• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ईः ले २३ औं दिनमा तोडे अनसन, स्वास्थ्य मन्त्रालयसँग १२ बुँदे सहमति

August 9th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ईः ले २३ औं दिनमा तोडे अनसन, स्वास्थ्य मन्त्रालयसँग १२ बुँदे सहमति

हेल्थ टुडे,

काठमाडौं, २५ साउन : सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् ।

आइतबार अभियन्ता ईः ले आइतबार २३ औं दिनमा अनसन तोडेका हुन् । उनलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले पानी पिलाएर अनसन तोडाएका हुन ।

ईः र स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्यकर्मी कसैलाई पीपीई अभाव भयो भने स्वास्थ्य मन्त्रालले तत्काल उपलब्ध गराउने, कोरोना नियन्त्रणमा भएको खर्च यथाशिघ्र सार्वजनिक गर्नेलगायतका १२ बुँदामा सहमति भएको छ ।

कोरोना नियन्त्रणमा सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै इनफ इज इनफ अभियन्ताहरुले खबरदारी गर्दै आएका छन् । सरकारलाई दबाव दिने उद्देश्यले यसअघि पनि असार २२ गते पनि ईः अनसन बसेका थिए ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पीसीआर परीक्षणको दायरा बढाउने, आरडीटी परीक्षण बन्द गर्ने, क्वारेन्टिन व्यवस्थित गर्नेलगायतका १२ बुँदामा सहमति जनाएपछि ईः ले अनसन तोडेका थिए । तर एक हप्तासम्म पनि सहमति कार्यान्वयन नभएपछि ईः ले दोस्रोपटक साउन ३ गतेबाट फेरि अनसन सुरु गरेका थिए ।

अनसन तोडिएपछि इनफ इज इनफले जारी गरेको प्रेस विज्ञप्तिमा युवाहरुको स्वतःस्फूर्त अभियानको उपलब्धीस्वरुप पीसीआर परीक्षणको संख्या र दायरा वृद्धि भएको, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन, प्रचारप्रसार गर्ने गराउने काममा  पहल भएको उल्लेख छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमामा पुरूषको भन्दा महिलाको आकर्षण बढी
Next article स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन भन्छ, ७२ प्रतिशतले मात्र लगाए मास्क, ३१ प्रतिशतले पालन गरे भौतिक दूरी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 29th 10:35 AM
समाचार

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2319
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web