• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विपन्नको उपचारका लागि संघीय अस्पतालले छुट्याए २ हजार २८ वटा निशुल्क शैय्या

June 29th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विपन्नको उपचारका लागि संघीय अस्पतालले छुट्याए २ हजार २८ वटा निशुल्क शैय्या

हेल्थ टुडे,
काठमाडौ, १३ असार : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियालाई निरन्तरता दिएका छन् । उनको निर्देशन पछि विपन्नको उपचारका लागि भन्दै छ वटा संघीय अस्पतालले २०२८ वटा निशुल्क शैय्या छुट्याएका छन् ।
बुधबार मात्रै उपत्यकाका गंगालाल हृदयरोग केन्द्र, परोपकार प्रसूति गृह, कान्ति बाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि विपन्नका लागि शैय्या निःशुल्क दिने निर्णय गरेका छन् ।
मन्त्री बस्नेतका अनुसार बुधबार देखि कान्ति बाल अस्पतालले ६० शैय्या, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५० शैय्या, ट्रमा सेन्टरले १५० शैय्या र शहिद गंगालाल हृदय केन्द्रले ९० शैय्या निःशुल्क गर्ने निर्णय गरेका छन् ।
यसअघि नै वीर अस्पतालले आफ्नो ७०० शैय्या र कोशी अस्पतालले ३३० शैय्या विपन्नका लागि निःशुल्क हुने घोषणा गरिसकेका थिए ।
यो संगै अब विपन्नका लागि विभिन्न अस्पतालमा निःशुल्क घोषणा गरिएको शैय्याको संख्या २ हजार २८ पुगेको छ ।
मन्त्री बस्नेतले बिस्तारै अरु केन्द्रीय अस्पतालहरुमा पनि विपन्नका लागि निःशुल्क शैय्या थप्दै जाने बताए ।
उनले ती शैय्यामा रहेर उपचार गर्दा अन्य शुल्क पनि नलाग्ने बताए । शैय्या निःशुल्क गरेपछि अस्पतालहरु माथि पर्ने आर्थिक भार कम गर्ने केहि बजेट सम्बन्धीत अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरि काम भईरहेको मन्त्री बस्नेतले बताए ।
स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले बजेट अभाव भयो भन्दै सरकार पन्छिन नमिल्ने भएकाले यो निर्णय सबै अस्पतालहरुले कार्यन्वयन गरेरै छाडेने दावी मन्त्री बस्नेतले गरे ।
निजी अस्पतालहरुलाई पनि जिम्मेवार बनाउन नियम अनुसार उनीहरुले पनि कुल शैय्याको १० प्रतिसत शैया विपन्नका लागि निःशुल्क छुट्याउनु पर्ने नियम पनि कडाईका साथ आफूले लागु गराई रहेको मन्त्री बस्नेतले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किशोरावस्थाको मानसिक स्वास्थ्यका बिषयलाई मिडियाले महत्व दिनु पर्ने विज्ञको सुझाव
Next article भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.चालिसे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131774
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web