• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 26th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आईओएमले शैक्षिक क्यालेण्डर अनुसार परीक्षाफल प्रकाशित गर्दै आएको डा. दिव्याको दावी

August 29th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आईओएमले शैक्षिक क्यालेण्डर अनुसार परीक्षाफल प्रकाशित गर्दै आएको डा. दिव्याको दावी

हेल्थ टुडे,
काठमाडौं, १३ भदौ : त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) की डिन प्रा.डा. दिव्या सिंहले आईओएमले विगत ३ वर्षदेखि शैक्षिक क्यालेन्डर बनाएर सोही अनुसार समयमै परीक्षाफल प्रकाशित गर्ने गरेको बताएकी छन् । हेल्थटुडेनेपाल डटकममा गत साउन २० गते ‘आईओएममा माखो नमारेकी डा.दिव्यालाई फेरि डीन बनाउन डा. सायमीलाई सर्च कमिटिमा ल्याइदै ’ शिर्षकको प्रकाशित समाचारको खण्डन गर्दै डा.दिव्याले आफु डिन भएपछि आईओएम सुधारका क्षेत्रमा थुप्रै काम गरेको दावी गरेकी छन् । त्रिवि शिक्षण अस्पताल परिसरमा सुव्यवस्थित छात्राबास,पार्किङ र ढल निकास बनाउन गुरुयोजना बनाई प्रथम चरणको कार्य थालनी गरिएको, सुरेश वाग्ले क्यान्सर सेन्टर जस्ता अलपत्र रहेका परियोजनालाई पूर्णता दिई कार्यान्वयनमा ल्याइएको र जनस्वास्थ्य केन्द्रीय बिभागका लागि भवन र छात्रावास बनाएको डा. सिहले उल्लेख गरेकी छन् ।
आंगिक क्याम्पसहरुको पठनपाठन सुदृढ गर्न मापदण्डका आधारमा शिक्षक प्रमाणिकरण गर्न सुरु गरिएको र कर्मचारीहरुसँग सौहार्दपूर्ण सम्बन्ध कायम गरेर आफुले काम गरिरहेको डा. सिंहले जानकारी गराएकी छन् । आफु अहिले निजी अस्पताल ग्राण्डीको विभागिय प्रमुख नरहेको र अहिले सो अस्पताल पूर्ण रुपमा छोडिसकेको उनले जानकारी दिएकी छन् । डा. सिंहले स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधिहरुसँग वारम्बार छलफल गरेर काम गर्ने गरेको र आफ्नो जिम्मेवारीप्रति आफु सचेत रहेको बताएकीछन् । छात्रावास निर्माणको बिषय संवेदनशिल भएकाले कन्सल्टेन्ट फर्मसंग डिजायनका बिषष्यमा बेला बेला छलफल गर्ने गरेको, कार्यालयका वायोमेटिक हाजिरी गर्ने गरेको तर विभिन्न बैठकमा जानु पर्दा आफ्नो केही हाजिरी छुटेको डा. सिंले जनाएकी छन् । परीक्षा स्कुटिनी वोर्ड गठन गरेर वोर्डकै निर्णय अनुसार परीक्षाफल प्रकाशित गर्ने गरेको डा.सिंहले दावी गरेकीछन् ।
यसै गरि स्वतन्त्र विद्यार्थी युनियन महाराजगन्ज मेडिकल क्याम्पसका सभापति डा. आनन्द कुमार सिंहले हाल सुचारु रहेको छात्रावासको मर्मत नगरेको र विद्यार्थी संख्याको अनुपातमा छात्रावास न्युन रहेको हुदा पटकपटक आन्दोदनका क्रममा सहमती हुदा पनि वैकल्पिक छात्रावास व्यवस्थापन गर्नका निम्ति डिनले कदम नचालेको विज्ञप्ति मार्फत जानकारी गराएका छन् । राजनीतिक चेतना भएका विद्यार्थीहरुलाई छानिछानी मौखिम परीक्षामा फेल गराउने मेडिसिन र अर्थोपेडिक्स डिपार्टमेन्टलाई नैतिक सुधार गर्नु पर्ने र यसको उत्तरदायित्व क्याम्पस प्रमुख र डीनले लिनु पर्ने स्वयियू सभापति डा. सिहले विज्ञप्तिमा उल्लेख गरेका छन् । त्रिवि अन्तरगतका मेडिकल विद्यार्थीहरुको अध्ययन शुल्क २ वर्षभित्रै ५० लाख रुपैया तिर्न लगाउने तर विभिन्न बहाना र नियम बनाएर परीक्षामा बस्न बन्चित गराएर डीनको कार्यालयले अन्याय गर्दै आएको स्ववियू सभापति डा. सिंहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १२ देशका चिकित्सक संघ आवद्व सिएमएएओको अध्यक्षमा डा.कार्की निर्वाचित
Next article स्वास्थ्य मन्त्री पौडेललाई कार्यदलले बुझायो प्रतिवेदन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131781
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web