• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 28th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

हेल्थ टुडे,
काठमाडौं,१३ जेठ : सुर्तीजन्य पदार्थ नियन्त्रण र निगमनका क्षेत्रमा कार्यरत संस्था एक्सन नेपालले सुर्तीजन्य   पदार्थमा उच्च दरले कर बढाउनु पर्ने माग गरेको छ । एक्सन नेपालले सरकार समक्ष आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमार्फत सुर्तीजन्य पदार्थमा उच्च दरले कर वृद्धि गर्नु पर्ने गर्न माग गरेको हो । एक्सन नेपालले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगले जनस्वास्थ्य र अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि भारी मात्रामा कर वृद्धि गर्न माग गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सुर्तीजन्य पदार्थमा ३३.३ प्रतिशत मात्रै कर लाग्दै आएको छ, जबकि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खुद्रा मूल्यको कम्तीमा ७५ प्रतिशत कर लगाउन सिफारिस गरेको छ ।

डब्लुएचओको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थसँग सम्बन्धित रोगका कारण ३९ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । मन्त्रालयले सुर्ती सेवनका कारण देशलाई वार्षिक करिब ४५ अर्ब रुपैयाँ आर्थिक भार पर्ने जनाएको छ ।

एक्सन नेपालले किशोर तथा युवामा समेत सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो रहेको उल्लेख गर्दै चुरोटको मूल्य १० प्रतिशतले बढाउँदा यसको उपभोग उल्लेख्य रूपमा घट्न सक्ने डब्लुएचओको अध्ययन उद्धृत गरेको छ ।

संस्थाले बिडी, चुरोट, सिगार, खैनी, गुट्खा तथा पान मसालामा लाग्ने स्वास्थ्य जोखिम कर र अन्तःशुल्क कम्तीमा ५० प्रतिशतले वृद्धि गर्न सुझाव दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132946
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

61
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

59
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

62
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web