• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रेडियोलोजीमा जनशक्ति अभाव

November 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रेडियोलोजीमा जनशक्ति अभाव

चिकित्सा विधामा रेडियोलोजी भित्रिए पछि उपचार प्रक्रिया सजिलो हुँदै गएको छ । शल्यक्रिया गर्दा शरीर चिरेर ठूला घाउ बनाउनुपर्ने बिरामीको समस्या पनि रेडियोलोजीले कम गरिदिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) को रेडियोलोजी विभागकी प्रमुख डा. बेनु लोहनी भन्छिन, ‘जति सानो घाउ बनाएर शल्यक्रिया गर्यो,  बिरामीलाई संक्रमण हुने खतरा कम हुन्छ ।’

अस्पतालमा शल्यक्रिया गरेका अधिकांश बिरामीको संक्रमणकै कारण मृत्यु हुन्छ । एक्स–रे, सीटी स्क्यान, मेमोग्राम, फ्लुरोस्कोपी, एन्जियोग्राफी, अल्ट्रासाउन्ड, एमआरआई लगायतबाट रेडियोलोजी उपचार, रोग पत्ता लगाउन र निदान गरिन्छ । रेडियोलोजीबाट शल्यक्रिया गर्दा सानो घाउ बनाइने, लामो समयसम्म अस्पताल बस्नु नपर्ने, शल्यक्रियाका लागि बेहोस पार्न नपर्ने हुँदा रेडियोलोजी उपचार विधिमा बिरामीको रोजाइ बढेको छ । राजधानीका सरकारी अस्पतालमा रेडियोलोजीका उपकरण निकै कम छन् । भएका उपकरण पनि पुराना भइसकेका कारण खासै प्रभावकारी हुन सकेको छैन । नेपालमा धेरै बिरामीको रोजाइमा परेको यो उपचार विधि सीमित जनशक्ति, खर्चिलो र उपकरण अभावका कारण फस्टाउन नसकेको रेडियोलोजिस्टहरू बताउँछन् । कमभन्दा कम समयमा शरीरभित्रका विभिन्न अगंको जानकारी लिन मिल्ने भएकाले आकस्मिक उपचारमा यसको प्रयोग महत्त्वपूर्ण हुने उनीहरूको तर्क छ ।

टिचिङका रेडियोलोजिस्ट डा. सुजितकुमार झा भन्छन, ‘विकसित मुलुकहरूको आकस्मिक विभागमा रेडियोलोजी टोली अनिवार्य रूपमा हुन्छ, हाम्रो देशमा अझै यस्तो व्यवस्था हुन सकेको छैन ।’  टिचिङ अस्पतालमा रेडियोलोजीका उपकरण अपुग छन् । बिरामीको चापलाई अस्पतालको उपकरण र जनशक्तिले थेग्नै गाह्रो हुने गरेको डा. लोहनी बताउँछिन् । ‘दैनिक एक हजार बिरामी आउँछन । विभागमा जम्मा १२ कर्मचारी छन, लोहनीले भनिन, ‘करार कर्मचारीका भरमा बिरामी थेग्न बाध्य छौं ।’  अस्पतालमा भएका उपकरण पनि १० वर्ष पुराना भइसकेको उनले सुनाइन् । पुराना उपकरणले ढिलो काम गर्ने र त्यसबाट हुने उपचार पनि खासै गुणस्तरीय नहुने उनले बताइन् । ‘उपकरण र जनशक्ति कम हुँदा बिरामीले सेवा ढिलो पाउँछन, रोग जति चाँडो पत्ता लाग्यो, उति चाँडो उपचार सुरु हुन्छ,’ उनले भनिन्, ‘पुराना डाक्टर अवकाशप्राप्त हुँदै छन,  नयाँ कर्मचारी भर्ती हुन सकेका छैनन, सेवा प्रवाह गाह्रो भइरहेको छ ।’ टिचिङमा रेडियोलोजीबाट विशिष्टखालका उपचार सेवा लिनका लागि बिरामीलाई १५ दिन कुर्नुपर्छ । विभागको ठाउँ पनि निकै साँघुरो छ । रेडियोलोजी उपचार सेवामा देशको केन्द्रीय अस्पताल वीरको अवस्था पनि उस्तै नाजुक छ । उपकरण र जनशक्ति निकै कम छ । भएका उपकरण पुराना भइसकेका छन् ।

नयाँ भित्रन सकेका छैनन् । वीरमा आउने कुल बिरामीमध्ये २० प्रतिशतलाई रेडियोलोजीको उपचार चाहिने अस्पताल रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्माले बताए । ‘सबै उपकरण एक थान मात्रै छन, एउटा बिग्रियो भने मर्मत नहुन्जेल सेवा ठप्पै हुन्छ,’ उनले भने, ‘उपकरण पुराना भइसके, यसबाट सेवा गुणस्तरीय हुँदैन, व्यवस्थापन गाह्रो छ ।’ वीरका रेडियोलोजी उपकरण पनि कम्तीमा १० वर्ष पुराना छन् । विकसित उपकरण भित्र्याउन सकिए उपचार सेवा छिटो र गुणस्तरीय बनाउन सकिने डा. शर्माले बताए । वीरमा रेडियोलोजीबाट उपचार सेवा पाउन बिरामीले कम्तीमा एक साता कुर्छन् । थापाथलीस्थित प्रसूतिगृहको रेडियोलोजी सेवामा पनि उस्तै समस्या छ । विभागभित्र कर्मचारीको दरबन्दी दुई जनाको मात्रै छ । उपकरण न्यून संख्यामा छन, पुराना पनि छन् । ( फातिमा बानु, कान्तिपुर दैनिक

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३०० बेडको हुने भयो सेती अञ्चल अस्पताल
Next article प्रोस्टेट समस्याको उत्तम विकल्प अप्रेसन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131764
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web