• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

डिम्ब विक्री गरेर पैसा कमाउँदै

December 4th, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डिम्ब विक्री गरेर पैसा कमाउँदै

नयाँ दिल्ली :  दिल्लीका विपन्न महिलाहरुलाई अचेल एउटा नौलो पेशाले लोभ्याइरहेको छ । उनीहरु आफ्नो डिम्ब विक्री गरेर छोटो समयमा राम्रो आम्दानी गर्न थालेका छन् ।  यद्यपि यो जोखिमपूर्ण छ । चिकित्सकहरुका अनुसार डिम्ब दान गर्दा शरीरमा छट्पटाहट हुनेदेखि किड्नी फेल हुने र मृत्यूसम्म पनि हुन सक्छ । तर अधिकांस महिलाहरु यसबारेमा जानकार छैनन् । वा, जानकारी हुनेहरु पनि पैसाको निम्ति जोखिम मोल्न तयार छन् । गुरुग्राम निवासी अर्चना तिवारी (नाम परिवर्तन) लाई गत महिना  पैसाको संकट पर्यो ।  र, उनले गर्जो टार्नका लागि आफ्नो डिम्ब बिक्री गरिन् । उनी अब यसमा पल्किएकी छिन् । भविष्यमा पनि डिम्ब दान गरेर पैसा आर्जन गर्ने उनको योजना छ । ‘मेरा श्रीमान एक मजदुर हुन् र हाम्रो दुई बच्चा छन् । हामीलाई कहिल्यै पैसाले पुग्दैन । सुरुमा मैेले सरोगेट आमा बन्ने बिचार गरेकी थिएँ, तर मैले डिम्ब दानका विषयमा सुनेँ । यसमा समय कम लाग्ने र पैसा पनि राम्रो हुने रहेछ,’ अर्चना भन्छिन् ।

सरोगेसीका लागि कम्तिमा १५ महिना लाग्ने तर डिम्ब दान तुरुन्तै गर्न सकिने भएकाले उनी यसमा लोभिएकी हुन् । उनकी साथी २६ वर्षीया रेखा गोयल ९नाम परिवर्तन० आफ्नी ३ वर्षीया छोरी बिरामी परेपछि डिम्ब दान गर्न गइन् । उनका श्रीमान बिहारको एउटा गार्मेन्ट कारखानामा टेलरको काम गर्छन् र कमाई खासै राम्रो छैन । मैले आफ्नी छोरीको उपचार गराउनका लागि योभन्दा अर्को विकल्प देखिनँ,’ उनी भन्छिन् । रेखाले अर्चनामार्फत नै डिम्ब दानको विषयमा थाहा पाएकी थिइन् । अकी महिला पद्मिनी सिंह भन्छिन, ‘मैले ७ पटक डिम्ब दान गरिसकेँ र यसमा मेरा श्रीमानको कुनै आपत्ति छैन । तर, हामीले यो कुरा छिमेकीहरुलाई भनेका छैनौं ।’

कसरी हुन्छ खरिद विक्री

पश्चिमा मुलुकहरुमा डिम्ब दाताहरुले ग्राहक वा अस्पतालसँग करार गर्ने प्रचलन छ । तर, दिल्नलीमा त्यस्तो हुँदैन । यहाँ यहाँ विचौलियाहरुले दाता र अस्पतालबीच पुलको काम गर्छन् । इच्छुक डिम्बदाताले आफ्नो प्राकृतिक क्रियालाई दवाउनका लागि करिब तीन हप्तासम्म औषधि सेवन गर्नुपर्छ । त्यसपछि उनको डिम्बासयलाई जगाउनका लागि हार्मोनहरु प्रत्यारोपण गरिन्छ । अनि, उनको डिम्ब तयार भएको ऐकिन गर्नका लागि अल्ट्रासाउन्ड गरिन्छ र त्यसपछि डिम्ब विकासका लागि अर्को चरणको हार्मोन दिइन्छ । अन्त्यमा, दान गर्ने दिन दातालाई एनेस्थेसिया दिएर एउटा शल्यक्रिया गरिन्छ जहाँ सुईको प्रयोगबाट डिम्ब निश्कासन गरिन्छ । अस्पतालहरुले प्रमाणीकृत बैंकहरुमार्फत डिम्ब दाताहरुको व्यवस्था गर्नुपर्ने प्रावधान भए तापनि वास्ताविकता अर्कै छ । स्रोतहरुका अनुसार आइभिएफको सुविधा रहेका थुप्रै अस्पतालहरुले डिम्बका लागि आफैं विचौलियाहरुसँग सम्पर्क गर्छन् ।

कपासेरामा क्रियाशील विचौलिया हरिस भन्छन्, ‘एक पटक डिम्ब दान गरेपछि उक्त दाताबाट अर्को अढाईदेखि तीन महिनासम्म डिम्ब लिइदैन, ताकि स्वास्थ्य समस्या उत्पन्न नहोस । यसबाट अर्कोपटक राम्रो डिम्ब निश्कासनमा पनि मद्दत पुग्छ ।’ पैसाका भोका महिलाहरु कसरी डिम्ब दानमा आकषिर्त भइरहेका छन् भन्ने विषयवस्तुमा आधारित डकुमेन्ट्री ‘पर्र्फेट डोनर’ का निर्माता तथा मेडिकल मानवशास्त्री डायन टोबरका अनुसार ३० प्रतिशतभन्दा बढि दाता महिलाहरुको स्वास्थ्यमा कुनै न कुनै जटिलता देखिन्छ र एकदमै खराब अवस्थामा उनको मृत्यूसमेत हुन सक्छ । सामान्य स्वास्थ्य समस्यामा शरीर सुन्निने, तौल बढ्ने, छट्पटी हुने लगायत पर्छन् भने गम्भीर अवस्थामा डिम्बासयमा खराबी, रक्तस्राव र मृगौला फेलसमेत हुन सक्छ ।

डिम्ब विक्रीका लागि कुनै निश्चित दर छैन । एउटा दातालाई दिइने रकम विचौलियाले नै निर्धारण गर्छन् । स्रोतका अनुसार एउटा अस्पतालले विचौलियालाई ५० हजार देखि ६० हजार भारुसम्म दिन्छन् जसमा आफ्नो कमिसन काटेर विचौलियाले महिलाहरुलाई उनीहरुको मोलतोलका आधारमा २५ हजार देखि ३५ हजारसम्म हातमा राखिदिन्छन् । दिल्लीको दक्षिणपश्चिममा रहेको कपाशेरा, गुरुग्रामको दुनदहेरा गाउँका साथसाथै नजिकैको सिकन्दपुर, मनेसा र सोहना लगायतका संख्यामा डिम्ब दाताहरुको संख्या उल्लेख्य छ । यी क्षेत्रहरुमा कारखानाका मजदुरहरुको संख्या ठूलो छ र उनीहरु डिम्ब दानलाई बैकल्पिक आम्दानीको स्रोतका रुपमा अपनाइरहेका छन् । (इण्डिया टुडेबाट अनुदित)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यस्ता लक्षण देखिए टाइफाइड हुनसक्छ 
Next article चुनावी प्रचारमा स्वास्थ्य खत्तम

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132712
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web