• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेलम्चीमा आयुर्वेदको नि:शुल्क स्वास्थ्य सिविर, १३ सयले लिए उपचार सेवा

December 30th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेलम्चीमा आयुर्वेदको नि:शुल्क स्वास्थ्य सिविर, १३ सयले लिए उपचार सेवा

हेल्थ टुडे,
मेलम्ची, सिन्धुपाल्चोक १४ पुस : राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । सिविरमा १३ सय जनाले उपचार सेवा लिएका छन् । स्वास्थ्य सिविरको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्वति भएको बताएका छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरिएको निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेद पद्वतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने र यो उपचार भरपर्दो पनि भएको बताएका हुन । आयुर्वेद उपचार पद्वति हाम्रो मौलिक उपचार पद्वति भएको बताउदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना अनुसार काम गरिरहेको दाबी गरे । मन्त्री बस्नेतले भने, ‘आयुर्बेदको विकास र बिस्तार गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ । ’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मेलम्चीमा आयोजना गरेको स्वास्थ्य सिविरबाट सयौं स्थानियवासीले स्वास्थ्यलाभ लिन सक्ने बताउदै मन्त्री बस्नेतले सिविरमा उपचार हुन नसक्ने विरामीका लागि तालिम केन्द्रले किर्तिपुरमा निशुल्क उपचारको व्यवस्था गर्ने जानकारी दिए ।
आफुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारका काम सुरु गरेको दावी गर्दै मन्त्री बस्नेतले विभिन्न रोगको उपचार स्थानिय स्वास्थ्य संस्थामै हुन सके जनताले उपचारकै लागि काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त हुने कुरामा जोड दिए । मन्त्री बस्नेतले भने, ‘ मिर्गौला फेल भएका विरामीको सुविधाका लागि चौतारामा ५ वटा डाइलासिस मेसिन पुगिसकेका छन् । केही दिनमै सेवा सुरु हुन्छ । मेलम्चीमा पनि आवश्यकता छ भने स्वास्थ्य मन्त्रालयले पठाइदिन तयार छ । ’
पैसा नभएका कारण कुनै पनि नेपालीले उपचार सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्घोषका साथ आफुले काम गरिरहेको बताउदै मन्त्री बस्नेतले निकट भविश्यमै चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षामा कोटा बढाएर स्वदेशमै पढ्न पाउने वातावरण बनाउन लागेको जानकारी दिए । कार्यक्रममा राष्टिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्वतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्व बुझ्न र बुझाउन नसक्दा समस्या देखिएको बताए । पेट सम्बन्धी समस्याका कारण धेरैजसो रोग लाग्ने गरेको बताउदै डा.यादवले आयुर्वेद पद्वतिबाट हुने उपचारले पेट सम्बन्धी रोग निको हुने दावी गरे । स्वास्थ्य सिविरमा पेट सम्बन्धी रोग, पिनास, मधुमेह, पंचकर्म, भिडियो एक्सरे, छाला सम्बन्धी रोग, फिजियो थेरापी सहितका सेवा र निशुल्क औषधि समेत बितरण गरिएको थियो । स्वास्थ्य सिविरमा एक हजार ३ सय भन्दा बढी स्थानिय बासिन्दाले सेवा लिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धर्मभक्त प्रत्यारोपणमा अहिलेसम्म १६ जनाको कलेजो प्रत्यारोपण, दुई जनाको यो साता
Next article गेटामा मेडिकल विश्वविद्यालय खोल्ने प्रकृया अन्तिम चरणमा : स्वास्थ्य मन्त्री बस्नेत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131591
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web