
यस्ता रोगहरू धेरै बढेका छन् । एलर्जन या एलर्जी भनिए पनि यो एक किसिमको रोग हो । यो केही सीमित मानिसलाई मात्र हुन्छ । सबैलाई त हुँदैन, किन यस्तो हुन्छ ? यसको लागि हामीले आफैंलाई नियालेर भित्र हेर्नुपर्छ । यदि हामी हाम्रो शरीरलाई विभाजन गर्ने हो भने, यसमा दुई भाग पाउँछौं । शरीरको एक भाग देखिन्छ भने अर्को हिस्सा देखिँदैन । जो देखिन्छ त्यो ( स्थुल) बढी र जो देखिँदैन, त्यो हो दिमाग वा मन हो । यसले नै आफ्नो ऊर्जा, आफूभित्रको क्षमता, इच्छा, भावनालाई उत्पादन गर्दछ र यसको प्रतिक्रिया स्थुल शरीरमा देखिन्छ । बह्माण्डलाई नै हेर्दा पनि त्यही हो । एउटा पदार्थ र अर्को ऊर्जा छ । पदार्थ छ, त्यसमा हामी सबै छौं, घर छ, जमिन छ । अर्कोतिर ऊर्जा छ, जो हाम्रो वरिपरि घुमिरहेको छ । जसले हामीलाई शक्ति प्रदान गर्दछ । त्यसैले यो स्थुल शरीरलाई सञ्चालन र बचाइरहेको छ । यी दुवै पदार्थ र ऊर्जा एकआपसमा सम्बन्धित छन् । आपसी तालमेल राख्छन् र सन्तुलनमा बस्छन् । शक्ति र भौतिक पदार्थको आपसी सन्तुलनमा रहनु नै स्वास्थ्य रहनु हो । यी दुवैबीचको असुन्तलन नै अस्वस्थको कारण हो । हामी मानसिक रूपले होस् या शारीरिकले बिरामी हुन्छौं ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमा पूरै फेल भएको छैन, सुधार्न सकिन्छ : डा. लोहनी
Next article चैत २८ देखि हुने स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132585
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web