• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिदबारे लेखा समितिले स्वास्थ्यमा थाल्यो छानबिन

April 26th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिदबारे लेखा समितिले स्वास्थ्यमा थाल्यो छानबिन

हेल्थ टुडे,
काठमाडौं, १४ बैसाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको उपचारका लागि विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको अनियमिताका बिषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानविन सुरु गरेको छ । कोरोना भाइरसको उपचारका लागि करिव एक अर्ब २४ करोड बराबरको स्वास्थ्य सामग्री किन्न विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग गत महिना खरिद सम्झौता गरेको थियो । बजार मूल्य भन्दा कयौं गुना बढी महंगोमा समान किन्न खोजेर आर्थिक अनियमितता गरेको सर्वत्र विरोध भएको थियो ।
ओम्नीले पहिलो लट सामान ल्याएपछि चर्को विरोध सामना गर्न नसकेपछि स्वास्थ्य सेवा विभागले उक्त सम्झौता रद्द गरेको घोषणा गरेको थियो । विना प्रतिस्पर्धा महंगो मूल्यमा खरिद गरेको भनेर प्रश्न उठेपछि सरकारले हतारहतार सम्झौता रद्द गरेको थियो । ओम्नीले पहिलो लटमा समेत कमसल सामग्री ल्याएको र विश्व स्वास्थ्य संगठनले मान्यता नदिएका र्यापिट किट्स ल्याएको भन्दै सर्वत्र विरोध भए पछि सरकारले स्वास्थ्य सामग्री किन्ने जिल्ला नेपाली सेनालाई दिएको थियो ।
स्वास्थ्य सेवा विभागले किनेको सामग्रीका बिषयमा छानविन गर्न आवश्यक देखिएको छानविन सुरु गर्ने लेखा समितिको ठहर छ । समितिले यसका लागि खरिद प्रक्रियामा भएको सबै कागजपत्र सात दिनभित्र उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको छ । समितिले सामग्री किन्दा अपनाउनु पर्ने विधि प्रकृयाका बिषय, सम्झौताका विभिन्न दफाहरु, बजार मूल्य लगायत अन्तराष्टिय मान्यताहरुको समेत अध्ययन गरेर दोषी देखिए कारवाहीका लागि सरकारलाई सिफारिस गर्ने छ । अख्यियारले यस बिषयमा छानविन गर्ने भनेको भएपनि अहिलेसम्म कुनै छानविन हुन सकेको छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. सुरेन्द्र यादवलाई अपहरणशैलीमा काठमाडौं ल्याएकोमा चिकित्सक संघको विरोध, दोषीलाई कडा कारवाहीको माग
Next article चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131767
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web