• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा रिक्त दुई अतिरिक्त स्वास्थ्यका लागि बढुवा प्रक्रिया सुरु

March 19th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा रिक्त दुई अतिरिक्त स्वास्थ्यका लागि बढुवा प्रक्रिया सुरु

हेल्थ टुडे,
काठमाडौँ, ६ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको दुई अतिरिक्त स्वास्थ्य सचिव पदका लागि बढुवा प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले बुधबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका कर्मचारीलाई आजको १५ दिन भित्र आफ्नो विवरण दर्ता गर्न आव्हान गरेको छ ।
गत १२ फागुनका दिन स्वास्थ्य सचिवबाट डा रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिवबाट डा दीपेन्द्ररमण सिंह अवकाशमा गएपछि स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा दुईवटा दरबन्दी खाली भएको हो ।
बढुवा समितिले स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५(२) बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्ने बताएको छ । उसले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधी पुरा भएका एघारौँ तहका अधिकृत कर्मचारीले १२ औँ तहमा बढुवाका लागि प्रतिस्पर्धा गर्न सक्ने भनेको छ ।
‘मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्बन्धि व्यक्तिगत विवरण फारम डाउनलोड गरी उक्त विवरण सम्वन्धित निकायबाट प्रमाणित गराई आजको १५ दिन भित्र मन्त्रायको कर्मचारी प्रशासन शाखामा दर्ता गर्न गत ३ चैतको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवाको १२ औँ तहको अधिकृत पदमा सचिव सहित पाँच जना रहने व्यवस्था छ ।
पछिल्लो १२ औँ तहका तीन जना अधिकृतमा स्वास्थ्य सचिव बनेका डा विकास देवकोटा, अतिरिक्त सचिव डा संगीता मिश्रा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटी रहेका छन् ।
स्वास्थ्य सचिव बाहेक १२ औँ तहको अधिकृतको दरबन्दी मन्त्रालयमा दुईवटा अतिरिक्त स्वास्थ्य सचिव पद, स्वास्थ्य सेवा विभागमा महानिर्देशक पद र वीर अस्पतालको प्रमुख हुने व्यवस्था छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘निक साईमन्स अवार्ड–२०२४’ धादिङका जनस्वास्थ्य निरीक्षक रविन थापालाई
Next article कार्यबोझले ’मानसिक रोगी’ भएको भन्दै भारतीय बैंकका कर्मचारी आन्दोलनमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131777
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web