• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बन्यो प्रदेश–७ को चुनावी मुद्दा

November 21st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बन्यो प्रदेश–७ को चुनावी मुद्दा

हेल्थ टुडे

स्वास्थ्य सुधारको बिषयलाई प्राथमिकता नदिने प्रदेश–७ का राजनीतिक दलका नेताहरुले यो पालीको निर्वाचनमा भने स्वास्थ्य सुधारका बिषयलाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले आफ्नो चुनावी एजेण्डामा गृहजिल्ला डडेल्धुरामा रहेको उपक्षेत्रिय अस्पताललाई स्तरोन्नती गर्ने र सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउने समावेस गरेका छन् । उनले आईतबार डडेल्धुरामा आयोजित चुनावी कार्यक्रममा पनि स्वास्थ्यलाई आफ्नो चुनावी एजेण्डा भएको बताएका थिए । एमाले उपाध्यक्ष भिम रावलले पनि अछाम  जिल्ला अस्पतालको क्षमता वृद्वि गर्ने, स्तरोन्नति गर्ने र विशेषज्ञ सेवा जिल्लामा उपलब्ध गराउने बिषयलाई चुनावी मुद्दा बनाएका छन् ।

कैलाली ५ की उम्मेदवार एवं सेभ मदर हुडकी संस्थापिका समेत रहेकी आरजू देउवाले आफूले जिते सेती अञ्चल अस्पताललाई ३ सय शैयाको बनाउने बाचा गरेकी छन् । अस्पताल निरिक्षण गर्न गएकी आरजूले शैया अभावमा विरामीले उपचारमा कठिनाई भइरहेको बताउँदै कम्तिमा पनि ३ सय शैयाको अस्पताल आफुले बनाउन तत्काल पहल गर्ने बताइन । सेती अञ्चल अस्पतालमा अहिले १ सय ५० शैयाको छ ।

सेवा सुधिवा भएर पनि विशेषज्ञ चिकित्सक बस्न नमान्ने समस्याबाट गुज्रिरहेको कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालको स्तरोन्नती र सुधारलाई कञ्चनपुरका उम्मेदवारहरुले चुनावी मुद्दा बनाएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता, पुर्व मन्त्री एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार रमेश लेखकले आफ्नो चुनावी एजेण्डामा महाकाली अञ्चल अस्पतालको स्तरोन्नतीलाई प्रमुख मुद्दा बनाएका छन् । दोधरा चादनीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई पन्ध्र शैयाको बनाउने र चौविसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने पनि उनको चुनावी एजेण्डा छ । त्यसैगरि कञ्चनपुर ३ कै एमाले उम्मेदवार डा. दीपकप्रकाश भट्टले पनि महाकाली अञ्चल अस्पतालको सुधार र दोधरा चादँनीको स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउने मुद्दा अगाडि सारेका छन् ।

कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार रणबहादुर रावलले पनि आफ्नो प्रमुख चुनावी मुद्दा टिकापपुरमा सुविधा सम्पन्न अस्पताललाई बनाएका छन । बैतडीबाट प्रतिनिधि सभाका उम्मेदवार एवं एमाले नेता दामोदर भण्डारीले पनि बैतडी जिल्ला अस्पतालदेखि पाटन, पुुर्चौडी, मेलौली सबै ठाउँका स्वास्थ्य संस्थामा सधै डाक्टर बस्ने बनाउने मुद्दालाई अगाडि सारेका छन् । एउँटा पनि मेडिकल कलेज नभएको, क्षेत्रिय अस्पताल नभएको र उपचारका लागि सधै सिमापारीको भर पर्नु पर्ने बाध्यतामा रहेका प्रदेश नम्बर ७ का मतदातालाई नेताहरुका चुनावी भाषणले प्रभाव पार्ने भएकाले स्वास्थ्यलाई चुनावी मुद्दा बनाइएको हुन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थी बताउछन । कहिल्यै स्वास्थ्यका मुद्दालाई चुनावी नारा नबनाउने यहाँका नेताहरुले स्वास्थ्य सुधारलाई गम्भिरताका साथ लिएर काम गरे यहाँको स्वास्थ्य अवस्था सुधार आउने उनले बुझाई छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निधीको स्वास्थ्यमा क्रमिक सुधार
Next article बदलिँदो मौसमसँगै हुने एलर्जी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web