• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रोस्टेट क्यान्सर प्रभावितसँग अन्तरक्रिया

September 7th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रोस्टेट क्यान्सर प्रभावितसँग अन्तरक्रिया

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले बुधबार प्रोस्टेट, मुत्रथैली र मिर्गौला क्यान्सर लागेर उपचार पछि बाच्न सफल व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ललितपुरको हरिसिद्विमा रहेको अस्पतालमा भएको विशेष कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल, अस्पतालका अध्यक्ष समेत रहेका क्यान्सरोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ, युरो अन्कोलजिस्ट डा. रोबिन जोशीकासहित अस्पतालका क्यान्सर विज्ञ चिकित्सकहरु र दर्जनौ प्रोस्टेट, मुत्रथैली र मिर्गौला क्यान्सर प्रभावितहरुले आफ्ना अनुभव र यसबाट बच्न अपनाउनु पर्ने उपायका बिषयमा अन्तरक्रिया गरेका थिए ।

क्यान्सर भएपछि जीवन नै समाप्त भइसक्यो भनेर हतोत्साहित हुनु भन्दा सही चिकित्सक र अस्पतालमा गएर उपचार गराए निको हुन्छ भन्ने चेतना बिस्तार गर्न कार्यक्रम आयोजना गरिएको डा. श्रेष्ठले बताए । उपचार पछि निको भएका प्रभावितहरुले आफूलाई लागेको रोग र उपचार पछि आफू निको भएको सूचना अन्य विरामीलाई नदिने प्रवृतिका कारण यो रोग लाग्ने वित्तिक्कै आत्तिने र यही हुने उपचारका लागि महंगो खर्चमा विदेश जाने गरेको यर्थातता रहेकोले यसलाई हटाउन पर्नेमा उनले दिए । प्रोस्टेट प्रभावित पाल्पाका हरि पुलामीले समयमै उपचार गराउन सके प्रोस्टेट क्यान्सरबाट बाच्न सकिने अनुभव सुनाए । उनले यस सम्बन्धि जनचेतना बिस्तारमा आफू खुलेर लाग्ने बताए ।  युरो अन्कोलजिस्ट डा. रोबिन जोशीका अनुसार यसको खराब पक्ष भनेको के हो भने कतिपय मानिसमा यो रोगको लक्षण नै देखा पर्दैन । तर अधिकांश रोगीमा भने सुरुमै यसका लक्षण देखिन्छन् ।

पिसाब फेर्न गाह्रो हुने,बिस्तारै पिसाब आउने, रोकिई रोकिई पिसाब आउने तथा बारम्बार पिसाब आईरहने यस रोगका लक्षण हुन् । त्यसै गरी प्रोस्टेट क्यान्सर लागेपछि राती बढी पिसाब आउने र पिसाबमा रगत देखिने समस्या समेत देखा पर्न थाल्ने डा. जोशी बताउछन । नेपालमा प्रायः प्रोस्टेट, मूत्र थैली र मिर्गौलाको क्यान्सर अन्तिम अवस्थामा पुगेपछि मात्रै जचाउँने गरेको पाइन्छ । यसले यस्ता रोगीहरू मृत्युको उच्च जोखिममा रहेको डा. जोशीको दाबी छ ।

उनका अनुसार प्रोस्टेट क्यान्सरको उपचार गर्दा सबैभन्दा पहिले प्रोस्टेट स्पेसिफिक एन्टिजीन (पिएसए) परीक्षण गरी प्रोस्टेट भए नभएको पत्ता लगाइन्छ । पिएसए  परीक्षणबाट प्रोस्टेट सुन्निएको, बढेको वा केही गडबडी भएको थाहा लाग्दछ ।

सामान्यतया ४५ वर्ष उमेर पुगेपछि प्रोस्टेटमा समस्या देखिन थाल्छ । त्यसमा पनि महिलामा भन्दा पुरुषमा यो समस्या बढी हुने गरेको छ । तसर्थ ४५ वर्षमाथिका सबै पुरुषले प्रोस्टेट, मूत्र थैली तथा मिर्गौला परीक्षण गर्नु अनिवार्य छ ।

सेप्टेम्बर महिलालाई प्रोस्टेट क्यान्सर जनचेतना महिनाको रुपमा मनाइन्छ । यस अवसरमा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरले निःशुल्क ओपिडी सेवा सेञ्चालन गरेको छ । मेरिट बेसका आधारमा पहिले नाम दर्ता गराउने चालिस जना बिरामीलाई निःशुल्क पिएसए सेवा उपलब्ध गराउने र उपचारमा पनि ५० प्रतिशत छुट उपलब्ध गराउने अस्पतालले जानएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नयाँ वसपार्कमा खुल्यो छाला तथा यौनरोग उपचार केन्द्र
Next article सुपर स्पेसियालिटी विस्तार गर्न विपि प्रतिष्ठान र एम्सबीच सम्झौता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131972
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web