• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सूर्तिजन्य पदार्थमा २५ प्रतिसत कर बढ्यो, जनस्वास्थ्य विज्ञ भन्छन, ‘अझै बढाउनु पर्छ । ’

May 30th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सूर्तिजन्य पदार्थमा २५ प्रतिसत कर बढ्यो, जनस्वास्थ्य विज्ञ भन्छन, ‘अझै बढाउनु पर्छ । ’

पदमराज जोशी,

काठमाडौँ, १६ जेठ : नेपालमा सूर्तिजन्य  पदार्थमा २५ प्रतिसत कर बढाइएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार अध्यादेश मार्फत आर्थिक वर्ष २०७८।०७९ को बजेटमा सूर्तिजन्य पदार्थमा गत बर्षको करमा करिव २५ प्रतिसत कर बढाएको घोषणा गरेका हुन् । सरोकारवालाहरुले सूर्तिजन्य पदार्थमा लाग्ने कर बढाउन बिगत बर्षहरुमा पनि सरकारलाई दवाव दिदै आएका भएपनि अर्थमन्त्रालयले थोरै मात्र  कर बढाउने गरेको थियो ।  यो वर्ष अर्थमन्त्रीले सूर्तिजन्य पदार्थमा बढाएको कर बिगत ५ बर्षयताकै बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले बताएका छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका सूर्तिजन्य पदार्थ कार्यक्रमका फोकल पर्सन डा. भक्त केसीका अनुसार सूर्तिजन्य पदार्थमा सरकारले तिन प्रकारको कर लिने गरेको छ । १३ प्रतिसत मूल्य अभिवृद्धि कर लिने गरिन्छ । त्यसैगरि हेल्थ हेजार्ड कर बाफत चुरोटको प्रति खिल्ली बाफत कर लिइन्छ । र त्यसपछि अन्तशुल्क कर लिइन्छ । नयाँ बजेटमा  मूल्य अभिवृद्धि करमा कुनै परिवर्तन गरिएको छैन । तर हेल्थ हेजार्ड कर र अन्त शुल्क कर बढाइएको छ ।

राष्ट्रपति विद्या भण्डारीले शनिबार जारी गरेको आर्थिक अध्यादेशपछि घोषणा गरिएको बजेटमा चुरोटको अन्तशुल्कमा २५ प्रतिसत कर बढाइएको छ । सबै प्रकारका जर्दा र खैनीमा २४.९२ प्रतिसत, सबै प्रकारका सिगरमा २३.५२, सूर्तिजन्य पदार्थको कच्चा पदार्थमा  पछि २४.७७ प्रतिसत  र हुक्कामा २० प्रतिसत कर बढाइएको छ । बिडीमा भने ४.४४ प्रतिसत कर बढाइएको छ । हेल्थ हेजार्ड कर भने सत प्रतिसत बढाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका सूर्तिजन्य पदार्थ कार्यक्रमका फोकल पर्सन डा.केसीले भने, ‘ पहिले हेर्थ हेजार्ड कर भनेर चुरोटको प्रति खिल्ली बाफत २५ पैसा लिइन्थो । नयाँ बजेटले सत प्रतिसत बढाएर प्रति खिल्ली ५० पैसा पुर्याइएको छ । ’ डा. केसीका अनुसार अहिलेसम्म सूर्तिजन्य पदार्थमा राज्यले २८ देखि ३० प्रतिसतसम्म कर लगाउदै आएकोमा नयाँ बजेटले त्यो बढाएर ३८ देखि ४० प्रतिसतसम्म पुर्याएको छ । यो सकारात्मक कदम हो । बजेटमा बढाइएको कर आउदो साउन १ गतेदेखि लागु हुने छ ।

नेपालमा सूर्तिजन्य पदार्थमा लाग्ने कर दक्षिण एशियामै सबैभन्दा कम भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत कम्तिमा ७५ प्रतिसत कर बढाउनु पर्ने बताउदै आएको छ । नेपाल क्यान्सर रिलिफ सोसाइटीका पूर्व अध्यक्ष लोकेन्द्र श्रेष्ठ ‘ ईश्वर’ ले यो बर्ष सरकारले बजेटमा बढाएको सूर्तिजन्य पदार्थको कर प्रयाप्त नभएको बताए । उनले भने, ‘ हाम्रो माग त २५ प्रतिसतको होइन । सूर्तिजन्य पदार्थमा १०० प्रतिसत कर बढाउनु पर्छ । ’ कोरोना संक्रमणको महामारीमा धेरै जसो ज्यान गुमाउने धूमपानका अम्मली भएको दावी गर्दै श्रेष्ठले सरकारले अहिले पनि सूर्ति माफियाको जालमा फसेर कर बढाउन खुट्टा कमाएको बताए ।

