• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

August 9th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

 

हेल्थ टुडे,
काठमाडौं, २४ साउन : बीएण्डबी अस्पतालमा एक किशोरीको डिम्ब निकालिएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले स्त्रीरोग, प्रसूति एवं टुस्टट्युव बेबी विज्ञ डा.नुतन शर्मासँग बयान लिएको छ ।
डा.शर्माको संलग्नता देखिएपछि ललितपुर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । किशोरीलाई ३० हजार रकम दिएर अण्डा निकालिएको र बिरामी भएपछि परिवारले थाहा पाएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।
असार १४ मा ग्वार्कोस्थित बिएण्डबी अस्पतालको आइभिएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोप छ । सो घटनामा डा. शर्माको संलग्नता देखिएपछि ललितपुर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
डा.शर्माको बयान लिएर हाजिर जमानीमा रिहा गरिएको ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जानकारी दिए । किशोरीको अण्डा निकाल्ने चिकित्सक र बिचौलियाबारे अनुसन्धान गर्न माग गर्दै साउन १ मा पीडित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । डा.शर्मामाथि अनुसन्धान जारी रहेको एसएसपी काकीले बताए । उनले भने– ‘सरकारी वकिल कार्यालयको सहमतिमा उहाँलाई हाजिर जमानीमा राखेर अनुसन्धान गरिरहेका छौँ ।’ यसअघि प्रहरीले लमजुङ घर भएर इमाडोलमा व्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो । उनलाई पनि हाजिर जमानीमा राखिएको छ ।
डा.शर्मालाई पक्राउ गर्न प्रहरीले यसअघि अदालतसँग दुई पटक अनुमति मागेको थियो । तर, अदालतले अनुमति नदिएपछि सरकारी वकिलले बिचौलिया राधिका गोतामेलाई पनि हाजिर जमानीमा राखेर थप प्रमाण जुटाउन प्रहरीलाई निर्देशन दिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133892
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

128
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web