• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि र औषधिजन्य उपकरणमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको चरम ठगी

November 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि र औषधिजन्य उपकरणमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको चरम ठगी

हेल्थ टुडे,
काठमाडौ,१५ कात्तिकः काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले औषधि र औषधिजन्य उपकरणमा व्यापक ठगी गरेको पाइएको छ । केन्द्रबाट खरिद भएका औषधिमा खरिद मूल्यभन्दा ३ हजार ३ सय गुणासम्म बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ । केन्द्रको फार्मेसीबाट औषधि र भल्बहरू खरिद मूल्यभन्दा २ हजार ७ सय गुणादेखि ३ हजार ३ सय गुणा बढीसम्ममा बिरामीलाई बिक्री गरी व्यापक ठगी गरेको पाइएको हो । बिरामीलाई सहुलियतमा औषधि उपलब्ध गराउनुपर्ने सरकारी नीतिविपरीत सो केन्द्रले अत्यधिक मूल्य लिएर खुलेआम ठगी गर्दै आएको हो ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रको छानबिन प्रतिवेदनले नै यस्तो तथ्य औंल्याएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ लाख ९३ हजार रुपैयाँ पर्ने पेरिमाउन्ट एडवार्ड नामक बायोलोजिकल भल्बलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजीमा सोही कम्पनीको भल्बलाई १ लाख १० हजार रुपैयाँ लिइँदै आइएको छ । यसरी हेर्दा भल्ब किन्नका लागि केन्द्रले एक लाख ८३ हजार रुपैयाँ बढी लिएको देखिएको छ ।

सप्लायर्स तथा फार्मेसीहरूको आपसी मिलोमतोमा मनोमानी ढंगले कम गुणस्तरीय उपकरणलाई बढी मूल्य लिई सप्लाई गरेको देखिएको छ । फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ९ मा ‘औषधि र औषधिजन्य पदार्थको बिक्री मूल्य निर्धारण गर्दा यसको खरिद मूल्यमा २० प्रतिशतमा नबढाइ बिक्री मूल्य निर्धारण गरिने’ उल्लेख छ । तर, यसरी बिक्री मूल्य निर्धारण गर्दा अधिकतम खुद्रा मूल्यभन्दा बढी हुनुहुँदैन ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा औषधि र भल्बमा खरिद मूल्यभन्दा २ हजार ७ सय गुणा बढीसम्म मनोमानी तरिकाले बिक्री मूल्य तोकी अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । राष्ट्रिय सतर्कता केन्द्रले फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा ९ को व्यवस्थाविपरीत भएको भन्दै केन्द्रलाई निर्देशिका संशोधन गरी सेवाग्राहीलाई मर्का नपर्ने गरी औषधिको मूल्य समायोजन गर्न निर्देशन दिएको छ । (राजधानी दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा
Next article जनशक्ति अभावले भरतपुर अस्पतालको आइसियू सेवा प्रभावित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133581
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

114
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

112
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web