स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण सञ्जालका राष्ट्रिय सञ्जालका संयोजक शान्तलाल मुल्मीले आफूहरुले धेरै बर्षदेखि सरकारलाई कर बढाउन दबाब दिएको स्मरण गर्दै अहिले बढाइएको कर सफलताको पहिलो खुटकीलो भएको बताए ।   उनले भने, ‘सूर्तिजन्य पदार्थ विरुद्घको अभियानमा लागेका संघसंस्थाहरुले  डब्लूएचओको सल्लाह अनुसार ७५ प्रतिशत कर बढाउनु पर्ने दवाव दिदै आएका हौ । गत बर्षहरुको भन्दा यो बजेटमा केही बढ्यो । ७५ प्रतिसत कर नबढेसम्म हाम्रो अभियान सकिदैन । ’

वीर अस्पतालका क्यान्सर रोग विज्ञ डा. अम्बुज कर्णले सूर्तिजन्य पदार्थका धेरै कर बढाउनु भनेको धूमपानको सेवनमा कमि ल्याउनु भएकाले कर बढाउनु सकारात्मक भएको बताए । फोक्सोको क्यान्सर लगायत नसर्ने रोगहरुको प्रमुख कारकहरु मध्ये सूर्तिजन्य पदार्थको सेवन पनि रहेकोले यसको सेवनमा कमि ल्याउनु अहिलेको आवश्यकता भएको डा. कर्णले बताए ।

अर्थ मन्त्री पौडेलले बिलासी बस्तुको आयातलाई निरुत्साहित गर्नुका साथै स्वास्थ्य र वातावरणिय दृष्टिले हानिकारक बस्तुको आयातलाई निरुत्साहित गरिने समेत बजेट वक्तत्व मार्फत घोषणा गरेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘नसर्ने रोग सम्बन्धी जोखिम तत्व सर्वेक्षण’ ले २८.९ प्रतिशत नागरिकले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेकोे देखाएको छ । जसमा ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला छन् । चुरोट सेवन गर्नेको संख्या १७.१ प्रतिशत छ भने धुँवारहित सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या १८.३ प्रतिशत रहेको छ ।

धूम्रपानको सेवन कम गराउन सरकारले केही ठोस कदम चाल्ने आवश्यक छ । धूम्रपानकर्ताहरू कोभिड– १९ को जोखिममा हुन्छन्, त्यसैले चुरोट, बिँडी लगायतका सुर्तीजन्य पदार्थ त्याग्न प्रेरित गरेर कोभिड– १९ बाट हुने गम्भीर जोखिम न्यूनीकरण गर्न सकिन्छ, एक व्यक्तिबाट अर्कोमा संक्रमणको दर पनि कम हुन्छ तथा रोग प्रतिरक्षा प्रणाली बलियो बनाउन पनि मद्दत पुग्छ । यी विषय समेटेर सन्देशमूलक सूचनाहरू टेलिभिजन, रेडियो तथा सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत प्रकाशन र प्रसारण गर्ने व्यवस्था मिलाउनु आवश्यक छ ।

सुर्तीजन्य पदार्थ जस्तै गुट्खा, पानमसला, सुपारीका प्रयोगकर्ताले जथाभावी थुक्ने हँुदा समुदायमा कोभिड– १९ को संक्रमण फैलिन सक्ने सम्भावना भएकाले भारतका बिहार, झारखण्ड, तेलंगाना, उत्तराखण्ड, हरियाणा, नागाल्यान्ड, आसाम, उत्तर प्रदेश तथा महाराष्ट्र लगायतका राज्यले लकडाउन अवधिभर यस्ता सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । यस्तो उदाहरण तत्काल नेपालमा पनि लागू गर्न आवश्यक छ ।

