हेल्थ टुडे,
काठमाडौं, ८ असार : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापत देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई दुई अर्ब रुपैयाँ भुक्तानी गरेको छ। अर्थ मन्त्रालयले गत ४ गते स्वास्थ्य बीमा बापतको रकम बोर्डको खातामा पठाएपछि बोर्डले आज देशभरका ३६४ वटा स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरेको हो। बीमा कार्यक्रममा आबद्ध भएका बिरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराएबापत अस्पतालहरूले लामो समयदेखि पाउनुपर्ने दाबी रकमको एउटा ठूलो हिस्सा यसपटक भुक्तानी गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार प्राप्त रकमलाई पारदर्शी र समानुपातिक ढंगले वितरण गर्ने प्रयास गरिएको छ। यस भुक्तानीले देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूको आर्थिक दायित्व कम गर्न र सेवा प्रवाहलाई निरन्तरता दिन ठूलो राहत पुग्ने विश्वास लिइएको छ। स्वास्थ्य बीमा बापतको दाबी रकम समयमै भुक्तानी नहुँदा केही अस्पतालहरूले बीमा सेवा नै बन्द गर्ने वा सेवा प्रवाहमा संकुचन ल्याउने चेतावनी दिँदै आएका थिए। पछिल्ला दिनमा स्वास्थ्य वीमाले अस्पतालहरुलाई भुक्तानी दिन नसक्दा धेरै अस्पतालले वीमा कार्यक्रम नै बन्द गरेका थिए ।







Leave a Reply