• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बीमामा पुरूषको भन्दा महिलाको आकर्षण बढी

August 9th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बीमामा पुरूषको भन्दा महिलाको आकर्षण बढी

हेल्थ टुडे,

काठमाडौ, २५ साउन : नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । २०७२ चैत्रबाट पाइलट प्रोजेक्टको रुपमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभाव पछिल्लो समय विस्तार हुँदै गएको हो । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ५६ जिल्लाका २९ लाख ५७ हजार ६५ जना सर्वसाधारण स्वास्थ्य बीमामा सहभागी भएका छन् । ५६ जिल्लामा सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई आगामी दिनमा थप जिल्लाहरूमा समेत बिस्तार गर्ने बोर्डले जनाएको छ ।

बोर्डका सूचना अधिकारी कृण आचार्यले थप दुई जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने अन्तिम तयारीमा रहेको बताए । उनले भने, ‘अहिले ५६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु भइसकेको छ । थप दुई जिल्ला रुपन्देही र सप्तरीमा पनि कार्यक्रम लागु गर्ने अन्तिम चरणमा रहेको छ । तर अहिले कोरोनाका कारण तत्काल लागु गर्ने सकिएको छैन् ।’ कोरोना नियन्त्रण हुने वित्तीकै थप दुई जिल्लामा बीमा कार्यक्रम लागु हुने उनको भनाइ छ । योसँगै स्वास्थ्य बीमा लागु हुने जिल्लो ५८ पुग्नेछ ।

यस्तै उनले २५ जिल्लाका अति गरिब र स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका वर्गलाई स्वास्थ्य बीमा कार्यक्रमले विषेश जोड दिएको बताए । गरिबी निवारण कोषबाट प्रमाणपत्र प्राप्त भएका अति गरिबहरू निशुल्क बीमा कार्यक्रममा समेटिने क्रम तीब्र गतिमा भइरहेको जानकारी गराए ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको ५३ जिल्लाहरूमध्ये सबै भन्दा धेरै झापाका सर्वसाधारण सहभागी भएका छन् । झापाका मात्रै ३ लाख ४० हजार २४२ जना सहभागी भएको स्वास्थ्य बीमा बोर्डको तथ्यांकले देखाउँछ । यस्तै चितवनमा २ लाख ६१ हजार ३६१ जना, सुनसरीमा २ लाख ३३ हजार १८१ जना, पाल्पामा एक लाख ७३ हजार २१२ जना सहभागी भएका छन् ।

यस्तै कास्की, कैलाली, भक्तपुर, मकवनपुर र मोरङमा पनि एक लाख भन्दा बढी सर्वसाधरणले स्वाथ्य बीमा कार्यक्रममा सहभागी भएको बोर्डको तथ्यांकले देखाएको छ।

स्वास्थ्य बीमा कार्यक्रममा सबैभन्दा कम सहभागी हुनेमा भने डोल्पा रहेको छ । डोल्पामा एक हजार ९७० जना मात्रै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । यस्तै मुगु, रुकुम पूर्व, हुम्ला, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, पर्वत, धनुषा, धादिङ, दार्चुला, र दैलेखमा लगायतका जिल्लाहरूबाट पनि न्यून मात्रामा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा महिलाको उच्च आकर्षण देखिएको छ । कुल २९ लाख ५७ हजार ६५ जना सहभागी संख्या मध्ये १५ लाख ४५ हजार ५५० जना महिला मात्रै रहेका छन् । यो बीमा कार्यक्रम सहभागी संख्याको ५२.२६ प्रतिशत हो ।

बोर्डको तथ्यांक अनुसार सातै प्रदेशमा स्वास्थ्य बीमा सुबिधा लिनेमा महिला अघि देखिएको छ । सबैभन्दा धेरै प्रदेश एकमा ४ लाख ५१ हजार १६८ जना महिला सहभागी छन् । यस्तै बाग्मती प्रदेशमा ३ लाख २६ हजार ८५१, प्रदेश ५ मा २ लाख ४७ हजार ४९९, गण्डकी प्रदेशमा २ लाख १४ हजार ३९६, सुदरपश्चिम प्रदेशमा एक लाख ५१ हजार २०४, कर्णाली प्रदेशमा एक लाख ४ हजार ८६३ र प्रदेश २ मा ४० हजार ९५३ महिला सहभागी भएका छन् ।

सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत आम नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य सेवा उपयोगका क्रममा भइरहेको व्यक्तिगत खर्चलाई ब्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी र दक्ष तथा जिम्मेवार व्यवस्थापनका लागि राष्ट्रिय सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो । सम्पूर्ण जनतालाई सहज रूपमा स्वाथ्य उपचार पाउन र कुनै पनि नागरिकलाई सामान्य रोगदेखि मुटु, मृगौला, क्यान्सर लगायतका कडा रोग तथा अन्य उपचारमा सहायता होस् भन्ने उदेश्यले सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको हो ।

यसबाट महंगो र अत्यावश्यक सबै उपचार सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने, जनताले स्वास्थ्यसेवा उपभोग गर्दा ठूलो आर्थिक बोझ व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुने र नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने सरकारको विश्वास छ ।

बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशनलगायतका उपचार खर्च बापत एक लाख रुपैयाँसम्मको सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी समेत प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झै झगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परि चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउने छैन । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्व स्वास्थ्य सचिव डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षको जिम्मेवारी
Next article ईः ले २३ औं दिनमा तोडे अनसन, स्वास्थ्य मन्त्रालयसँग १२ बुँदे सहमति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web