हेल्थ टुडे,
काठमाडौं, २१ साउन : नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ ।
नवनियुक्त अध्यक्ष,उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथग्रहणसँगै उहाँहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको छ ।
नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति







Leave a Reply