• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

August 25th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

हेल्थ टुडे,

भक्तपुर, ९ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा कलेजो प्रत्यारोपण सेवाले निरन्तरता पाएको छ। केन्द्रले ३८ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

धनुषाका ४८ वर्षीय सुरेन्द्र साहको गत साउन २७ गते कलेजो प्रत्यारोपण गरिएको थियो। उनकी ३५ वर्षीया श्रीमती कृष्णदेवी साहले आफ्नो आधा कलेजो श्रीमान्लाई दान गरेकी थिइन्। प्रत्यारोपणको ११औँ दिन कृष्णदेवी र १२औँ दिन सुरेन्द्रलाई सफलतापूर्वक डिस्चार्ज गरिएको केन्द्रले जनाएको छ।

कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. रामबाबु साहको नेतृत्वमा प्रत्यारोपण सम्पन्न भएको हो। प्रत्यारोपणमा शल्यक्रिया, एनेस्थेसिया तथा क्रिटिकल केयर, रेडियोलोजी, कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोइन्टरोलोजी, पल्मोनोलोजी, नर्सिङ, ओटी व्यवस्थापन, फार्मेसी, डाइटिसियन र फिजियोथेरापी लगायतका विभिन्न विभागका विशेषज्ञ तथा स्वास्थ्यकर्मी सहभागी थिए।

केन्द्रका अनुसार १४ वर्षको अवधिमा हालसम्म १ हजार ६७९ जनाको मिर्गौला र ३९ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको छ। आफ्नै भवन र पर्याप्त उपयुक्त जग्गाको अभावका बाबजुद केन्द्रले प्रत्यारोपण सेवामा उल्लेखनीय प्रगति गर्दै आएको छ।

केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठका अनुसार नेपालमा हुने कुल अंग प्रत्यारोपणमध्ये करिब दुई तिहाइ प्रत्यारोपण केन्द्रले नै गर्दै आएको छ। सीमित भौतिक पूर्वाधारका बीच पनि दक्ष जनशक्ति र बहुविषयगत टोलीको समन्वयमा विश्वस्तरीय प्रत्यारोपण सेवा उपलब्ध गराउने प्रयास भइरहेको उहाँले बताउनुभयो।

नवीनतम कलेजो प्रत्यारोपणमा बिरामी र दुवै पक्षको स्वास्थ्य अवस्था राम्रो रहनु केन्द्रका लागि महत्वपूर्ण उपलब्धि भएको केन्द्रले जनाएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति
Next article पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web