• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या

November 15th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या

बुटवल, २९ कात्तिक : शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गाैलामा समस्या देखिएको पाइएको छ ।

खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाको माध्यमबाट बाहिरिने हुँदा शरीरमा पानीको मात्रा कम भएर मिर्गाैलामा संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालय र नेपाल किड्नी फाउण्डेशन, काठमाडौँको आयोजना र ब्रिज अफ लाइफ, अमेरिकाको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित निःशुल्क मिर्गाैला परीक्षण शिविरमा झण्डै १८ प्रतिशत व्यक्तिमा मिर्गाैलामा समस्या देखिएको फाउण्डेशनका अध्यक्ष डा शक्ति बस्नेतले जानकारी दिनुभयो ।

खासगरी किसान केन्द्रित यो शिविरमा लक्षित वर्गमा मुख्यतया जनचेतनाको मुख्य समस्या रहेको उहाँले बताउनुभयो । यसमध्ये पनि अधिकांस ५० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिमा मिर्गौलामा समस्या देखिएको छ ।

ग्रामीण क्षेत्रका सर्वसाधारणमा मिर्गौला स्वस्थ राख्नुपर्ने विषयमा जनचेतनाको अभावसँगै मानिसको दैनिक खानपिन र बानी व्यहोरामा सुधार नहुनु र अनावश्यक तनावजस्ता कारणले उच्च रक्तचाप र मधुमेहको समस्या धेरैमा देखिएको डा बस्नेतले बताउनुभयो । उच्च रक्तचाप र मधुमेहको समस्या भएका अधिकांश बिरामीको मिर्गौलामा संक्रमण देखिएको समेत उहाँले बताउनुभयो ।

उहाँले मानिसले मिर्गौला स्वस्थ राख्न पानी तथा झोल पदार्थ बढी पिउने, खानपानमा ध्यान दिने र नियमित रक्तचाप, मधुमेह र मिर्गौलाको परीक्षण गराउनु जरुरी रहेको समेत बताउनुभयो ।

सर्वसाधारणलाई मिर्गौलाको निःशुल्क परीक्षणसँगै मिर्गौला स्वस्थ राख्न जनचेतना जगाउने उद्देश्यले नेपाल किड्नी फाउण्डेशनले देशका ग्रामीण क्षेत्रमा यस किसिमले निःशुल्क शिविर सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक गणेश उप्रेतीले जानकारी दिनुभयो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ र १४ को नयाँगाउँमा दुई दिन र तिलोत्तमा नगरपालिकाको कोटिहवामा दुई दिन यो निःशुल्क शिविर सञ्चालन गरिएको छ ।

उहाँले रुपन्देहीका तीन स्थानमा सञ्चालन गरिएका शिविरबाट झण्डै एक हजार २०० जनाले निःशुल्क सेवा प्राप्त गरेको र यसक्रममा बिरामीलाई रोगअनुसारको निःशुल्क औषधिसमेत वितरण गरिएको जानकारी दिनुभयो ।  रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३० प्रतिशतमा मधुमेहको समस्या
Next article अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसमा वाकाथन

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131764
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web