• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धर्मभक्त प्रत्यारोपणमा अहिलेसम्म १६ जनाको कलेजो प्रत्यारोपण, दुई जनाको यो साता

December 29th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धर्मभक्त प्रत्यारोपणमा अहिलेसम्म १६ जनाको कलेजो प्रत्यारोपण, दुई जनाको यो साता

हेल्थ टुडे,
काठमाडौँ, १३ पुस : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पछिल्लो साता थप दुई जनाको कलेजो प्रत्यारोपण गरिएको छ । यो संगै सो केन्द्रमा कलेजो प्रत्यारोपण गराउनेको संख्या १६ पुगेको छ ।
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं अंग प्रत्यारोपण शल्य चिकित्सक डा पुकारचन्द्र श्रेष्ठका अनुसार गत ८ र ९ पुसका दिन दुई जनाको कलेजो प्रत्यारोपण गरिएको हो । पहिलो केश भक्तपुरका २२ बर्षीय छोरालाई आफ्नै ४७ बर्षका बाबुले कलेजो दान गरेका थिए । यस्तै दोस्रो केशमा सप्तरीका २५ वर्षीय भाइलाई उनकी ३५ बर्षीया दिदीले कलेजो दान गरेका थिईन् । डा श्रेष्ठले कलेजो दाता र ग्रहण कर्ता दुबैको स्वास्थ्य सामान्य रहेको बताए ।
त्यसो त यो साता दुईवटा कलेजो बाहेक अरु तीनवटा मिर्गौला समेत प्रत्यारोपण भएको छ । पछिल्लो तीनवटा संगै प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिनेको संख्या १ हजार १७२ पुगेको डा श्रेष्ठले बताए ।त्यसो त प्रत्यारोपण केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गर्ने अस्पताल हो । विसं २०७३ मङसिर २२ गते, दक्षिण कोरियाका चिकित्सकहरुको प्रविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेकोमा तत्पश्चात भएका कलेजो प्रत्यारोपण सेवामा छिमेकी राष्ट्र भारतको म्याक्स अस्पतालका विशेषज्ञ चिकित्सकहरुको सहयोगमा हुँदै आएको छ ।
डा श्रेष्ठले कलेजो प्रत्यारोपणका लागि नेपाल सक्षम बन्दै गएको समेत बताए । उनले भने, पछिल्लो ५ जनाको प्रत्यारोपणमा त हामीले एक जना मात्र भारतीय चिकित्सकको सहयोग लिएका छौँ । यसबाट पनि केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको प्रष्ट हुन्छ ।
देशमा सबै भन्दा धेरै प्रत्यारोपण गर्ने यस केन्द्रले शुरुको केही वर्ष वार्षिक एक दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएको थियो । तर यो वर्ष ६ जनाको सफल केलेजो प्रत्यारोपण भै सकेको र केही हप्तामै अरु थप ४ जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि लिमिटेडले छिट्टै २० प्रकारका औषधि उत्पादन गर्ने प्रधानमन्त्रीको दावी
Next article मेलम्चीमा आयुर्वेदको नि:शुल्क स्वास्थ्य सिविर, १३ सयले लिए उपचार सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web