हेल्थ टुडे,
काठमाडौं, ९ भदौ : सरकार गठन भएको पाँच महिना बिति सक्दा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कर्मचारी सरुवा गर्न बाहेक कुनै ठोस काम गर्न सकेको छैन । मन्त्रालयको नाम फेर्ने र कर्मचारीको सरुवा गर्नु बाहेक जनताको स्वास्थ्यका पक्षमा कुनै ठोस काम गर्न नसकेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले फेरि कर्मचारी सरुवा गरेकी छन् । उनले मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाको प्रमुखमा डा विवेककुमार लाललाई जिम्मेवारी दिएकी छन् ।
नीति योजनामा रहेका डा गुणनीधि शर्माको राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकका रुपमा सरुवा भएको छ । यस्तै केन्द्रको निर्देशक रहेका डा भुवन पौडेलको मन्त्रालयमा सरुवा भएको छ । त्यसै गरि व्यवस्थापन महासाखाका निर्देशक केशव पण्डितलाई मन्त्रालय तानिएको छ ।







Leave a Reply