• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

बदलिँदो मौसमसँगै हुने एलर्जी

November 21st, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बदलिँदो मौसमसँगै हुने एलर्जी

डा. ललितकुमार मिश्र

बदलिँदो मौसममा एलर्जी हुनु सामान्य कुरो हो  । मौसम परिवर्तनमा एलर्जी हुने खतरा बढी हुन्छ । शरीरको (इम्युन सिस्टम) प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनको कारणले मानिसहरू एलर्जीको सिकार हुन्छन् । बदलिँदो मौसममा एलर्र्जीक राइनाइटिस (नाकको एलर्जी) एलर्र्जीक अस्थमा (सांस) र स्किन एलर्जी, खाद्य पदार्थको सेवनबाट एलर्जी हुनु सामान्य कुरो हो ।

मौसममा परिवर्तन हुँदा केटाकेटी, महिला तथा बूढापाकाहरूमा एलर्जीको समस्या पाँचदेखि आठ प्रतिशतसम्म बढ्न सक्छ । आमाबुवामध्ये कुनै एकजनालाई कुनै प्रकारको एलर्जीको समस्या छ भने उनीहरूको सन्तानमा पनि एलर्जी हुने सम्भावना ५० प्रतिशत रहन्छ ।

लक्षणहरू

शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार रुघा लाग्नु, आँखा, नाक चिलाउनु, ज्वरो आउनुको साथै शरीरका मांसपेशीहरू दुख्नु, यसका सुरुका लक्षणहरू हुन् भने खाद्य पदार्थबाट हुने एलर्जीमा खाना खाएको केही मिनेटपछि– अनुहार चिलाउने, डाबर आउने, ओठ, अनुहार जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निने, सास फेर्न गाह्रो हुने, पेट दुख्ने, पातलो दिसा हुने, बान्ता हुने चक्कर लाग्ने, ब्लडप्रेसर कम हुने, बेहोस भएर लड्ने आदिजस्ता लक्षणहरू देखिन्छन् । यसको आधारमा नै रोगको पहिचान हुन्छ । यदि अलिकति सावधानी अपनाउने हो र समयमै उपचार गर्ने हो भने सजिलै सित यस रोगबाट छुटकारा पाउन सकिन्छ । नाक चिलाउनुका साथे हाँछ्यु पनि आउनु र नाकबाट पानी बग्नु पनि यसको लक्षण हो ।

नाकको छाला रातो हुन्छ । जुन घरिघरि नाक साफ गर्नाले हुन्छ । यदि तपाईंलाई यस्तो भइरहेको छ भने, सतर्क हुनुस्, यो नाकको एलर्जी (राइनाइटिस) नाकको इन्फेक्सन पनि हुन सक्छ ।

के हो मुख्य कारण

यस रोगको कारण कैयौ प्रकारको एलर्जी हुनु हो । यसमध्ये मुख्य हो प्रदूषण, धुलोमाटो, घाँस, पराल एवं रूखपात, बिरुवाको परागकण एवं खाद्य एलर्जी ।

घरबाट बाहिर निस्किँदा धुलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्दछ । यही एलर्र्जीक राइनाइटिसको कारण बन्दछ । यसको अलावा कुकुर, बिरालो पाल्ने घर परिवारमा पनि एलर्जी हुने जोखिम बढी हुन्छ । भुत्ला हुने जनावरहरू कुकुर, बिरालोको रौं  बराबर भुईंमा झरिरहन्छ । जुन एलर्जीको कारण बन्दछ ।

जोखिम

नाकको एलर्जीले साइनसको आस्टिया (हड्डीको प्वाल) लाई बन्द गर्न सक्छ । जुन पछि गएर साइनोसाइटिस (पिनास)को कारण बन्न सक्छ । यसले नाकभित्र पालिपस (मासुको) डल्लो बनाउन सक्छ । यसले आडिटरी ट्युब (श्रवण) नलिलाई बन्द गर्न सक्छ । जसले गर्दा कानको मध्य भागमा पानी भरिन सक्छ ।