नेपाल सरकारले कोभिड– १९ रोकथाम गर्न गरेको लकडाउनको मौका छोपी अतिआवश्यक सामग्रीहरू जस्तै– दूध, फलफूल तथा खाद्यान्नका सवारीसाधनमा चुरोट, खैनी, गुट्खा पनि आपूर्ति गर्ने तथा आपूर्तिका अन्य उपायहरू अवलम्बन गर्न सक्ने हुँदा सुर्तीजन्य पदार्थ आपूर्ति र बिक्रीमा पूर्ण रूपमा बन्देज लगाउने तथा नियमित रूपमा बजार अनुगमन गर्ने व्यवस्था गर्नु आवश्यक छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनमा सुर्तीजन्य पदार्थ सम्बन्धी कुनै पनि किसिमको विज्ञापन तथा प्रवद्र्धन कार्य गर्न नपाइने स्पष्ट उल्लेख भए पनि धेरैजसो सुर्तीजन्य पदार्थहरू (जस्तै– ई–सिगरेट, भेप, सिसा, वाटर पाइप इत्यादि) को विज्ञापन तथा बिक्री–वितरण विभिन्न अनलाइन पोर्टलहरूमा अझै पनि विद्यमान छ । त्यस्ता विज्ञापनले लकडाउनको बेला लामो समयसम्म घरैमा बसेका युवा, विद्यार्थी र बच्चाहरूमा सुर्तीजन्य पदार्थ सेवनको लत बसाउन उत्प्रेरित गर्न सक्ने हुँदा यस्ता विज्ञापन तथा प्रवद्र्धनमा प्रतिबन्ध लगाउने व्यवस्था गर्नु पर्छ । धूम्रपानकर्ताहरू कोभिड– १९ को जोखिममा हुन्छन्, त्यसैले चुरोट, बिँडी लगायतका सुर्तीजन्य पदार्थ त्याग्न प्रेरित गरेर कोभिड– १९ बाट हुने गम्भीर जोखिम न्यूनीकरण गर्न सकिन्छ, एक व्यक्तिबाट अर्कोमा संक्रमणको दर पनि कम हुन्छ तथा रोग प्रतिरक्षा प्रणाली बलियो बनाउन पनि मद्दत पुग्छ । यी विषय समेटेर सन्देशमूलक सूचनाहरू टेलिभिजन, रेडियो तथा सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत प्रकाशन र प्रसारण गर्ने व्यवस्था मिलाउनु आवश्यक छ । कोरोना भाइरस हावाबाट सर्ने तथ्य वैज्ञानिक रूपमा प्रमाणित नभए पनि धुँवाबाट सर्ने सम्भावना भने उच्च छ । धूम्रपान गर्ने व्यक्तिले फालेको धुँवा धेरै परसम्म जान्छ र धेरैबेरसम्म हावामा अडिन्छ । धुँवा फाल्ने व्यक्ति संक्रमित भएमा उनले फालेको धुँवाबाट वरिपरि बस्नेलाई सजिलै संक्रमित बनाउन सक्छ । तसर्थ धूम्रपान नगर्न सार्वजनिक आह्वान गर्न आवश्यक छ ।

धूम्रपानको नकारात्मक असर :

अम्मली बनाउने तत्व निकोटिनको ६० मि.लि. ग्राम सुईले मानिसको मृत्यु गराउँछ जुन चुरोट, बिडी, कक्कड, तम्बाखु आदि सुर्तीमा २० मिलि ग्राम पाइन्छ । सुर्तीजन्य पदार्थमा पाइने रसायनहरूले शरीरलाई क्षीण र दुर्बल बनाउनुका साथै आर्थिक एवं सामाजिक रूपमै कंगालसमेत बनाउँछ ।

हालै गरिएका अनुसन्धानहरूले पुरुषको तुलनामा महिलाहरूमा धूम्रपान गर्दा दुई गुणा बढी फोक्सोको क्यान्सर हुने खतरा देखाएका छन् । धूम्रपानमा भएका तत्वहरूले शरीरभित्र प्रवेश गरेपछि मुटु, रक्त नली, श्वासप्रश्वास, प्रजनन्, दन्त स्वास्थ्यका साथै मस्तिष्कमा घातक असर गर्छन् । धूम्रपान गरेको एक मिनेटमै मुटुको धड्कन ३० प्रतिशतका दरले बढ्छ, कोरनरी हार्ट रोगको खतरा बढ्छ, दम, स्तन क्यान्सर, मुखको क्यान्सर, मुटु रोग आदि २५ किसिमका रोग र दुई–तिहाई क्यान्सरको जोखिम बढाउँछ ।

धूम्रपान नगर्ने महिलाको तुलनामा धूम्रपान गर्ने महिलाको मासिक चक्र बढी गडबड हुने, धेरै गुणा रिस डाह गर्ने प्रवृत्ति, क्षणमै हतास हुने, तनावमा डुब्ने र कुनै–कुनै बेला अरुभन्दा बढी असुरक्षित महसुस गर्ने हुन्छ । चुरोट, बिडी, तम्बाखु आदिमा पाइने नशालु तथा हानिकारक तत्वले महिलाको जीवरस (हर्मोन्स) निर्माण गर्ने ग्रन्थिहरूमा नकारात्मक प्रभाव पारी यौन समस्या र बाँझोपनसम्म सिर्जना गर्न सक्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमा यो बर्ष १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन
Next article नेपालमा कोरोनाको कुनै नयाँ भेरियन्ट नभेटिएको डब्लुएचओको दाबी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132565
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web