• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 27th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन भन्छ, ७२ प्रतिशतले मात्र लगाए मास्क, ३१ प्रतिशतले पालन गरे भौतिक दूरी

August 10th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन भन्छ, ७२ प्रतिशतले मात्र लगाए मास्क, ३१ प्रतिशतले पालन गरे भौतिक दूरी

हेल्थ टुडे,

काठमाडौं, २५ साउन : नेपालमा कोरोना संक्रमणको दर तीब्र हुँदै गर्दा अझै २८ प्रतिशतले मास्क प्रयोग नगर्ने गरेको पाईएको छ । नेपाल स्वास्थ्य अनुशन्धान परिषदले गरेको काठमाडौं उपत्यकाका २३ सार्वजनिक स्थलमा गरेको अध्ययनले उक्त निर्कष निकालेको हो ।

व्यक्तिगत रुपमा ४ हजार ५०२ जनामा गरेको अध्ययन अनुसार ७२.१ प्रतिशतले मात्रै सार्वजनिक स्थलमा मास्क  लगाउने गरेको पाईएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव प्रदिपज्ञवालीले जानकारी गराए । त्यस अनुसार अझै २७.९ प्रतिशतले मास्क नलगाउने गरेको अध्ययनले देखाएको छ । सार्वजनिक स्थालमा मास्क लगाउने २ हजार ७०३ जना मध्ये पनि ७२. ६६ प्रतिशतले सहि तरीकाले माक्स लगाएका छन् भने २७. ३४ प्रतिशतले नाक मुनी, चिउँडो मुनी वा घाँटीमा मास्क  लगाउने गरेको अध्ययनले देखाएको छ।

यस्तै १५ प्रतिशतले कपडाको माक्स लगाउने गरेको देखाएको छ । यस्तै संस्थागत अन्तगर्त सरकारी कार्यालय,सपिङ्ग मल, बैंक, होटल, सार्वजनिक स्थालमा अध्ययन गर्दा धेरै कम स्थानमा मात्रै २ मिटरको सामाजिक दूरी कायम गरेको भेटिएको छ । अध्ययनले ३१.२ प्रतिशतले मात्रै सार्वजनिक स्थालमा सामाजिक दुरी कायम गरेको देखाएको छ । यसैगरी ६० सार्वजनिक स्थानमा साबुन पानीको र स्यानिटाइजरको व्यवस्था भएको पनि अध्ययनले देखिएको छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ईः ले २३ औं दिनमा तोडे अनसन, स्वास्थ्य मन्त्रालयसँग १२ बुँदे सहमति
Next article ५ लाखको पीसीआर परीक्षण भइसक्यो, एक लाखको बाकी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 25th 12:30 PM
समाचार

अर्कैको सर्टिपिकेट झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2316
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

9
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web