• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

August 26th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

हेल्थ टुडे,

काठमाडौँ, १० भदौ : सूर्तीजन्य पदार्थको उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योगलाई विज्ञापन, प्रवद्र्धन, प्रदर्शन तथा कार्यक्रम प्रायोजन गर्न कानुनले नै निषेध गरेको अवस्थामा सूर्ती उद्योगको संलग्नतामा नेपाली कथा लेखन प्रतियोगिता आयोजना गरिएको भन्दै एक्सन नेपालले आपत्ति जनाएको छ ।

एक्सन नेपालले भदौ १० गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत ‘दिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ मा सूर्ती उद्योगको संलग्नताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । बाह्रखरी मिडियाले आयोजना गरेको प्रतियोगितामा सूर्य नेपाल गाथाले सांस्कृतिक अभियानका रूपमा सहकार्य गरेको विषयलाई एक्सन नेपालले सूर्ती उद्योगको अप्रत्यक्ष प्रवद्र्धन तथा सामाजिक स्वीकृति बढाउने प्रयासका रूपमा व्याख्या गरेको छ ।

एक्सन नेपालका अनुसार सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी विद्यमान कानुनी व्यवस्थाले सूर्तीजन्य पदार्थका उत्पादक तथा वितरकलाई विभिन्न माध्यमबाट विज्ञापन, प्रवद्र्धन, प्रदर्शन तथा कार्यक्रमको प्रायोजन गर्न निषेध गरेको छ। यस्तो अवस्थामा सूर्ती उद्योगसँग सम्बन्धित संस्थाले साहित्यिक तथा सांस्कृतिक कार्यक्रममार्फत आफ्नो उपस्थिति देखाउनु कानुनको भावना र जनस्वास्थ्यको दृष्टिले गम्भीर विषय भएको एक्सन नेपालको भनाइ छ।

नेपालमा सूर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष  ३९ हजार २०० भन्दा बढी मानिसले अकालमा ज्यान गुमाइरहेको उल्लेख गर्दै एक्सन नेपालले सूर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवद्र्धनले विशेषगरी युवा पुस्तालाई यसको प्रयोगतर्फ आकर्षित गर्ने विभिन्न अध्ययनहरूले देखाएको जनाएको छ। विश्वका धेरै देशले सूर्ती उद्योगलाई विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा प्रतिबन्ध लगाइसकेको अवस्थामा नेपालमा पनि यस्ता गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने उसको माग छ।

नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ तथा सम्बन्धित निर्देशिकाले सूर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन तथा प्रायोजनमा स्पष्ट प्रतिबन्ध लगाएको एक्सन नेपालले स्मरण गराएको छ। साथै, सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट तथा पार्सलमा चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने लगायतका कानुनी व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

एक्सन नेपालले सूर्ती उद्योगले आफ्नो सामाजिक छवि सुधार गर्न तथा सामाजिक रूपमा जिम्मेवार संस्थाका रूपमा प्रस्तुत हुन विभिन्न सामाजिक, सांस्कृतिक तथा अन्य गतिविधिमा सहभागिता जनाउने गरेको आरोप लगाएको छ। यस्ता गतिविधिले सूर्तीजन्य पदार्थको प्रत्यक्ष विज्ञापन नगरे पनि उद्योगको नाम, पहिचान र सामाजिक उपस्थितिलाई स्थापित गर्न सहयोग पुग्ने उसको दाबी छ।

‘साहित्यको आवरणमा सूर्ती उद्योगको प्रवद्र्धन स्वीकार्य छैन’ एक्सन नेपालले हजारौँ मानिसको ज्यान जोगाउने उद्देश्यले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी कानुन बनाइएको अवस्थामा त्यसको विपरीत हुने गरी कार्यक्रम आयोजना गर्नु गम्भीर विषय भएको जनाएको छ। संस्था अनुसार, साहित्य, कला र संस्कृतिजस्ता जनसरोकारका क्षेत्रलाई सूर्ती उद्योगको सामाजिक छवि निर्माण गर्ने माध्यम बन्न दिनु हुँदैन।

आफ्नो सामाजिक उत्तरदायित्वलाई ख्याल नगरी जनस्वास्थ्यमा गम्भीर असर पार्ने सूर्तीजन्य पदार्थ उत्पादकको ब्रान्ड वा नामको आडमा नेपाली कथा लेखन प्रतियोगिता सञ्चालन गर्नु आयोजकको दोहोरो चरित्र भएको एक्सन नेपालको आरोप छ। संस्थाले यस्तो गतिविधिलाई केवल मनोरञ्जनात्मक वा साहित्यिक कार्यक्रमका रूपमा मात्र हेर्न नहुने बताएको छ।

एक्सन नेपालले आम नागरिक, चिकित्सक, पत्रकार, सामाजिक संस्था तथा सम्बन्धित सरोकारवालाले सूर्तीजन्य पदार्थ उद्योगको सामाजिक प्रभाव र यस्ता कार्यक्रममार्फत हुने सम्भावित प्रवद्र्धनबारे सचेत हुनुपर्नेमा जोड दिएको छ। संस्थाले आयोजक संस्था, सार्वजनिक निकायका व्यक्ति, लेखक, पत्रकार तथा अन्य सरोकारवालालाई सूर्ती उद्योगसँग सम्बन्धित ब्रान्ड वा संस्थाको प्रत्यक्ष वा अप्रत्यक्ष प्रवद्र्धन हुने कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ।

एक्सन नेपालको यो आपत्तिले साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको प्रायोजनमा निजी क्षेत्रको भूमिका, सूर्ती उद्योगको ‘कर्पोरेट सामाजिक उत्तरदायित्व’ तथा जनस्वास्थ्य संरक्षणका लागि बनाइएका कानुनको कार्यान्वयनबारे पुनः बहस सिर्जना गरेको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज
Next article शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134267
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

82
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web