• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काठमाडौं बाहिर पोखरामा पहिलो पटक सरकारी अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण

June 24th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काठमाडौं बाहिर पोखरामा पहिलो पटक सरकारी अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण

पदमराज जोशी,
काठमाडौं १० असार :  काठमाडौं बाहिर पहिलो पटक सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार मिर्गौला प्रत्यारोपण गरिएको हो । भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टीमले काठमाडौं बाहिर सरकारी अस्पतालमा पहिलो पटक सफल मिर्गौला प्रत्यारोपण गरेको हो । यो भन्दा पहिले चितवन र विराटनगरमा निजी क्षेत्रका अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको भए पनि सरकारी अस्पतालमा हुन सकेको थिएन । कास्कीको अन्नपूर्ण गाउपालिका वडा नं. ७ निवासी ५३ वर्षिय पुरुषले आफ्नी ५१ वर्षिय धर्मपत्नीलाई मिर्गौला दान गरेपछि उक्त प्रत्यरोपण सफल भएको हो ।
सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पहिलोपटक गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको र एक वर्ष भित्रै सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने गरि काम भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए । प्रत्यारोपणमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा डुक वहादुर क्षेत्री, डीन प्रा.डा.श्रीकृष्ण श्रेष्ठ तथा निर्देशक प्रा.डा.भरत वहादुर खत्री समेत उपस्थित थिए ।

प्रत्यारोपणमा केन्द्रका शल्यचिकित्सक प्रा.डा. राकेशकुमार वर्मा, डा. दिपेश श्रेष्ठ, डा.रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, डा.सोभित थापा, नेफ्रोलोजिष्ट डा.कल्पना कुमारी श्रेष्ठ र डा. सिंहले सघाएका थिए । रेडियोलोजी विभागका डा.कृष्ण वुढाथोकीले विरामीको प्रत्यारोपित मिर्गौलाको डप्लर स्क्यान गरेको र प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गरेको बताइन ।
प्रत्यारोपण कार्यको संयोजन डा.गौरव पन्त र प्रशासकीय अधिकृत हरीहर पोखरेलले गरेका थिए । प्रत्यारोपण कार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फवाट शल्यचिकित्सक डा.प्रकाश क्षेत्री, डा.अनुप चापागाइँ, डा.सन्तोष श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा.माया लामा र डा.अनिल प्रसाद न्यौपाने, नेफ्रोलोजिष्ट डा.जुजु राज श्रेष्ठ, डा.अमृत के.सी, वरिष्ठ अस्पताल नर्सिङ्ग प्रशासक सरिता कार्की, ट्रान्सप्लान्ट कोर्डिनेटर गितादेवी तिवारी, ओ.टी इन्चार्ज कविता पौडेलको टोली सम्लग्न थियो ।
पोखरामा नियमित रुपमा महिनाको दुई जनाको प्रत्यारोपण गर्ने योजना रहेको डा. श्रेष्ठ बताउछन । त्यसको लागि प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई आत्मनिर्भर वनाउनको लागि केन्द्रले तालिम दिने योजना वनाएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म ८८४ जनाको मिर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्यका साथ प्रत्यारोपण सम्वन्धी फेलोसिप, डि.एम्, एम्.सि.एच्, लगायतका तालिम सञ्चालन गर्ने केन्द्र र प्रतिष्ठानबिच सहमति भएको छ । नेपालमा हरेक वर्ष ३ हजार बढीको मिर्गौला फेल हुने गरेको तथ्यांक छ । काठमाडौं उपत्यका बाहिर मिर्गौला प्रत्यारोपण सेवा विस्तार हुन नसक्दा सयौं मिर्र्गौला पिडितले प्रत्यारोपणका लागि पालो कुर्नु पर्ने र मोटो रकम खर्च हुने गरेको छ । सरकार मिर्गौला प्रत्यारोपण सेवा र डायलासिस निशुल्क गरे पनि लामो समय पालो कुर्नु पर्ने भएकाले विरामी समस्यामा पर्ने गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरोकारवालाको माग
Next article स्वास्थ्य मन्त्रीमा खापुङ र राज्यमन्त्रीमा केसी नियुक्त, सफथ भोली हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132582
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web