हेल्थ टुडे,
काठमाडौं, ११ चैत : नेपाल औषधि व्यवसायी संघ (एपोन) का अध्यक्ष विप्लव अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। महासंघको आगामी ३० चैतमा हुने निर्वाचनका लागि अधिकारीले औषधि उत्पादक क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने निर्णय गरेका हुन्। उनले वस्तुगत तर्फको उम्मेदवार एपोनको प्रतिष्ठासँग समेत जोडिएको विषय भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।
“हामी सबैले मेहनत ग¥यौं भने सहजै चुनाव जित्न सक्छौं,” उनले भने, “लामो समयपछि संघलाई महासंघमा पुनः स्थापित गर्ने अवसर आएको छ, सबै मिलेर यसलाई सफल बनाऔं।” उनले भनेका छन् । महासंघको ६० औँ बार्षिक साधारणसभा उद्घाटन सत्र आगामी २९ चैतका दिन रोयल टुलिप होटल ग्वार्को ललितपुरमा हुनेछ । निर्वाचन सम्वन्धी कार्यक्रम भने ३० चैतका दिन प्रज्ञा भवन कमलादीमा हुने तालीका रहेको छ ।







Leave a Reply