बच्ने उपाय

१. इन्फेक्सनबाट बच्ने  प्रयास गर्ने ।

२. चिसो हावा, धुलो (धुवाँ र ओसिलो ठाउँबाट बच्ने ।

३. घरबाट बाहिर निस्किँदा कोसिस गर्ने कि धूलोको कण नाकभित्र नजाओस् ।

४. यदि धुलो, धुवाँ भएको ठाउँमा जानुप¥र्यो भने मास्क या रुमाल राखेर जाने ।

५. घरको पाल्तु जनावर कुकुर, बिरालो आदिको धेरै नजिक नजाने ।

६. घर या कार्यालयमा जहाँ ओसिलो छ, त्यहाँ नजाने ।

७. धूमपान नगर्ने । यदि छेउको कुनै व्यक्तिलाई चुरोटको धुवाँले एलर्जी छ भने उसको अगाडि धूमपान नगर्ने ।

८ कुनै खाद्य पदार्थ खानाले यदि नाकमा एलर्जी हुन्छ भने त्यो वस्तुको सेवन नगर्ने ।

९.नाकको एलर्जीले बढी तकलिफ भएमा नोजल स्प्रेको प्रयोग गर्न सकिन्छ ।

१०. जुन चिजको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चिजलाई नोट गर्ने र त्यो वस्तुको प्रयोग गर्न बन्द गरिदिने । छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनै पनि प्रकारको कस्मेटिक साधनको प्रयोग नगर्ने ।

११. हाम्रो वरिपरि मौजुद रहेको एलर्जी उत्पन्न गराउने तत्वहरू (एलर्जन) बाट बच्नुने एलर्जीको सबैभन्दा राम्रो उपचार हो ।

१२. धेरैजसो व्यक्तिहरूको छाला अत्यधिक संवेदनशील हुन्छ । कुनै वस्तु विशेषको सम्पर्कमा आउने साथै उनीहरूलाई एलर्जी भइहाल्छ । धेरैजसोलाई अर्काको चिज प्रयोग गर्नाले पनि एलर्जी भइहाल्छ । जस्तै, सुत्ने ओछ्यान, टाबेल, अर्काले लगाएको लुगा, जुत्ता, चप्पल आदि । उनीहरूले यस कुराको विशेष ख्याल राख्नु पर्दछ ।

१३. घरमा बत्ती (सलेदो) भएको स्टोभको ठाउँमा इलेक्ट्रिक स्टोभको प्रयोग गर्नुपर्दछ ।

१५. घर यदि सड़क छेउमा छ भने बाहिर को धुलो (माटो कोठा भित्र आउन रोक्नको लागि झ्यालढोका सकेसम्म बन्द राख्नु पर्दछ ।

१७. धेरैलाई  फूलको बास्नाले पनि एलर्जी हुन्छ, यस्ता व्यक्तिहरूले फूल फुल्ने किसिमको बिरुवा कोठामा राख्नु हुँदैन ।

१८. आफ्नो ओछ्यानलाई सफासुघर राख्नुपर्दछ ।

२०. घरको भित्तामा ढुसी या जालो लागेको छ भने त्यसलाई ब्लिचले सफा गर्नुपर्दछ ।

२१. वर्षातको मौसम स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ, तर केही खास किसिमका रोगहरू जस्तै, अस्थमा, हृदय रोग, क्यान्सरबाट ग्रसित व्यक्तिहरूको लागि  यो मौसमले केही समस्या पनि ल्याउँछ ।

उपचार

एलर्र्जीको उपचार भनेको हाम्रो बाह्य वातावरणमा मौजुद रहेको एलर्जीबाट बच्नु नै यसको सबैभन्दा राम्रो उपाय हो । आधुनिक चिकित्सा एलोप्याथिकमा यसको कुनै इलाज छैन, केवल जुन वस्तुसँग एलर्र्जी छ । त्यसको त्याग गरिदिनु हो । जस्तै, घामबाट एलर्र्जी छ भने, घाममा नहिँडनुहोस् । हिँड्नुप¥यो भने छाता ओढेर हिँड्नु पर्दछ । यस्तै अन्य कुरामा पनि यही नियम लागू हुन्छ ।  होमियोप्याथिक चिकित्सामा रोगीको इम्युनो सिस्टमलाई सबल बनाई रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने हुनाले, यसबाट रोगको जरैबाट उपचार गर्ने गरिन्छ र एलर्र्जी स्थायी रूपमा निको भएर जान्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बन्यो प्रदेश–७ को चुनावी मुद्दा
Next article कसरी जान्छ गर्भ खेर ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133227
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

49
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web